ट्रेंडिंग:

>> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन

गणतन्त्रबादी नेताहरुको अग्नि परीक्षा !

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

संघीय व्यवस्थामाथि नै धाबा बोल्ने प्रयास भैरहेको भन्दै प्रमुख दलका शीर्ष नेताहरूले मंगलवार सर्वदलीय बैठकमार्फत एकताबद्ध हुने निर्णय गरेका छन् । नेताहरूको अकर्मण्यता, जनताको तीब असन्तुष्टी, बढ्दै गएको महंगी र देशको आर्थिक अवस्था बिग्रदै गैरहेको बेला केही गणतन्त्र विरोधी अराजक तत्वले ब्यवस्थामाथि नै खलल पार्ने प्रयास गरिरहेको निष्कर्षसहित गणतन्त्र पक्षधर दलहरूले फेरी एकताको सन्देश दिएका छन । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताका बीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेका ब्यवधानका बारेमा समीक्षा भएको छ । ‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको भन्दै नेताहरूले व्यवस्था जोगाउने कुरामा एकताबद्ध देखिएका छन् । मंगलवारको सर्वदलीय बैठकले के देखाएको छ भने नेताहरूमा बल्ल विवेक पलाएको छ । धेरैपछि नेताहरूले व्यवस्थामाथि खलल पार्ने प्रयासविरुद्ध आत्मसमीक्षा गरेका छन तर यतिले मात्रै पुग्दैन । नेताहरू आफूपनि सच्चिनुपर्ने कुरालाई आत्मसाथ गर्नु जरुरी छ । विगत ३० बर्षदेखि नेताहरूको एकछत्र राज हुँदापनि देश जहाँकोतहीँ छ । मुलुकमा भ्रष्टाचार बढेको छ । जनताको असन्तुष्टी रोकिने अवस्था देखिदैन् । देशको कुनैपनि पक्षमा सन्तोष मान्ने अवस्था छैन । अनि अहिले नेताहरूले रोइकराई गरेर मात्रै हुँदैन । कहाँ कमजोरी भयो भन्ने बिषयमा नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ । नेताहरू सच्चिने दवाव बढिरहेको बेला नेताहरूले बैठक बसेर छलफल मात्रै होइन, विगतको आत्मसमीक्षा जरुरी छ । छलफलका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए । अव त्यो प्रतिवद्धता पर्याप्त छैन, ब्यवहारमा समेत देखिनुपर्ने बेला आएको छ । यो भनेको गणतन्त्रबादी नेताहरूका लागि सच्चिने अवसर आएको छ ।

निश्चितरूपमा परिवर्तन उल्ट्याउने प्रयास सैह्य हुन सक्दैन । तर, त्यो भनेरमात्र आत्मरतीमा रमाउने बेला अव छैन । देखिने गरि जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् भने त्यो निरर्थकमात्रै बन्नेछ । निश्चितरूपमा मुलुक अहिले प्रसव वेदनामा छटपटिएको छ । राजनीतिक दलहरूमा तीव्र ध्रुवीकरण आएको छ । मुलुक झन्डै एक दशकदेखि संघीयताको बहसमा लागेको भए पनि उपलब्धि भने झन्डै शुन्यको अवस्थामा छ । संघीयता कार्यान्वयनमा देखिएको समस्याले दलहरूका लागि नै संघीयता घाँडो साबित हुने अवस्था हुनु चिन्ताको बिषय हो । कुनैपनि निर्णय जनताको राय र अभिमतपछि लिनुपर्ने सर्वमान्य सिद्धान्त हो तर नेपालमा संघीयता हतार–हतारमा घोषणा गरियो । यसको कार्यान्वयनको समयमा आएर दलहरू अहिले विभाजित हुन पुगेका छन् । जसले बर्तमान व्यवस्थामाथि प्रहार भैरहेको बल्ल महसुस गरिदैछ । विश्वका विभिन्न मुलुकमा संघीयता लागू गरेपछि त्यसले त्यहाँ गृहयुद्ध र विकासलाई पछाडि पारेको धुप्रै उदाहरणको अध्ययन नै नगरी नेपालमा संघीयता लागू गर्दा अहिले मुलुक नै विभाजन त हुने होइन भन्ने डरलाग्दो संकेत देखापर्न थालेको छ । यसले जनताको भावनाको कदर गर्न नसकेको आवाज अहिले बुलन्दरूपमा उठेको भए पनि नेताहरूले त्यता ध्यान दिन सकेका छैनन् । अव संघीयताका बिषयमा पनि नेताहरूले गंभीर भएर सोच्नु जरुरी छ । मुलुकमा हुने कुनै पनि ठूला निर्णयमा जनमत बुझ्नु जरुरी हुन्छ । नेपालमा जनमत बुझ्न अस्वीकार गर्दा त्यसले जनताको भावनामा गम्भीर ठेस लाग्न पुगेको पछिल्लो राजनीतिक गतिविधिले देखाउनु पक्कै पनि राम्रो कुरा होइन । मुलुक जोगाइराख्ने र विखण्डनबाट रोक्ने हो भने जनताको भावनाको कदर गर्न राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्ने बेला आइसकेको छ । यसतर्फ सबै चनाखो हुनुपर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?