ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

१० औं विश्व सहरीकरण दिवस

१४ कार्तिक २०८०, मंगलवार
१४ कार्तिक २०८०, मंगलवार

‘सहरलाई सम्मृद्ध, सबल र बस्न योग्य बनाऔं’ भन्ने नाराका साथ आज १० औं विश्व शहरीकरण दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्षको अक्टोबर ३१ मा यो दिवस मनाईदै आईएको छ । सन. २०१४ देखि चीनबाट सहरीकरण दिवस मनाउन थालिएको हो । सहरीकरण दिवस मनाउँदै गर्दा सहरी क्षेत्र भने अनेक चुनौतिले संकटमा पर्दै गएका छन् । अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ । अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । सहरलाई उत्कृष्ट सहरका रूपमा विकास गर्ने आधार तयार गर्ने र त्यहाँ बस्ने नागरिकको उत्कृष्ट जीवन हुनुपर्छ भन्ने सोचलाई मध्यनजर गरी सहरीकरण दिवसको अवधारणा बनेको हो । तर, जुन पवित्र उद्देश्य र भावनाले सहरीकरण दिवस मनाउन सुरु गरियो, आज त्यसको दुहाई दिने काम भैरहेको छ । अर्थात सहरीकरण आजको विश्वका लागि चुनौति बन्दै गएको छ । विश्वमै सवैभन्दा धेरै मानिस सहरी क्षेत्रमै बस्छन । सहरी जीवन काकाकुल बन्दै गएको छ । कोलाहल सहरमै छ । फोहोर, दुर्गन्ध, दुषित हावापानी सहरको परिचय वनेका छन । सहरीकरणको अवधारणा गलत होइन तर अव्यवस्थित सहरीकरणले सहर कुरूप बन्दै गएका छन । सहरमा सम्पूर्ण सुख सुविधा हुन्छ भन्ने मान्यता अझैपनि छ । तर, विश्व धु्रविकरणले सारा विश्वलाई एउटा गाउँमा रूपान्तरित गरिदिएको छ । सहरमा नहुने सुविधा गाउँमा पाउन सकिने भएको छ । तसर्थ अहिले सहरीकरण विश्वका लागि चुनौति बन्दै गएको छ । सुख खोज्दै सहर झर्ने तर सहरमा अनेकौं प्रताडना सहनुपर्ने अवस्था छ । सहर भन्ने बित्तिकै सुविधा सम्पन्न संसार हो भन्ने गलत धारणा विकास हुँदै गएको छ । तसर्थ जुन मर्म र भावनाका साथ सहरीकरण दिवस मनाउन थालियो, अव यसमा परिवर्तन खोज्नुपर्ने बेला आएको छ ।

नेपालले पछिल्लोसमय बढ्दो सहरीकरणका कारण विभिन्न कठिनाई भोग्दै आएको छ । तीब्र बसाईसराईको कारण गाउँ उजाड बन्ने तर सहरमा पूर्वाधार घट्दै जाने अवस्थाले सहरीकरण चिन्ताको बिषय बन्ने अवस्था छ । यही लुम्बिनी प्रदेशको कुरा गर्दा पनि ५५.२ प्रतिशत जनसंख्या नगरपालिका र ४८.८ प्रतिशत जनसंख्या गाउँपालिकामा रहेको छ । पहाडबाट सहर झर्ने क्रम बढेसंगै लुम्बिनी प्रदेशका ३० वटा पहाडी क्षेत्रका पालिकाहरूको जनसंख्या अघिल्लो जनगणनामा भन्दा घटेको छ । जनसंख्या ऋणात्मक हुने पालिकाहरू रोल्पाको एक, प्युठानका ३, अघाखाँचीका ५ , पाल्पाका ९ र गुल्मीका १२ वटा पालिकाहरू रहेका छन् । पछिल्लो दशकमा सबैभन्दा धेरै जनसंख्या गुल्मीको कालिगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिकाले गुमाएका छन् । सहरीकरणको मारमा पछिल्लोसमय पहाडी पालिकाहरू परेको यो उदाहरण हो । पहाडबाट सहर बसाई झर्ने तर सहरमा पनि पूर्वाधार नहुँदा पुनः पहाड फर्किनुपर्ने अवस्था आउन सक्ने संभावना बढ्दै गएको छ । पछिल्लोसमय पालिकाहरूको जनसंख्या घट्दै जानुका पछि सहरमा अत्याधिक चाप बढ्दै छ भन्ने बुझ्नुपर्दछ । तर, सहर सहरीकरण भन्दा पनि अव्यस्थित बन्दै गएका छन् । यो गंभीर चिन्ताको बिषय हो । सहरीकरण दिवसकै अवसरमा नेपाल सरकारले सहरलाई व्यवस्थित र बस्नयोग्य बनाउनेतर्फ ठोस पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?