© २०२३
रुकुम पुर्वको भुमे गाउँपालिका रहेको एक निर्माणधिन स्वास्थ्य चौकीको भवन पहिरोको उच्च जोखिमममा परेको छ । केहि दिनयता परिरहेको अविरल बर्षका कारण भवन निर्माण स्थाल भुमे गाउँपालिका वडा नं. ३ सिम मोराबाङ्गमा रहेको स्वास्थ्य भवन जोखिममा परेको हो ।
कुल २ करोड २ लाख लागतमा शिवाको वि.एल., हिमशिखर जे.भी.द्धारा सात महिनाअघि निर्माण थालिएको यो भवनलाई तल र माथी दुबैतिरबाट पहिरोले खतरामा पारेपछि यतिबेला भुमे गाउँपालिकाकाले जाली राखेर जोखिम कम गर्ने प्रयास गरिहेको बताएको छ । जम्मा १५ कोठाको यो भवन तिन तलाको छ । फाउन्डेशन निर्माणको काम सकिएको र अब यसको अन्तिम काम चलिरहेका बेला पहिरोले समस्या बनाएको निर्माण कम्पनीका प्रतिनिधी मदन शाहले बताए ।
स्थानियले छनौट गरेको जग्गा पहिले कमजोर रहेको बारे थाहा नभएको तर बर्षा याम सुरु हुनेबित्तिकै निर्माण स्थल कमजोर हुदै गएको र यतिबेला पहिरो नै जाने स्थिती बनेको स्थानिय विर्भानभान विकले बताए । ‘हामिलाई पहिले यो ठाउँमा स्वास्थ्यको भवन निर्माण गर्न सकिन्छ भन्ने लाग्यो ।’ उनले भने, ‘र्मिाणको काम थालेपछि मात्रै थहा भयो कि यो भुगाृल कमजोर छ । भवन निर्माण सकिएपछि खतरा बढ्यो ।’
पहिले स्थानिय गाउँमै भाँडाको घरमा रहेको स्वास्थ्य चौकीबाट प्रभावकारी सेवा प्रदान गर्नका लगि आधुनिक भवन निर्माण थालिएको हो । निर्माणधिन भभवनको तल र माथी दुबै तिरबाट पहिरो जान थालेपछि अब भवनको सुरक्षाका लागि काम थालिएको र थप क्षती हुन नदिन ग्वाविङ्ग तार राख्न सुरु गरिएको भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताए । ‘भवनका लागि नै कमजोर ठाउ छनौट गरिएछ ।’ अध्यक्ष बुढाले भने, ‘अब थप क्षती हुन दिदैनौं । भवन सुरक्षाका लागि गाउँपालिकाकाले काम गर्नेछ ।’
अविरल बर्षका कारण पहिरोको खतरामा रहेको स्वास्थ्य चौकीको निर्माणधिन भवन । फोटो ः महेश केसी÷बुटवल टुडे