ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

चाडपर्वले भर्दै बजारमा ‘आर्थिक आशा’

कोरोनाले थलिएको बजारमा चाडपर्वले मानिसको चहलपहल बढाएको छ । चाडपर्वमा चोखो मिठो खाने खुवाउने र राम्रो लगाउने नेपाली चलनले किनमेल बढेको व्यवशायीहरू बताउँछन् । यसले खुम्चिएको बजारलाई चहलपहल बढाउँदै धेरथोर आशा थपिदिएको छ ।
२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ । सुस्मा क्षेत्री उमेरले ३० वर्ष पुगेकी छन् । दुई सन्तानकी उनी आफ्नै व्यवसायमा रमाइरहेकी छन् । ९ वर्ष देखि बुटवलको देविनगरमा न्यू सगुन टेलर स्थापना गरेर कपडा सिलाउने काम गर्दै आईरहेकी क्षेत्रीलाई आफ्नो व्यवसाय नै प्यारो लाग्ने बताउँछिन् । कक्षा १० सम्मको अध्ययन गरेकी उनले करिब दुई वर्ष कपडा सिलाउने सीप सिकेपछि बल्ल व्यवसाय शुरु गरेकी हुन् । उनी भन्छिन्–‘सीप सिकेर व्यवसाय शुरु गरे राम्रो । व्यवसायबाट आम्दानी पनि भएको थियो घर चलाउन छोराछोरी पढाएर पनि बचत गर्ने अवस्था थियो तर बीचमा आएको कोरोना कहरले व्यवसायलाई परेको असर सकिएको छैन ।

अहिले त तीज शुरु भईसकेको छ कोरोना भन्दा अघिको यो समयमा मलाई कपडा सिलाउन नसकेर रातीमा पनि सिलाउने अवस्था थियो तर गएको तीज सुनसान भयो । एक रुपियाँ पनि कमाउन सकिएन । यो वर्ष केही हुन्छ कि जस्तो छ । मैले कोरोना भन्दा अगाडि एक दिनमा सातवटा ब्लाउज सिलाएको छु । त्यसैगरी पाँचजोर कुर्तासुरवाल सिलाउन सक्ने म आजाभोली कहिँ कतै एउटा दुईटामा मन बुझाउनु परेको छ । तै पनि आजभोलि बिस्तारै सिलाउन आउनेको संख्या बढ्न थालेको छ । यो वर्ष तीजले काम दिने संकेत गरेकोमा उनीमा खुसी थपिएको छ । कपडा सिलाउन आउने दिदी बहिनीहरू आईरहेका छन् । बिस्तारै व्यवसायले राम्रो गति लिन शुरु गरेको छ ।

२०५६ सालबाट बुटवलको तिलोत्तमा पथमा पाणिनी स्टोर सञ्चालन गरिरहेका महेन्द्रप्रसाद पोखरेलले कोरोना पछिको पर्वमा यो वर्षको बजार राम्रो हुने संकेत देखिएको बताए । आजभोलि चाडपर्व आएको झल्को लाग्न थालेको छ । किनमेलका लागि पनि दिदी बहिनीहरू आउने जानेहरूको बाक्लोपन देखिएको छ । अब बिस्तारै बजार चलायमान हुन्छ भन्ने विश्वास छ पोखरेलले भने । हाम्रा चाडपर्वले पक्कै पनि बजार चलाउँछन् । विगत नस्तो नभएपनि घरभाडा र घर खर्च चल्ने गरी बजार चल्न थालेको छ । पोहर त घरभाडा तिर्नलाई नि ऋण खोजेर तिर्ने अवस्था थियो त्यसको अन्त्य हुन्छ भन्ने विश्वास छ । बिस्तारै चाडपर्वमा रमाउनेहरूसँगै किनमेल गर्नेको संख्या बढ्न थालेको छ । यसले व्यवसायमा राहत पु¥याएको महसुस भएको छ । अझै पनि पहिले ५ किलो मैदा किन्नेले यो वर्ष दुई वा तीन किलो किनेका छन् । १० किलो चिनी किन्नेले ५ किलोले पु¥याएको अवस्था छ । एक कार्टुन तेल किन्ने आधा किनेका छन् अवस्था यस्तो छ तर पनि बजार बिस्तारै उकालो लाग्ने गतिमा छ भन्ने अवस्था सृजना भएके छ । हुन त विगतका वर्षमा सबैलाई आर्थिक रूपमा असजिलो भएर नै हुनुपर्छ ।

लामो समयदेखि तिलोत्तमानगर पालिका ५ मा गुगल फेसन स्टोर सञ्चालन गरिरहेका भरत गैरेले अब बाच्न सकिन्छ कि भन्ने खालले बजार चल्न शुरु भएको बताए । तीज शुरु हुन लाग्दै गर्दा कपडा किन्नेहरूको संख्या पनि बिस्तारै बढ्न थालेको छ । तर पनि पुरानो अवस्था आउनलाई समय लाग्छ । विगतका चाडपर्वमा तीन चारजोर कपडा सेट किन्ने यसपाली जम्मा एक्जोर किनेका छन् त्यो पनि अघिल्लो वर्ष थिएन । बिस्तारै पसलमा आउने नियमित ग्रहाक फकिदैछ । यो भने चाडपर्वले जगाएको आशा हो । अब बल्ल तीज शुरु हुन लागेको छ । विगतमा यो बेला पनि सामान किन्न आउनेको भीड समाल्न नसकिने थियो तर कोभिटपछि बन्द जस्तै रहेको पसल यो वष सुस्त सुस्त चल्न शुरु गरेको छ । अब क्रमश दशै, तिहार र विहेको सिर्जन शुरु हुन लागेको छ आशा छ पसलको भाडा र घर खर्च धानेर पनि यो वर्ष केहि आम्दानी गर्न सकिन्छ भन्ने कुरा अहिले शुरु भएको चहलपहलले देखाएको गैरेको भनाइ छ ।

बुटवल ४ ट्राफिकचोकमा रहेको सापकोटा मिष्ठान्न भण्डारमा पनि पछिल्लो समयमा मिठाई किन्नेहरूको संख्या वृद्धि हुन थालेको छ । चाडपर्व शुरु सँगै व्यवसायले पनि गति लिन थालेको सञ्चालक सन्जय सापकोटा बताउछन् । उनले पहिलको जस्तो अवस्थामा फर्किन त अझै केहि समय कुर्नुपर्ने बताउँछन् । तर अहिलेको चाडपर्वले आशा जगाएको छ उनले भने । चाडपर्वमा धेरै मिठाई बिक्री समय भए पनि गत वर्ष समय त्यस्तो थिएन । यो वर्ष साउन शुरु हुनै लाग्दाबाट चहल पहल शुरु भएको छ । पसलमा किन्न आउने ग्राहक पनि दिन दिनै बढि रहेका छन् । अब चाडपर्वसँगै व्यापार पनि राम्र्रो हुन थालेको छ । अझै राम्रो बन्छ भन्ने विश्वास र तयारी रहेको छ ।

बुटवलको ईटाभट्टीमा १२ वर्ष पहिले स्थापना भएको एसियन पाटी प्यालेस प्रालीमा तिज शुरु भएको आभास हुन थालेको सञ्चालक कुलचन्द्र पाण्डेले बताए । उनले गत वर्ष भन्दा चहल पहल शुरु भए पनि पुरानो लयमा फर्किन समय लाग्ने बताए । यस्तै अवस्था हुदै जाने हो भने चाडपर्वबाट व्यवसाय राम्रो बन्ने आशा पलाएको छ । तर पनि यहाँ आउनेहरूले कम खर्च गर्ने गरेका छन् । कोरोना भन्दा अगाडी जसरी मन फुकाएर चाडपर्व मनाउने समुहले पनि कम खर्च गर्ने गरेका छन् । हुन त आर्थिक संकटका कारणले पनि हुन सक्छ । यो अवस्था बिस्तारै सुधार हुदै जानेछ ।

पाण्डेय भन्छन् यो वर्ष प्यालेसमा आएर तीज मनाउनेको संख्या र समुह बढिरहेको छ । हामीले पनि उहाँहरूलाई सुविधा दिने प्रसामा लागि रहेका छौ । तीज विशोष गरी दिदी बहिनीहरूको पर्व हो पहिले जस्तो खर्च गर्ने अवस्था नभएका कारणले हामीले परिस्थितीलाई हेरेर कम खर्चमा पनि रमाईलो गर्ने वातारण गरेका छौ यसले पनि हामी कहाँ आउने समुहको चाप पनि बढेको छ । बिस्तारै चाडपर्वसँगै व्यवसायले पनि सुखद शुरुवात तीजबाट भएको छ । बाकी दशै तिहार त छदै छ त्यस पछि विहेको मौसम शुरु हुन्छ यसले पनि व्यवसायलाई थप टेवा पु¥याउँछ भन्ने विश्वास लिएको छु ।

साउन शुरुसँगै नेपालीहरूको पर्व शुरु हुने गर्दछ । यो समयमा धेरै जसो घर परिवारहरू घुमन जाने र सर सामान किन्ने अवसरको रूपमा लिने गर्दछन् । त्यस माथि पनि तीज भने पछि महिलाहरूको मुख्य पर्व हो यो पर्वमा दिदी बहिनीलाई दाजुभाई र माईतीले एसरो कपडा दिने र मिठो खुवाउने परापुर्व कालदेखि चल्दै आएको रिति नै हो त्यहि परम्परालाई पछ्याउदै आज पनि तीजमा चेलीबेटीका लागि सर सामान किन्ने र दिने चलन छ । यहि चलनसँगै यो वर्ष पनि बजारमा किनमेल गर्ने र चोखो मिठो खुवाउनेहरूको चहलपहल शुरु भएको छ । यसले खुम्चिएको बजारमा आशा थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?