ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

कन्टेनर उद्योगमै भविष्य खोज्दै आचार्य

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु), १८ भदौ । स्वदेशमा उद्योग कलकारखाना छन् । रोजगारीको वातावरण छैन । भएका पनि बन्द हुने अवस्थामा रहेको छ । हजारौँ युवा बेरोजगारीले छट्पटिएका छन् । रोजगारीको खोजीमा करिब दिनहँु २ हजार नेपाली युवा विदेशिने गरेको खबर सुनिने गरेका छन् । तर पनि स्वादेशमै रोजगारीको सिलसिलामा भविष्य खोज्नु स्वाभविक भएपनि पक्कै पनि सहज छैन । त्यहि असहज परिस्थितिको सामना गर्दै ३० बर्षिय युवा अल्मुनियम फुड कन्टिनर उद्योग सञ्चालन गरेर कन्टिनरमै भविष्य खोज्दै आएका छन् ।
ती युवा हुन जीवन आचार्य । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–११, जालिमबगियामा उनले उद्योग सञ्चालन गरी रमाउँदै आएका छन् । यतिबेला सिंगोे देश नै जटिल अवस्थाको सामना गर्दै आएको सर्वधितै छ । २०७२ सालमा स्नातक तहको अध्ययन सकाए । रोजगारीको सिलसिलामा उनी भौतारी रहेका थिए । आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको सिलसिलमा खाडी मुलूक पुगे ।

खाडी मुलुक (कतार) पुगेका उनी एरवेजमा क्यासियरको रूपमा कार्यरत थिए । त्यहाँ कन्टिनर प्याकिङ भएका फुड बढी मात्रमा प्रयोग हुन्थ्यो । त्यहि कन्टिनरमा फुड प्याकिङ भएको वस्तु किन बढी प्रयोग हन्छ भन्ने कुराको रिसर्चमा उनले केहि समय व्यतित गरे । त्यसबाट आफूले स्वादेश फर्किएपछि केहि गर्न सकिन्छ कि भन्ने आत्मविश्वास बढाए । उनको रिसर्च अनुसार प्लाष्टिकमा खाद्यन्न वस्तु राखेमा तातिएर खाद्यन्नमा फुड पोइजन हुने हुनाले विदेशी नागरीकले कन्टिनरको प्रयोग गरेको सुनाए । कन्टिनरमा २०० डिग्री तातो सामाग्री राखेपनि फुड पोइजन नहुने हुनाले आफू प्रभावित भएको अनुभव व्यक्त गरे । र उता आफूले कमाएको थोरै–थोरै रकम पनि सञ्चित गर्दै गएका थिए ।
करिब तीन बर्षको वैदेशिक बसाईपछि जीवन स्वादेश फर्किए ।

केहि समयपछि नेपालमा सो उद्योग र बजारीकरणको अवस्थाबारे करिब ६ महिना रिसर्च गरेका थिए । अझ यस उद्योगबाट उत्पादन भएका वस्तुलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने बिषयमा भारतको गुजरातसहितको विभिन्न स्थानमा उनले अनुसन्धान गरेकोे उनी बताउँछन् । रिसर्चपछि करिब ३५ लाखको लागतमा सानो मेशिन भारतबाट ल्याएर उद्योग सञ्चालन गरेको थिए । मेशिन जडान गरेको महिना दिन नबित्दै पटक–पटक पार्टपुर्जा बिग्रिएर दुःख पाएको र अपरेटर नहुँदाको अनुभव उद्योगी आचार्यले सुनाए ।

यस्तै गर्दै उनको लागि सिकाईको थलो बन्यो पहिलो पटकको मेशिनरी जडान र बजारीकरणको अवस्था । त्यतिबेला नेपालभर कन्टिनर उद्योग ७ वटा थिए । तर पनि वैदेशिक यात्रामा बुनेका सपना आचार्यको लागि दृढ बन्दै थियो असफल भएपनि प्रयास गर्न भने उनलै छाडेनन् बरु दोस्रो पटक सिकाईको अनुभवले बलियो बन्दै लगानी थप गर्दै भारतबाट पुनः मिडियम खालको मेशिनरी झिकाए । कन्टिनर उत्पादनदेखि बजार अवस्थाको त्यस वस्तुबारे त्यतिबेला सम्म उनी निकै ज्ञान हाँसिल गरेका थिए । कन्टिनर उद्योगीमा नेपालमै औँलमै गन्न सकिने उद्योगीको रूपमा उनी चिनिएका छन् ।
बजारमा फुड कन्टिनरको माग व्यापक रहेको भएपनि पु्याउन सकिने अवस्था भने छैन । केहि महिना त्यहि मेशिन प्रयोग पश्चात् बजारमा माग बढ्दै गएपछि उक्त मेशिनले साथ दिन छाडेको थियो । बजारको अवस्था केहि मात्रमा सुधार भएपछि पछिल्लो महिना पहिले नयाँ ठूलो मेशिन चिनबाट मगाई निरन्तर सञ्चालन भएको छ । तर सरकारले नचिनेको उद्योगलाई कसले चिन्नेछ भन्ने उद्योगीलाई चिन्ताको बिषय बनेको छ । विगतको तुुलानात्मकरूपम सबै उद्योग व्यवसाय धारासायी अवस्थामा छन् । यता सरकारले करको दायरा बढाएर आफूहरू चपेटामा पारेको उद्योगीहरूको बताउँछन् ।

स्थानीय बजारमा यसको लोकप्रियता बढेपनि खुद्रा व्यापारीले समस्या हुने गरेको छ । बिक्री भएपनि उद्यारो हुने समस्या हुने गरेको छ । बुटवल, भैरहवा लगायतको स्थानमा ५० प्रतिशत र काठमान्डौ, बिरगञ्ज, नेपालगञ्ज, धनगढी, ५० प्रतिशत उत्पादन बिक्र हुने गरेको छ । १ जना मेशिन अपरेटरसहित विपन्न परिवारका ५ जनालाई रोजगारी समेत उपलब्ध गराएको उनले बताए । प्रतिमहिना ८ मेट्रिक ट्रन कच्चा पदार्थ खपत हुने गरेको बताउँदै कच्चा पदार्थ केहि मात्रमा भारतबाट अधिकांश मात्रमा चीनबाट आयत गर्ने गरेको उद्योगी आचार्यको भनाई छ ।
उनका अनुसार देशभरीमा आफ्नो उत्पादन गरेका वस्तुको आधारमा तेस्रो नम्बरमा रहेको दावी छ । करको दायरा घटाएर सरकारले स्वादेशमा रोजगारी वातावरण सिर्जना गर्न आवश्यक देखिन्छ ।

लगानी उठ्न नसकेको अवस्थामा आयस्रोतभन्दा सरकारलाई कर तिर्नु पर्दा व्यवसायी मारमा झनै परेका छन् । प्रतिदिन फुड कन्टिनर १ लाख गोटा उत्पादन हुने गरेको बताउँदै देशव्यापीरूपमा थोक बिक्री हुने गरेको आचार्यले जनाए । अहिले उनको कम्पनीमा करिब डेढ करोड लगानी पुगेको छ । देशैभरी सम्बन्धित संगठनमा आबद्ध रहेको उद्योग २८ वटा रहेका छन् । जसमा यतिबेला आर्थिक मन्दिका कारण अधिकांश बन्द भइसकेका छन् । भएका पनि कतिपय बन्द हुने अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?