ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

पोल गाडेको १४ वर्षमा बिजुली, स्थानीयमा खुशीयाली

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

नवलपुर, ६ भदौ ।

पूर्वी नवलपरासीको पहाडी हुप्सेकोट गाउँपालिका वडा नं. ४ रुम्सीमा विद्युुत पोल गाडेको १४ वर्षपछि बिजुली बालिएको छ ।

विद्युतीकरण गर्न १४ वर्षअघि त्यहाँ चारसय ४३ थान पोल गाडिएको र पोल संगसँगै तार पनि टाँगिएको भएता पनि बिजुुली बल्ने आशामा बसेका स्थानीयले १४ वर्षपछि बिजुली बाल्न पाउँदा आफुलाइ खुशी लागेको स्थानीय शमसेर आले मगरले बताए ।

१४ वर्षपछि जिल्लाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएपछि गाउँमा मात्र नभएर त्यहाँका स्थानीयहरुको मुहारमा समेत उज्यालो आएको वडाध्यक्ष महेन्द्र पाण्डेले बताए ।

सदियौं कालदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका स्थानीय जनता प्रत्येक घरमा पोल र तार टाँगेको १४ वर्षपछि भए पनि अहिले बिजुली बलेपछि हर्षित छन् । गाउँमा बत्ती नभएर कुुनै पनि काममा सहजता नआएको र अहिले भने बिजुुली पुुगेपछि धेरै सहजता आएको वडाध्यक्ष पाण्डेको भनाई छ ।

बिजुुली पुुगेपछि अब भने एक किसिमको समस्या हटेको छ । अहिले घरघरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सहज र गाउँ नै उज्यालो भएको स्थानीय मनमाया कानुङले बताइन् ।


केन्द्रीय विद्युतीकरण विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्नका साथै त्यहाँ रहेको हुप्सेकोट माविमा कम्प्यूटर कक्षा सञ्चालनदेखि आवश्यक विद्यालयको कामकाजमा समेत राहत पुगेको हुप्सेकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक बम वहादुर सारु मगरले बताए ।

“ढिलै भए पनि आफ्नो घर गाउँमा बिजुली आउँदा आफुले घरमा धेरै सम्पत्ति नै भित्र्याएको जस्तो भएको छ”– हुप्सेकोट गाउँपालिका ४ का स्थानीय जिव वहादुर सिंजालीले खुशी ब्यक्त गरे ।

गाउँमा बिजुली पुगेपछि घरधन्दा गर्नेदेखि विद्यार्थीलाई अनलाइन कक्षा, लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न र सुन्न तथा कम्प्युटर चलाउन सजिलो भएको छ । “वर्षौदेखि अन्धकार झेल्दै आइरहेका पहाडी भेगका जनताले उज्यालो पाएका छन्”–हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?