ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

फोहरको ग्याँस पाइपलाइन मार्फत घर–घरमा !

२० माघ २०७८, बिहीबार
२० माघ २०७८, बिहीबार

घोराहीमा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्याँस उत्पादन गर्न सुरु भएको हो । करिब ३ महिना अघिदेखि फोहरबाट ग्याँस उत्पादनको परिक्षण सुरु गरिएको नेपाल उर्जा विकास कम्पनी प्रालिले जनाएको छ ।

अहिले परिक्षणको क्रममा दैनिक ३ सय घनमिटर ग्याँस उत्पादन भैरहेको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिए । “अहिले फोहरसमेत कम राखिएको छ, जसले गर्दा ग्याँस उत्पादन कम भएको हो, केही समय पछि फोहर धेरै राखेर ग्याँस उत्पादन वृद्धि गरिने छ” प्लान्ट म्यानेजर श्रेष्ठले भने । कम्पनीले अहिले घोराही उपमहानगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिरहेको छ । उत्पादन भएको ग्याँस पाइपलाइन मार्फत घर–घरसम्म पु¥याउने योजनामा कम्पनी रहेको श्रोष्ठले जानकारी दिए ।

जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको उनले बताए । “हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको छ” प्लान्ट म्यानेजर श्रेष्ठले भने । पहिलो चरणमा ४ सय ५० घरधुरीमा पु¥याउने भनेर सर्भे गरिएको छ भने थप पछि विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्याँस वरिपरिका स्थानीय वासिन्दाहरु, नारायणपुर, सर्रासम्म पु¥याउने उनले बताए । पाइपमार्फत ग्याँस प्रयोग गरेवापत मिटर अनुसार रकम तिर्नुपर्ने छ । सुरुमा ग्याँस उत्पादन गरेर सिलिण्डरमा भरेर बजारमा पठाउने योजना भए पनि पनि नयाँ डिपिआर गरेर पाइपलाइन मार्फत ग्याँस वितरण गर्न थालिएको उनले बताए ।

कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन् । सुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको उनले बताए । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते भएको थियो । ग्याँस उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको भएपनि पाइपमार्फत घर–घरसम्म ग्यास पु¥याउनुपर्ने भएपछि करिब २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।

यो रकम घर–घरसम्म ग्याँस पाइपमार्फत पु¥याउँदा खर्च हुनेछ । फोहरबाट ग्याँस उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको श्रेष्ठ बताउँछन् । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । उक्त ग्याँस प्लान्ट २ हजार घनमिटरको रहेको छ । फोहरबाट ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने योजना रहेको उनले बताए ।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम तिर्नुपर्ने छ । “नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्नेछौं,यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ” म्यानेजर श्रेष्ठले भने । ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ ।

जिल्लामा नै फोहरबाट ग्याँस उत्पादन भएपछि ग्याँसको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्याँस उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाहरुबाट नागरिक समेत आउने गरेका छन् । फोहरबाट ग्याँस तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । ग्याँस उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग समेत हुनेछ ।

ग्यास उत्पादनकै लागी भनेर ३ोराही उपमहानगरपालिकाले नगर क्षेत्रबाट अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाईमा समेत सहयोग पुग्ने अपेक्षा उपमहानगरपालिकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?