ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा घिमिरे

३० पुष २०७८, शुक्रबार
३० पुष २०७८, शुक्रबार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा कैलालीका सञ्जयकुमार चौधरी निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न महासंघको छैटौं अधिवेशनबाट चौधरी भारी मतका साथ विजयी भएका हुन् । चौधरी धनगढीस्थित चौधरी बुक डिपोका सञ्चालक हुन् भने पूजा कापी उद्योगका अध्यक्ष हुन् ।

अध्यक्ष पदका लागि चौधरीसहित तीनजनाको उम्मेदवारी थियो । अध्यक्ष पदका उम्मेदवार चौधरीले नवराज ढकाल लाई हराउँदै निर्वाचित भएका हुन् । अध्यक्षका लागि मातृका शिवाकोटी पनि उम्मेदवार बनेको थिए ।
महासंघको निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे (रुपन्देही), उपाध्यक्षमा किरणकुमार खनाल (चितवन), पुष्पराज पौडेल (काठमाडौं) र सञ्जीव सत्याल (सुनसरी) निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा शिवसागर शर्मा (काठमाडौं) निर्विरोध भएका छन् भने उपमहासचिवमा यमलाल लोहनी (रुपन्देही) निर्वाचित भए । त्यसैगरी सचिवमा विष्णुप्रसाद पौडेल (काठमाडौं), बुद्धिप्रसाद अधिकारी (बाँके) र शकुन्तलादेवी शर्मा (कास्की) निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा गोविन्द महर्जन (काठमाडौं), सहकोषाध्यक्षमा किरणबाबु न्यौपाने (मकवानपुर), लेखा समिति संयोजकमा वाशुप्रसाद भेटुवाल (सिन्धुली), लेखासमिति सदस्यमा बुद्धिसागर कँडेल (चितवन) र वाशु न्यौपाने (मकवानपुर) निर्वाचित भएका छन् । त्यसैगरी पदेन केन्द्रीय सदस्यहरूमा रञ्जन चापागाई (प्रदेश १), धिरज श्रेष्ठ (प्रदेश २), नारायणकुमार श्रेष्ठ (वागमती), लिलाराम गौतम (गण्डकी), भैरव रावल (लुम्बिनी), कमल नेपाल (कर्णाली) र मेखराज दाहाल (सुदूरपश्चिम) चयन भएका छन् ।

भूगोल सदस्यअन्तर्गत उमेश अधिकारी (प्रदेश १), उमेशकुमार अग्रवाल (प्रदेश २), रमेश ढुंगेल (वाग्मती), द्रोणप्रसाद भुसाल (लुम्बिनी), जगतप्रसाद शर्मा (कर्णाली) र वासुदेव गौतम (सुदूरपश्चिम) चयन भएका छन् । खुला केन्द्रीय सदस्यतर्फ राजेन्द्र तिवारी (चितवन), गणपति पाण्डे (रुपन्देही), विजयकृष्ण महर्जन (ललितपुर), ताराराम श्रेष्ठ (तनहुँ), रविन बराल (झापा), रवीन्द्र बराल (सुनसरी) र शम्भु लामिछाने (कैलाली) निर्वाचित भएका छन् ।

त्यस्तै खुला केन्द्रीय सदस्य स्टेसनरीतर्फ सरोज मास्के (चितवन), कृष्णराम कार्की (काभ्रे), होमनाथ पाण्डे (रुपन्देही), गोविन्द गौतम र मोहनप्रसाद सापकोटा (कास्की) चयन भएका छन् । एसोसिएट केन्द्रीय सदस्य स्टेसनरीतर्फ अर्जुनकुमार आचार्य (काठमाडौं) र पुस्तकतर्फ महेश शर्मा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?