ट्रेंडिंग:

>> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

‘हाम्रा कामले नगरको समग्र विकासमा गति बढाउँदैछ’

१३ पुष २०७८, मंगलवार
१३ पुष २०७८, मंगलवार

लुम्बिनी प्रदेशको पूर्वीद्वारा रहेको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका कृषि र पर्यटकिय सम्भावना बोकेको नगरको रुपमा रहेको छ । पहाडी क्षेत्र र भित्री मधेशको समिश्रण रहेको यो नगर भौतिक विकासमा समेत अगाडि बढिरहेको छ । प्रस्तुत छ, पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बर्दघाट नगरपालिकामा भए गरेका विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाको अवस्था, स्थानीय सरकारले गरेका काम र अघि बढाइएका योजनाहरुको बारेमा केन्द्रित रहेर बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बश्यालसँग गरिएको कुराकानीको सम्पादित अंश ।

स्थानीय सरकारको नेतृत्वमा तपाईं आइसकेपछि भौतिक पूर्वाधार क्षेत्रमा भएका मुख्य कामहरु के के हुन ?
बर्दघाट नगरपालिका सुगम र दुर्गम क्षेत्रको समिश्रण भएको नगर हो । स्थानीय सरकारमा हामी आउनुअघि पनि नगरको सुगम क्षेत्रमा बाटो, विद्युतमा खासै समस्या नभएपनि, खानेपानी समस्याग्रस्त अवस्थामा थियो । नगरबासीलाई शुद्ध पिउने पानीको ब्यवस्था गर्नको लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरि सञ्चालनमा रहेका आयोजनालाई ब्यवस्थित गर्ने र पिउने पानीको समुचित ब्यवस्थापन हुन नसकेका क्षेत्रमा आयोजना संचालन गरेका छांै ।

त्यस्तै नगरभित्र करिब सबै बाटोहरु ग्रावेल थिए भने हामीले करिब ३२ किलोमिटर सडकलाई कालोपत्रे गरेका छौँ । यसैवर्ष करिब ७ किलोमिटर सडक कालोपत्रे गर्दैछौँ । करिब २ सय ३० किलोमिटर कच्ची सडकलाई ग्रावेल गरेका छौँ भने करिब ३० किलोमिटर नाली निर्माण गरेका छौं । यस्तै नगरको अलि दुर्गम क्षेत्र मानिने पहाडी क्षेत्र संसारकोट, आमबास, लगायतका क्षेत्रमा विद्युतिकरण एवं नगर क्षेत्रको घना बस्तीभित्र सडकबत्तीको ब्यवस्थापन गरी उज्यालो नगर अभियान साकार पार्दैछौँ ।

शिक्षा, स्वास्थ्य लगायत जनताको प्रत्यक्ष सरोकार रहेका क्षेत्रको अवस्था के छ ?
शैक्षिक क्षेत्रमा बर्दघाट नगरपालिका सवल नै रहेको छ भन्नुपर्छ । शिक्षालाई प्राथमिकता दिँदै हामीले आधारभूत शिक्षालाई अनिवार्य गरेका छौँ भने कक्षा १० सम्मको शिक्षा निःशुल्क गराएका छौँ । आ.व. ०७७÷०७८ को कुल बजेटको २२.२९ प्रतिशत बजेट शिक्षामा छुट्याइनुले पनि शिक्षालाई नगरले प्राथमिकतामा राखेको प्रतित हुन्छ । नगरभित्र तीन वटा नमुना विद्यालय समेत संचालन भइरहेका छन ।

स्वास्थ्य क्षेत्रको कुरा गर्दा वडा नम्बर २ को चिसापानीमा रहेको चिसापानी अस्पताललाई स्तरोन्नती गर्ने र विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने गरि केन्द्र सरकारसँग समन्वय हुँदै आएको छ भने विभिन्न वडामा भएका स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने, स्वास्थ्य चौकी नभएका वडा वा क्षेत्रहरुमा स्वास्थ्यचौकी निर्माण कार्य अघि बढिरहेको छ जुन अन्तिम चरणमा पुगी यसै वर्ष सम्पन्न हुनेछन । नगरलाई पूर्ण सँस्थागत सुत्केरी नगर बनाउने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले नगरमा २ वटा अस्पताल, ११ वटा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक पनी सँचालनमा रहेको छ भने ५ वटा स्वास्थ्य चौकी निर्माणको अन्तीम चरणमा रहेका छन ।

नगरलाई आर्थिक रुपमा सवल बनाउको लागि के कस्ता कार्यक्रम अघि सारिएको छ ?
बर्दघाट नगरपालिकाका अधिकांश स्थानमा सडक सञ्जाल रहेको कारणले पनि औद्योगिक नगरीको रुपमा समेत अघि बढाउन सकिने हेतुले समृद्धिको नयाँ चरणः ब्यापार औद्योगिकरण भन्ने नारालाई आत्मसाथ गर्दै उद्योगग्राम स्थापनाको लागि नगरले स्थान छनौट गरी डिपिआर तयार सोही आधारमा उद्योग ग्राम निर्माण सुरु भएको छ । यस्तै नगरभित्रका कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगलाई विशेष सहुलियत प्रदान गरेका छौँ । जसले गर्दा नगरमा नै रोजगारीको सिर्जना गराइ विदेश पलायन हुुने सम्भावना रहेको जनशक्तिलाई कम गर्ने उद्देश्य रहेको छ । यसले गर्दा युवाहरुले आफ्नै ठाउँमा ब्यवशाय गरेर नगरलाई आर्थिक रुपमा सवल बनाउन भूमिका खेल्न सक्ने अपेक्षा समेत गरेका छौँ ।

आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको विकासमा नगरले के कस्ता कार्यक्रम संचालनमा ल्याएको छ ?
आर्थिक समृद्धिको मुल आधार कृषि नै रहेको कुरामा हामी विश्वस्त छौँ । सोही अनुसार जुन क्षेत्रमा जसको सम्भावना छ उक्त क्षेत्रलाई विशेष पकेट क्षेत्र भनी योजना अघि सारेका हौँ र अहिले पनि उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । जस्तै जंगल पहाडी क्षेत्र आमवास, संसारकोट क्षेत्रलाई बाख्रा पालन पकेट क्षेत्र घोषणा गरी काम अघि बढायौँ जसमा उन्नत जातका बाख्रा वितरण, पशु सेवा प्राविधिकको नियमित सेवा प्रदान गरेका छौं ।

यस्तै वडा नम्बर ७ को बेलाहानी क्षेत्रलाई मौरीपालन पकेट क्षेत्र, वडा नम्बर १२ र १३ को धनेवा क्षेत्रलाई मकै खेती पकेट क्षेत्र, वडा नम्बर १४ र १५ लाई तरकारी पकेट क्षेत्र र वडा नम्बर ९, ८ र ५ मा एक घर एक फलफूलको विरुवा कार्यक्रमलाई कार्यन्वयन गरिएको छ । कृषकहरुलाई निःशुल्क, सहुलियत विउ उपलब्ध गराउने, सिंचाइको लागि डिपवेल, स्यालो ट्युवेल को ब्यवस्थपन गर्ने, नियमित प्राविधिक सेवा उपलब्ध गराएका छौँ जसले गर्दा उत्पादनमा वृद्धि भइ अहिले नगरमा कृषि उपजमा केही हदसम्म भएपनि परनिर्भरता घटेको छ । यो कार्यक्रमलाई हामी निरन्तरता दिनेछौँ ।

पर्यटन क्षेत्रमा नगरले के कस्ता कार्यक्रम अघि सारेको छ ?
बर्दघाट नगर धार्मिक पर्यटकिय हिसावले धेरै नै महŒव राख्दछ । नगरको वडा नम्बर १२ मा रहेको बुद्धकालिन सभ्यतासँग सम्बन्धित बुद्धमंगल ताललाई सरसफाई र सौन्दर्यकरण गरी १२ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिएको छ जसलाई बुद्ध सर्किटसँग जोडी लुम्बिनी रामग्राम आउने पर्यटकलाई त्यहाँ आउने वातावरणको निर्माण गरिएको छ र बुद्धकालिन सभ्यताको कोलिया नगरको हलिदावसन जहाँ बुद्धले मित्तसुत्त आफ्ना शिष्यहरुलाई प्रदान गर्नुभएको थियो त्यो बुद्धमँगल क्षेत्र नै हो । त्यसको घोषणाको तयारीमा हामी रहेका छौँ।

यस्तै पहाडी क्षेत्र सँसारकोटमा ५० फूट अग्लो भ्यूटावर निर्माणाधिन रहेको छ जसले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ भने वडा नम्बर १६ को वनदेवी र वडा नम्बर ५ को ऐतिहासिक कन्चनगढीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा अघि बढाइएको छ । कन्चनगढी नेपालकै १०० पर्यटकिय गन्तब्य मध्ये रहेको छ र त्यसको निर्माणको लागि डिपिआर तयार गरी डिपिआर कै आधारमा निर्माण कार्य प्रारम्भ भइसकेको छ । हामीले गरेका कामले नगरको विकासमा गति बढाउँदै छ । यो अझै केही बर्षपछि देखिन्छ भन्ने लाग्छ ।

स्थानीय सरकारको पदावधि करिब सकिन थालेको छ । सरकार प्रमुख भइ आफूले गर्न चाहेको तर सम्पन्न गर्न नसकेका कुनै कार्यक्रम छन कि ?
हामीले बर्दघाट नगरलाई घेर्ने गरी चक्रपथ निर्माण गर्ने उद्देश्य लिएका थियोँ त्यसको डिपीआर मात्र तयार गर्न सक्यांै र त्यो काम बाँकी रहेको छ, अमरदिप टोलदेखि दुम्किबास जोड्ने बैकल्पीक मार्गको ट्रयाक खोल्ने काम भएको छ भने निर्माण कार्य गर्न सकिएको छैन । ब्यवस्थित अस्पताल निर्माणको लक्ष्य लिएता पनि त्यसको कार्यन्वयनमा अगाडि बढन सकिएको छैन ।

बर्दघाटमा एउटा बहुउद्देश्यिय भवन निर्माण गर्नको लागि डिपिआर तयार भएता पनि त्यसको निर्माण बाँकी रहेको छ । र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै हामी आएको भएता पनि ब्यवस्थित रंगशाला निर्माण गर्न सकिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?