© २०२३
काठमाडौं,२ साउन । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएवापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन्।
मंगलबारदेखि शुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताएका हुन्।
एमाले–माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो।
विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन्।
खड्काले गठबन्धनका दलहरुलाई असर पर्ने गरी गतिविधि नगर्न र अभिव्यक्ति नदिन पनि नेताहरुलाइृ आग्रह गरे ।