ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमाण्डौ –

गएको मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन् ।

दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो । यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् । पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ । ब्याटिङतर्फ पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतकसहित ३ सय २३ रन बनाएर शीर्ष स्थानमा छन् ।

यस्तै कर्णाली याक्सका मार्क वाट १ शतक र १ अर्धशतकसहित २ सय ४६ रन बनाएर दोस्रो तथा चितवन राइनोजका रवि बोपारा ३ अर्धशतकसहित २ सय ३७ रन बनाएर तेस्रो स्थानमा छ । ब्याटिङतर्फ धेरै रन बनाउने नेपाली खेलाडीमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल छन्, उनले १ अर्धशतकसहित २ सय ८ रन बनाएका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १ अर्धशतकसहित २ सय १ रन बनाएर रोहितलाई पछ्याइरहेका छन् । यस्तै बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेट लिँदै शीर्ष स्थानमा छन् ।

यस्तै सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो, काठमान्डुका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन् । काठमान्डुका कप्तान करण केसीले पनि १२ विकेट लिएका छन् । सुदूरपश्चिमले लिग चरणमा एउटा मात्रै हार बेहोर्यो । आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग पराजित भयो । विराटनगरले ५ वटा खेल जित्दा २ वटामा हार बेहोर्याे ।

विराटनगरले पहिलो संस्करणमा आफ्नै नाममा रहेको सर्वाधिक १ सय ९३ रनको कीर्तिमानलाई तोड्दै यसपालि २ सय २० रन बनायो । विराटनगरले शीर्ष स्थानको सुदूरपश्चिमलाई हरायो । साथै विराटनगरले विश्व क्रिकेटमा चर्चित दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई टोलीमा भित्र्यायो ।

काठमान्डुले पनि ५ वटा खेल जित्दा तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र विराटनगरसँग हार बेहोर्याे । काठमान्डुले पहिलो खेलमै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हरायो ।

नेपाली राष्ट्रिय टोलीका कप्तानको नेतृत्वमा रहेको लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि लगातार तीन खेलमा पराजित र तीन खेलमा लगातार जीत निकाल्दै प्लेअफमा पुग्यो । लुम्बिनीले जनकपुर र अहिले शीर्ष दुईमा रहेको विराटनगरलाई हरायो ।

पोखराले ३ खेलमा जीत र ४ खेलमा हार बेहोर्याे । पोखराले जनकपुरलाई हरायो । जिम्मी नीशम र एडम रोसिङ्टनजस्ता खेलाडी भए पनि तालमेल नमिल्दा पोखरा प्लेअफमा पुग्न सकेन । कर्णालीले २ खेलमा जीत र ५ खेलमा हार बेहोर्याे । कर्णालीले लुम्बिनी र जनकपुरलाई हरायो । जीतका साथ प्रतियोगिता शुरू गरेको चितवनले त्यसपछि लय गुमाउन पुग्यो ।

पहिलो संस्करणको विजेता जनकपुरले यसपालि बिर्सनलायक प्रदर्शन गर्याे । जनकपुर यसपालि एक मात्र जीत हात पर्दै तालिकाको पुछारमा रह्यो । जनकपुरले शुरूका ४ वटै खेल हार्न पुग्यो । जनकपुरले एकमात्र जीत निकाल्ने क्रममा चितवनलाई हरायो ।

एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् । पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिलेभन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध हुँदा एनपीएलको रौनक शहरदेखि गाउँसम्मै पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?