ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

भैरहवा, २३ मङ्सिर ।

नेपाल सरकारले मङ्सिर २० गते जारी गरेको भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् ।

उनीहरूको आकस्मिक आन्दोलनका कारण आइतबार भैरहवा भन्सारबाट एक रुपैयाँ पनि राजस्व असुली हुन सकेन, जसले दैनिक करोडौँको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ ।

आन्दोलित भन्सार एजेन्टहरूले विशेष गरी मङ्सिर २० गते देखि लागू भएको भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् ।

उक्त दफामा गरिएको व्यवस्था अनुसार “(झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नु पर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँच पास गर्न,” भन्ने उल्लेख छ ।

भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यवहारिक र कडा छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको दश प्रतिशत (१०%) जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ ।

आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रूपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । “काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठुलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ ।” बस्नेतले भने “त्यो रकम व्यापारी र भन्सार एजेन्टले तिर्दैन त्यो हामीले हाम्रै तलबबाट काट्ने हो ।”

आन्दोलित पक्षले यसको निकास ननिस्के सम्म काम नगर्ने जनाएका छन् । दफा ७१ (झ) मा भएको १०% जरिवानाको व्यवस्था खारेज वा घटाउनुपर्ने वा घोषणा गर्दा संलग्न गरिएका कागजात फरक परेमा लाग्ने १० प्रतिशत जरिवाना निकै चर्को भएकोले यसलाई घटाएर १% वा २% जति सीमित गरिनुपर्ने आन्दोलित पक्षले माग गरेका छन् ।

विद्युतीय माध्यमबाट विवरण घोषणा गर्दा प्राविधिक कारण वा मानवीय भूलबाट कागजात फरक पर्न सक्छ । सानो त्रुटिलाई पनि जालसाजी वा बदनियत पूर्ण कार्य मानेर ठुलो जरिवाना लगाउनु अन्यायपूर्ण रहेको बस्नेतले बताए ।

उनले भने “बदनियत पूर्ण ढङ्गले गरिने त्रुटि र साधारण त्रुटिबिच स्पष्ट विभेद गरिनुपर्छ । जानाजान राजस्व छल्ने उद्देश्यले गरिएको कार्यमा मात्र कडा कारबाही हुनुपर्छ, नकि असावधानीले हुने त्रुटिमा ।”

तर यस विषयमा नेपाल भन्सार एजेन्ट संघले भने आधिकारिकता जनाएको छैन । सङ्घका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट सङ्घको आन्दोलन नभई एजेन्टहरूसँग काम गर्ने कर्मचारीको रहेको बताए ।

तर कर्मचारीहरूको माग जायज रहेकोले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिरहेका उनको भनाई छ । नयाँ ऐन लागू गर्नुअघि भन्सार एजेन्टहरूलाई पर्याप्त तालिम र ऐनका प्रावधानबारे जानकारी दिइनुपर्ने र जटिल कानुनी प्रक्रियालाई सरलीकृत गर्नुपर्ने पन्थीको भनाई छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८५९ करोडको लक्ष्य पाएको छ । यस हिसाबले दैनिक ३३ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ ।

तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण आइतबार पूरै दिन भन्सार जाँच पासको काम अवरुद्ध हुँदा सम्पूर्ण राजस्व सङ्कलन ठप्प भएको छ । देशकै प्रमुख भन्सार नाकाहरूमध्ये पर्ने भैरहवा भन्सारबाट राजस्व असुली नहुँदा समग्र राष्ट्रिय राजस्व सङ्कलनमा समेत तत्काल असर परेको छ ।

उनले आन्दोलन गर्ने व्यक्तिहरू आधिकारिक रूपमा भन्सार सँग सम्बन्धित नभएकोले को सँग कुरा गर्ने भन्नेमा अन्यौलता रहेको बताए । “भन्सार एजेन्टहरूले हाम्रो आन्दोलन हैन भन्नुहुन्छ तर काम पनि गर्नुहुँदैन ।” पौडेलले भने “म आफैले कुरा गर्न खोज्दा पनि कुरा अगाडी बढ्न सकेन ।”

दफा ७१ (झ) को व्यवस्था राजस्व चुहावट नियन्त्रण र अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन आवश्यक रहेको जिकिर गर्दै उनले यो प्रावधानले भन्सार एजेन्ट र आयातकर्ताहरूलाई विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा उच्चतम सावधानी अपनाउन बाध्य पार्ने बताए ।

यसबाट कागजातमा हुने मनगढन्ते विवरण पेश गर्ने प्रवृत्ति रोकिने उनको भनाई छ । उनले भने “सरकारले भन्सार प्रक्रियालाई विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौता ( टिएफए) र संशोधित क्योटो महासन्धि अनुरूप बनाउन यो ऐन ल्याएको हो ।

कडा प्रावधानहरूले प्रणालीमा सुधार ल्याउँछ ।” भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्न सक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?