ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

काठमान्डौ, २३ मंसिर ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले विकास आयोजनाहरू रोकिएको मुख्य कारण ‘निर्णय नगर्ने रोग’ भएको आरोप लगाएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको रुग्ण ठेक्का सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पदमा बसेर पनि समयमै निर्णय नलिने, जिम्मेवारीबाट पन्छिने तथा अनिर्णयशीलता देखाउने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए ।

मन्त्री घिसिङका अनुसार मन्त्रालय र विभागहरूमा आफ्नै ठेक्कासम्बन्धी यकिन तथ्यांक समेत नहुनु ठूलो कमजोरी हो । सडक विभागमा मात्रै करिब २१०० ठेक्का चालु रहेको उल्लेख गर्दै उनले भने, “महानिर्देशकलाई सोध्दा पनि कुन ठेक्का कहाँ छ भन्ने स्पष्ट तथ्यांक छैन । स्थानीय र प्रदेश तहका परियोजनासहित देशभर १० हजारभन्दा बढी ठेक्का अलपत्र हुन सक्छन्, जसको मार जनता वर्षौँदेखि भोगिरहेका छन् ।”

उनले आयोजनाहरू समयमै सम्पन्न नहुँदा पुँजीगत खर्च ठप्प हुने, जसको प्रभाव रोजगारीदेखि समग्र अर्थतन्त्रसम्म देखिने बताए । “ठेक्का लाग्दैन, लागे पनि काम हुँदैन । निर्माण रोकिनु भनेको केवल काम रोकिएको होइन, जिडिपी र रोजगारमा प्रत्यक्ष धक्का हो,” मन्त्री घिसिङले बताए ।

भेरी–बबई डाइभर्सन परियोजनाको उदाहरण दिँदै उनले प्लानिङ र टाइमिङमा गम्भीर त्रुटि भएको भन्दै केवल सुरुङ बनिसक्दा पनि हेडवर्क्स र पावरहाउसको ठेक्का नलागेकै कारण राज्यले अर्बौँ ब्याज तिरिरहनुपरेको बताए ।

विगतमा ऊर्जा क्षेत्रमा काम गर्दा चमेलिया र माथिल्लो तामाकोशी जस्ता रुग्ण आयोजना जोखिम लिएरै सम्पन्न गराएको अनुभव सुनाउँदै मन्त्री घिसिङले कर्मचारीतन्त्रमा देखिएको पन्छिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । “सही नियतले निर्णय गर्दा डराउनुपर्दैन। निर्णय नलिने र काम रोक्नेलाई अब कारबाही हुन्छ,” उनले चेतावनी दिए ।

करिब २५० भन्दा बढी आयोजना निर्माण व्यवसायीको लापरवाहीका कारण रोकिएको स्वीकार गर्दै उनले सरकारी पक्षले पनि समयमा साइट क्लियर नगर्ने, बजेट नदिने जस्ता कमजोरी भएको उल्लेख गरे । उनका अनुसार, मन्त्रालयको नेतृत्वमा रहेसम्म ‘काम नगर्ने ठेकेदार’ र ‘निर्णय नगर्ने कर्मचारी’ दुवैलाई कठोर कारबाही गरिनेछ ।

ठेक्का तोड्नु अन्तिम विकल्प भएको उल्लेख गर्दै उनले भने, “ठेक्का तोडेर मात्र समस्या समाधान हुँदैन, कानुनी प्रक्रिया सुरु भए आयोजनाहरू वर्षौँ पन्छिन्छन् । तर, काम नगर्नेलाई पेनाल्टी तिराएर भए पनि बिदा गरिन्छ। आवश्यक परे ऐन संशोधन गरेर समस्या सल्टाउँछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?