© २०२३
काठमाडौं,२४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भएको छ । शीर्ष नेताबीच सिंहदरबारमा भएको छलफलपछि सदन सुचारु गर्नु सहमति भएको हो ।
सिंहदरबारमा बसेको बैठकमा सदन सुचारु गर्न दिने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरिले बताए।
शीर्ष बैठकमा प्रधानमन्त्रीले देशबासी समक्ष आफ्नो अभिव्यक्ति प्रति माफी माग्नुपर्ने अडान एमाले अध्यक्ष ओलीले राखेका थिए ।
प्रधानमन्त्रीले आफूले सदनमा स्पष्टिकरण दिने र आफ्नो भनाइको आशयसहित अभिव्यक्ति सच्याउने कुरा भएको र सदनमा चित्तबुझ्दो प्रष्टिकरण नदिए एमालेले पुन: सदन अवरोध गर्ने जनाएको छ ।
प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझ्दो भएमा सदनको कारबाही चल्न दिइने एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
तीन दलको छलफलछि एमाले एमालेले प्रधानमन्त्रीको राजीनामा व्याक भएको छ।
प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित भएको थियो।