© २०२३
बुटवल,१७ असार । हालै स्थापना भएको वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालको केन्द्रीय सम्पर्क कार्यालय र लुम्बिनी प्रदेश कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गरिएको छ । देशभरी विभिन्न कम्पनीका उत्पादन विक्री वितरण गर्ने वजार व्यवस्थापन तथा विक्री कर्मचारीको यही असार २ गते नवलपुरको गैडाकोटमा भएको भेलाले सूर्य पराजुलीको अध्यक्षतामा केन्द्रिय तदर्थ समिति गठन गरेको थियो । केन्द्रिय सम्र्पक कार्यालय र प्रदेश कार्यालयको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष सूर्य पराजुलीले नेपालमा यस प्रकारको ट्रेड युनियन प्रकृतिको पहिलो संस्था भएको र संस्थालाई नेपाल सरकार अन्तर्गतका श्रम विभाग र भविष्यमा अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओसम्म आवद्ध गराई संस्थामा आवद्ध सदस्यहरुको पेशागत हक अधिकार सुनिश्चित गर्ने बताए । वजार व्यवस्थापन तथा विक्री कर्मचारीहरुको पेशाको सुरक्षाको लागि संस्थालाई हरेक जिल्लामा विस्तार गर्दै लगिने अध्यक्ष पराजुलीले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्र्चाज लेखराज कुवंर, केन्द्रिय उपमहासचिव अमर कुमार बस्नेत, केन्द्रिय सदस्य गोविन्द ओली लगायतले वोल्दै संस्थालाई वजार व्यवस्थापन तथा विक्री कर्मचारी संघको हकहितमा केन्द्रित गर्न सुझाव दिए । संस्थामा १० हजार जनालाई आवद्ध गराउने लक्ष्य रहेको उपमहासचिव बस्नेतले बताए ।