ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता
केन्द्रीय समिति बैठक

ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ?

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्षित गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आत्मआलोचना र प्रतिवेदनका नाममा आफूविरुद्ध प्रहार गर्ने प्रयास भएको भन्दै ओलीले कटाक्ष गरेका हुन् । उनले पार्टीभित्रैबाट अरूका एजेन्डा बोकेर आफूविरुद्ध आक्रमण गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

‘आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँड्ने प्रवृत्ति देखिएको छ,’ बैठकमा ओलीले भनेको भन्दै एक केन्द्रीय सदस्यले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री (म)  लाई कारबाही गर्नुपर्ने माग उठाइएको प्रसङ्ग उल्लेख गर्दै ओलीले यस्तो माग विपक्षी दल वा मिडियाले समेत सार्वजनिक रूपमा गर्न नसकेको अवस्थामा आफ्नै पार्टीका नेताहरूले दस्तावेजमै समेटेको भन्दै रोष प्रकट गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि सार्वजनिक रूपमा जेनजी आन्दोलनबारे गठित छानबिन समितिमा अध्यक्ष ओलीले बयान दिनुपर्ने बताएका थिए । उनले दोषी देखिए कारबाहीको भागीदार हुनुपर्ने धारणा पनि सार्वजनिक गर्दै आएका छन् ।

यद्यपि, आन्तरिक असन्तुष्टिका बीच पनि ओलीले आफूलाई भाग्यमानी नेता भएको दाबी बैठकमा व्यक्त गरेका छन् । ‘म भाग्यमानी लिडर हुँ । मैले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको छु,’ उनले भनेको ती नेताले बताए ।

बैठकमा ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे पनि प्रस्ट पारेका छन् । नयाँ नेतृत्व चयन भई शपथ ग्रहण नभएसम्म सबै पदाधिकारी तथा सदस्यहरू केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने जानकारी उनले गराए ।

त्यस्तै, बन्दसत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने पनि ओलीले बैठकमा स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?