ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

काठमान्डौ, २८ मंसिर ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । शपथ ग्रहणका क्रममा तत्काल विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका मुख्यमन्त्री यादवले अझै आवश्यक गृहकार्य पूरा गर्न सकेका छैनन् ।

एक प्रदेश सांसदका अनुसार मन्त्रिपरिषद् विस्तारसम्बन्धी गृहकार्य आज साँझसम्ममा टुंग्याउने तयारी भइरहेको छ । तर, एमालेको महाधिवेशन सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम अघि बढ्ने उनले जानकारी दिए ।

‘हामी आजभित्र मन्त्रालय बाँडफाँडसहितको गृहकार्य पूरा गर्ने तयारीमा छौँ,’ ती सांसदले भने, ‘एमालेको महाधिवेशनपछि नै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने प्रक्रिया अघि बढ्छ ।’

मुख्यमन्त्री यादव मसिर २३ गते कांग्रेसका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न काठमाडौँ आएका थिए । त्यसपछि मसिर २४ गते सत्ता गठबन्धनमा आबद्ध सात दलको बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री स्वयं मसिर २४ गते जनकपुर नफर्किएपछि बैठक स्थगित भएको थियो । त्यसयता सात दलको बैठक बस्न सकेको छैन ।

नेपाली कांग्रेसका मधेश प्रदेश संसदीय दलका नेता यादव यही मंसिर १९ गते एमालेबाहेकको सातदलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहणका क्रममा मसिर २४ गते विश्वासको मत लिने तयारी गरिएको थियो । तर, सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । विशेषतः जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।

हाल मन्त्रिपरिषद्मा कांग्रेसका जंगीलाल राय, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेल सदस्य छन् । जंगीलाल राय र कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् भने जनमत पार्टीका महेश यादवलाई प्रदेशको महत्वपूर्ण मानिने अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैबीच, सत्तारुढ दलहरूबीच मधेश प्रदेश सभाको सभामुख चयनमा पनि सहमति हुन बाँकी छ । एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डल महाअभियोगबाट बर्खास्त भएपछि सभामुख पद रिक्त रहेको छ ।

सभामुख पदका लागि पनि जसपा र माओवादी केन्द्रले दाबी गर्दै आएका छन् । यस विषयमा समेत दलहरूबीच सहमति जुट्न बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?