ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

विद्यार्थीको सपनामा: आशाको झोला

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

चन्द्रौटा, २८ मङ्सिर ।

सामान्यतया व्यापार नाफाका लागि गरिन्छ । तर कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको पाहुना सुपर बजारले भने केही फरकपन ल्याउन खोजेको छ । व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिँदै आएको छ ।

यसको उदाहरण शनिबार देखियो, जब बजारले स्थानीय विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने उद्देश्यसहित छात्रवृत्ति सहयोग गरेको छ ।
बजारले नगरभित्रका २ सामुदायिक विद्यालयका ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

वडा नम्बर–१ मा नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुर र वडा नम्बर–३ आधारभूत विद्यालय, मदवाका कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरेको पाहुना सुपर बजारले जनाएको छ ।

बजार सञ्चालकका अनुसार बजारको गत असार २३ गते परेको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यो कार्यक्रम बजारको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको हो ।

त्यति बेला नै आवेदन खुलाएर फारम भराइएको थियो । सोही फारमको छनौट पक्रियाले केही समय ढिलाइ भएको जनाइएको छ । सा–साना विद्यार्थीहरूको आँखामा खुसी झल्किरहेको थियो ।

नयाँ झोला र कापी हातमा लिएर उनीहरू भविष्यका सपना बुन्दै थिए । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूको पारिवारिक अवस्था प्राय कमजोर रहेको समस्यालाई मध्यनजर गर्दै छात्रवृत्ति प्रदान गरिएको छ ।

अभिभावकहरू पनि यस्तो सहयोगले आफ्ना छोराछोरीको पढाइमा राहत मिल्ने शसिनाथ चौधरीले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि शैक्षिक सामग्री खरिद गर्नु चुनौतीपूर्ण हुने उल्लेख गर्दै उनले यस्ता सहयोग कार्यक्रमले बालबालिकाको विद्यालयप्रतिको रुचि बढ्ने र निरन्तर अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार निजी क्षेत्रबाट हुने यस्ता सामाजिक पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने कामसमेत गर्दछ । स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा आर्जनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सुपरभाइजर सुमित्रा बुढा मगरले बताउँछिन् ।

“सानो सहयोगले पनि बालबालिकाको भविष्यमा ठुलो प्रभाव पार्न सक्छ” उनले भनिन्  “शिक्षामा गरिएको लगानी नै समाज परिवर्तनको आधार हो ।” निजी क्षेत्रले आफ्नो सामाजिक दायित्व बोध गर्दै शिक्षा क्षेत्रमा योगदान गर्न सके समुदायको समग्र विकासमा सहयोग पुग्ने उनले उल्लेख गरिन् ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने तथा आवश्यकता अनुसार थप विद्यालय र विद्यार्थीलाई समेट्दै जाने योजना रहेको समेत सुपरभाइजर मगरले जानकारी दिइन् । स्थानीय समुदायले पनि पाहुना सुपर बजारको यस पहलको प्रशंसा गरेका छन् ।

यता आधारभूत विद्यालय मदवाका प्रधानाध्यापक लिला खनालले शैक्षिक सामग्री प्रदान गरेको सुपर बजारको प्रशंसा गरिन् । यस्तो सहयोगले विद्यार्थीहरूको अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताउँदै सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूका लागि यस्ता सहयोग कार्यक्रम अत्यन्त उपयोगी हुने उनले उल्लेख गरिन् ।

उनका अनुसार निजी क्षेत्रबाट प्राप्त सहयोगले विद्यालयको शैक्षिक वातावरण सुदृढ बन्ने र विद्यार्थीहरूको मनोबल उच्च राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको प्रधानाध्यापक खनालको दाबी छ । व्यापारसँगै सामाजिक सेवामा अग्रसर हुँदा निजी क्षेत्र र समुदायबिचको सम्बन्ध अझ मजबुत हुने उनीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?