ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम

२८ मंसिर २०८२, आइतबार
२८ मंसिर २०८२, आइतबार

काठमान्डौ, २८ मंसिर ।

नेकपा एमालेले आन्तरिक विरोधका बीच विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै संरचनामा कायम गरेको छ । यसअघि विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ बनाउने र स्थायी कमिटी नराख्ने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउनुपर्ने दबाब रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको संरचना पुनः विस्तार गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका थिए । सोही प्रस्तावअनुसार अब पार्टीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी कुल १९ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

यसैगरी, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको छ । यी संरचनासहित केन्द्रीय कमिटीको कुल संख्या ३०१ सदस्यीय बनाइएको छ ।

एमालेको केन्द्रीय कमिटी यसअघि पनि ३०१ सदस्यीय नै थियो । तर गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट त्यसलाई घटाएर २५१ सदस्यीय बनाइएको थियो । त्यति ठूलो मेहनत र खर्च गरेर विधान महाधिवेशनमार्फत टुंगो लगाइएको विषयलाई पुनः संशोधन गर्न खोजिएको भन्दै पार्टीभित्र असन्तुष्टि र विरोधसमेत देखिएको थियो ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले संख्यात्मक विस्तारको माग नगरेको स्पष्ट पारे । उनले संख्या बढाउँदैमा पार्टीको क्षमता बढ्ने कुनै ग्यारेन्टी नभएको भन्दै प्रश्न उठाए ।

‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन, बदलिन भनेको हो,’ पोखरेलले भने, ‘के संख्या बढाएर क्षमता बढ्छ रु अस्तिका दिनमा हाम्रो क्षमता जाँचिएन ?’

उनले दुई कार्यकालको विषयमा समेत प्रश्न उठाउँदै त्यसबारे छलफल नगरी अन्य विषयमा मात्रै निर्णय लिन खोज्नु पार्टीलाई गलत दिशातर्फ लैजाने चेतावनी दिए । ‘दुई कार्यकालबारे कुरा उठ्दा छलफल नहुने, अरू विषयमा मात्रै हुने—यस्तो तर्कले हामीलाई कहाँ पुर्‍याउँछ  ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?