© २०२३
बुटवल, असार गायनमा सानैदेखि रुचि राख्ने लालिमा श्रेष्ठ घरमा गित गुनगुनाउथिन।साथिभाईबाट आफ्नो गितको तारिफ सुन्दा उनी निक्कै खुशि हुन्थिन। बिस्तारै चाख बढ्दै गयो। विद्यालयस्तरका धेरै प्रतियोगितामा उनी भाग लिईन। तत्कालिन समयमा नाम चलेको अस्पताल लाईनको बागेश्वरी संगितालयमा उनले प्रशिक्षण लिईन। यहि अवधिमा घरब्यवहारमा बाधिएकी उनी केही समय यो क्षेत्रबाट टाढा भईन।
भौतिक रुपमा टाढा भएपनि उनी एक्लै गुनगुनाउन छोडिनन । यहि गायनको रुचिले उनलाई धेरै कलाकारसंग नजिक गरायो। धेरै कलाकारहरु जन्माएको बुटवलको नाम चलेको बागेश्वरी संगितालयमा उनी लामोसमयपछि जोडिईन। यसपटक भने उनी किबोर्ड सिक्न आईन। किबोर्ड सिक्दासिक्दै उनले गायनको आधारभूत कोर्ष गरिन। यो अवधिमा एकेडेमीका संचालक तथा संगित प्रशिक्षक सुरेश सेन्चुरीबाट लगानीको अफर आयो। उनी अनविज्ञ रहेको क्षेत्रमा हात हाल्न चाहिनन। तर पनि गायनमा रुचि संगै एडभान्स कोर्स गर्दागर्दै उनको मन बदलियो।
२०७५ सालमा एकेडेमीलाई लगानी बढाएर संस्थालाई थप अगाडी बढाउने गरि कम्पनीमा दर्तामा अघि बढ्यो। योसंगै नया नाम बागेश्वरी कला तथा संगित एकेडेमी नाम पायो। मिलनचोकमा रहेको एकेडेमीको पुर्वाधारलाई थप स्तरवृद्घि गरियो। नाम अनुसारकै राम्रो चलेको थियो ।
तर एकाएक कोभिड संक्रमणको बादलले घेरेयो । नया ढंगबाट शुरु हुँदै गरेको एकेडेमी केही समय बन्द समेत गर्नुपर्ने बाध्यता आईलाग्यो। केही समय बन्द भयो। फेरि बिस्तारै गति लिएको भएपनि आर्थिक समस्यादेखि विभिन्न समस्याले ब्यवस्थापनमा जटिलता आयो। योसंगै उनी एकेडेमी एक्लैले सम्हाल्नेसम्मको अवस्थामा पुगिन।
गतवर्ष चैतबाट एकल लगानीमा चलाएको छ’– उनले भनिन। एकेडेमीबाट धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरु जन्मिएका छन। नृत्य, गायन साथै बाद्यबादनको दक्ष प्रशिक्षकहरुबाट प्रशिक्षण दिदै आएको एकेडेमीको नाम धेरै चर्चामा छ। यहाँ संगित विषयमा ईलाहाबादको प्रयाग संगित समितिबाट सम्बद्घर्न प्राप्त छन। अहिले नया ब्यवस्थापनसंगै चित्रकला समेत सिकाउन थालिएको छ। पछिल्लो ४–५ वर्षमा केन्द्र, जिल्लाका सबै प्रतियोगितामा उपाधि हासिल गरेको उनले बताए।
एकेडेमीका नवनियुक्त कार्यालय प्रमुख दावा शेर्पा लामा कला क्षेत्रको विकासमा धेरै ठूलो योगदान एकेडेमीबाट भएको बताउछन। लगानी गरेर नाफा कमाउने धेरै क्षेत्र न तर यो क्षेत्रमा लगानी गर्दा देशको नाम चिनिने गरेको उनको दाबी छ। दर्जनौ कलाकारहरु यहिबाट कखरा सिकेर राष्ट्रिय र अन्तराष्ट्रिय प्लेटफर्ममा नेपालको गरिमालाई उचो बनाउन सफल भएको उनले बताए। हाल मासिक खर्च १ लाख ६० हजार रुपैया संचालन खर्च रहेको छ। मुख्य सिजनमा धेरै बालबालिकाहरु भर्ना हुन्छन । चैतदेखि साउनसम्म मुख्य सिजन हो । उनले भने।
एकेडेमीका उपप्राध्यापक किशोर बिकले एकेडेमीमा साझबिहान दुई समयमा विभिन्न विधामा प्रशिक्षण हुदै आएको बताए ।