ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

वजेटले महंगी बढायो, राहत कार्यक्रम ल्याऊ : उपभोक्ता अधिकारकर्मी

७ असार २०८०, बिहीबार
७ असार २०८०, बिहीबार

बुटवल,७ असार । उपभोक्ता अधिकारकर्मीहरुले सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटले उपभोक्ताको भान्सा महँगो भएको दाबी गरेका छन् ।

बिहीबार उपभोक्ता हितमा काम गर्ने तीन प्रमुख संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै उपभोक्ता हित सुरक्षाका लागि नागरिक राहत कार्यक्रम ल्याउन सरकारसँग माग गरे ।

उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता अधिकार अनुसन्धान मञ्चले १६ बुँदे माग प्रस्तुत गर्दै सरकारसँग बजेटको व्यवस्थाले महँगो भएको उपभोक्ता मूल्य नियन्त्रणको माग गरे ।

बजेटले दैनिक उपभोग्य वस्तुको १७० वटा वस्तुमा भ्याट छुटको व्यवस्था गर्दा उपभोक्ता ठूलो मारमा परेको उपभोक्ता अधिकारकर्मीहरुको दाबी छ । सरकारले पर्यप्त अध्ययन र अनुसन्धान नगरी आलु,प्याज, अदुवा लगायतका तरकारी र फलफूलमा भ्याट थपेको उनहरुको आरोप छ । भ्याटका कारण अत्वश्यक वस्तु तीन गुणासम्म महँगो भएको अधिकारकर्मीहरुको दाबी छ ।

‘बजेटले भ्याट थपेको तरकारी र फलफूल तथा उपभोक्ता खाद्य वस्तुको मारमा उपभोक्ता परेका छन् त्यो खारेज गरियोस्’, विज्ञप्तिमा भनिएको छ । बजेटको व्यवस्थाका कारण बजारमा परेको असरबारे सरकारले अनुगमन पनि नगरेको उनीहरुको आरोप छ ।

पत्रकार सम्मेलनमा अधिकारकर्मी बानियाँले सरकारको भ्याटको नीतिले तरकारी, फलफूल सहितका अत्यवश्यक खाद्यान्न तस्करी मौलाउने अवस्था बनेको बताए ।

स्वदेशी बजारमा उत्पादन र बजार अवस्था मुल्यांकन नगरी लागू गरिएको भ्याटको व्यवस्थाले ठिक ढंगबाट काम गर्ने व्यवसायी निरुत्साहित भएको र चोरबाटोबाट वस्तुहरु भित्रिँदा राज्य र उपभोक्ता दुवै लुटिएको दाबी गरे ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमल्सिनाले सरकारले बजेट पास नगर्दै अत्यावश्यक वस्तुमा लगाइएको भ्याट फिर्ता गरिनुपर्ने बताए ।

स्वदेशी वस्तु संरक्षणका लागि भ्याटको नीति सकारात्मक उदेश्यको भए पनि यसको व्यवहारिक पक्षले उपभोक्ता लुटिएको तिमल्सिनाले बताए । उनले तत्काल उपभोक्ता राहत कार्यक्रम घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष पुष्पराम पौडेले सरकारले उपभोक्तालाई जनताको व्यवहार नगरेको बताए । जनताको दैनिक जीवन निर्वाहका क्षेत्रमा भन्दा पनि राज्य स्वार्थ समूह केन्द्रित रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?