ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

सहुलियतपूर्ण कर्जाका विषयमा उद्यमी महिलासँग अन्तरसंवाद

२ असार २०८०, शनिबार
२ असार २०८०, शनिबार

बुटवल, २ असार ।

पछिल्लो समय लघु घरेलु तथा साना उद्योगमा महिलाहरुको उल्लेख्य उपस्थित बढेको देखिन्छ । तर उद्यमी महिलाहरुले सुबिधाको लागि भनिएको सहुलियतपूर्ण कर्जा पाउन निकै झन्झट व्योहोर्नु परेको उद्यमी महिलाहरु बताउँछन् ।

शनिवार बुटवलमा आयोजित आर्थिक समृद्धिका लागि महिला उद्यमशीलता, महिला उद्यमशीलता विकासका लागि वित्तिय सहजता र सहुलियत कर्जा सम्बन्धी उद्यमशीलता परामर्श तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उद्यमी महिलाहरुले विना धितो बैंकबाट १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने सरकारी व्यवस्था रहे पनि अति नै झन्झटिलो र पहुँचका आधारमा दिईने भएकाले आफुहरुले बैंक सुविधा नलिएको बताए । उक्त सुविधालाई व्यवहारिक र सबैको पहुँचमा पु¥याउन राष्ट्र बैंकलाई उनीहरुले आग्रह समेत गरेका छन् ।

सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको आयोजना र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहयोगमा सञ्चालन भएको कार्यक्रमका प्रमुख वक्ता नेपाल राष्ट्र बैंकका निर्देशक एवं सिद्धार्थनगर शाखा प्रमुख सत्येन्द्रराज सुवेदीले लुम्बिनी प्रदेशको समग्र अर्थको अबवथा बारे कार्यपत्र प्रस्तुत गर्दै वित्तिय तथा आर्थिक क्षेत्रसँगै कृषि, उद्योग र पूर्वधारमा पनि लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा अगाडि रुपन्देही रहेको बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले बैंकहरुले सहुलियपुर्ण कर्जा दिदैनन तर जरिवाना तिर्न तयार हुन्छन्, यसकारण बैंकले दिने सुबिधाबाट महिला उद्यमी बञ्चित रहेको बताए । त्यस्तै अर्का वक्ता शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका डेपुटी सिईओ लोकराज पनेरुले उद्यमशिलता विकास तब मात्रै सम्भव हुन्छ जब उद्यममा समाजको सोच परिवर्तन हुन्छ भन्दै पहुँचका आधारमा व्यक्ति संस्था हेरेर मात्रै हैन परियोजनाको जोखिम मुल्यांकन गरेर मात्रै कर्जा दिने गरिएको बताए । अहिले पनि महिला उद्यमशिलताको लागि शाईन रेसुङ्गा बैंकले ३० करोड लागानी गरेको छ । यस सँगसँगै उद्यमशिलता विकासको लागि वित्तिय साक्षरता पनि चलाउन आवश्यक रहेको बताउँदै सहुलियतपूर्ण कर्जाका लागि महिला उद्यमीसँग सधै सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा प्रमुख वक्ता तथा परामर्शकर्ताका रुपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक सत्येन्द्र राज सुवेदी, उपनिर्देशक जीवन प्रकाश पाण्डे र प्यानलिष्टमा शाइन बैंकका डेपुटि सिईओ लोकराज पनेरु लगायत नेपाल उद्योग परिसंघका एजाज आलम, चेम्बर अफ कमर्श लुम्बिनीका टंक प्रसाद पोखरेल, लुम्बिनी महिला उद्यमी संघका अध्यक्ष रचना पन्त, अर्थ विश्लेषक मनिकर कार्की लगायत उद्यमी महिला एकल तथा द्वन्द्वपीडित समूदायका महिला जो उद्यमशीलताका लागि सहुलियत कर्जा वा वित्तिय सहजीकरण चाहन्छन् र आर्थिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उद्यमीको लागि सहजपूर्ण कर्जा अनुदान लिन बैंकमा पेश गर्नुपर्ने कागजातदेखि अन्य प्रक्रियाबारे कतिपय महिला उद्यमीहरूलाई जानकारी नहुँदा र स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत व्याजदरको कर्जा कार्यक्रमको ऋण लिन अझै पनि पहुँच नपुगेको र समाजमा रहेका लक्षित वर्ग र एकल महिला उद्यमीका लागि राहत हुने नीति बनाएर सहज कर्जा व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अनुरोध समत गरे ।

रुपन्देही क्षेत्रका आर्थिक गतिविधि, उद्यमशीलतामा महिला सहभागिता, बैंक तथा वित्तिय अनुदान र ऋणमा महिलाको पहुंच, महिला र विपन्न लक्षित बैंक तथा वित्तिय संस्थाका कार्यक्रम सम्बन्धी अन्तरसंवादमा सहभागीबाट उठेका प्रश्नहरुको संबोधन गर्दै राष्ट्र बैंकका निर्देशक सत्येन्द्रराज सुवेदीले अहिले बैंकहरुले उद्यमशील महिलाको लागि २० लाख कर्जा दिने व्यवस्था रहेको बताए । “यसअघि भने १५ लाख दिने व्यवस्था रहेको थियो”– उनले भने । उनले बैंकहरुले कृषि तथा पशुपक्षी, शिक्षित युवा स्वरोजगार, वैदेशिक रोजगारबाट फर्किएका युवा परियोजना, महिला उद्यमशीलता विभिन्न कर्जाहरुको लागि ५ देखि ६ प्रतिशत सम्म व्याज अनुदान दिंंदै आएको बताए । बैंक तथा बित्तिय संस्थाले प्रभाव गरेको व्याज अनुदानको सहुलियत कर्जा सही प्रयोजनका लागि उपयोग भए नभएको बारे नेपाल राष्ट्र बैंकले स्थलगत निरीक्षण समेत गरेको बताउँदै उनले उद्यमशीलता कर्जा नदिने बैंकलाई निगरानी बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?