ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
मुख्य खबर

छत्रकोटमा लघुउद्यमः दुना–टपरीले पाउला त बजार ?

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

गुल्मी,  जेठ- गुल्मीको छत्रकोट गाउँपालिकाले सञ्चान गरेको लघु उद्यम कार्यक्रमबाट स्थानीय महिलाहरु निकै खुसि बनेका छन । गाउँपालिकाले स्थानीय महिलाहरुलाई आयआर्जनमा सहयोग पुराउने उद्देश्यले लघु उद्यम तालिम दिएपछि उनीहरुमा थप आत्मबल बढेको हो ।
पालिकाले स्थानीय स्तरमै उपलब्ध श्रोत साधनबाट दुनाटपरी, मुढा, खादा, लगायतका सामाग्रि उत्पादन गर्न सिप सिकाएपछि पालिका उक्त सामग्रि निर्माणमा आत्मनिर्भर बन्ने योजनामा छ । पालिकाले स्थानीय महिलाहरुलाई लघु उद्यम तालिम सिकाएपछि महिलाहरुले दुना टपरी निर्माण गर्न लागेका हुन । उत्पादित सामग्रिको प्रवद्र्धनका लागि आउँदा दिनमा छत्रकोट गाउँपालिका भित्र रहेका सरकारी तथा गैह्रसरकारी संघसस्थाले प्लास्टिकका दुनाटपरीको प्रयोग नगर्ने भएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।

गाउँपालिकाले लघु उद्यम कार्यक्रम अन्तर्गत विभिन्न वडाका महिलाहरुलाई छुट्टाछुट्टै तालिम दिई उनीहरुबाट उत्पादित सामग्रिहरुलाई प्रमोट गर्न पहिले पालिका भित्रैबाट अभियान शुरु गर्ने प्रतिबद्धता गरेको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताएका छन । ‘अब कार्यालयमा प्लाष्टिकको सामग्रिलाई विस्थापित गरि यहाँ उत्पादित सामग्रिको प्रयोग गर्न शुरु गरेका छौ, त्यसपछि पालिका भित्र पुर्ण रुपमा यो अभियान सञ्चालन गर्ने सोंचमा छौं’, प्रमुख प्रशासकीय अधिकृत पुनले भने ।
छत्रकोट गाउँपालिकाले सालको पातबाट निर्मित दुना टपरी, बाँसबाट बनेको बस्ने मुढा, ढाकाको खादा लगायतका सामग्रिको व्यवसायीक उत्पादन गर्न थालेको छ । छत्रकोट १ हुँगाका १२ जना महिलाहरुले व्यवसायिक रुपमा दुना टपरी उत्पादन गर्न शुरु गरेको वडा अध्यक्ष घनश्याम न्यौपानेले बताए । काम गर्ने जोस र जाँगर भएमा कोहि पनि पछाडी पर्नु नपर्ने भन्दै पालकावाट हुँगामा टपरी खुट्ने (बनाउने) मेसिनको समेत व्यवस्था गरिएको न्यौपानेले बताए ।

घरको अतिरिक्त समयको सदुपयोग गर्दै त्यहाँका उद्यमीहरुले शुरु गरेको व्यवसायबाट अब छत्रकोट गाउँपालिका दुना टपरी उत्पादनमा आत्मनिर्भर बन्ने योजनामा रहेको छ । उनीहरुले उत्पादन गरेको सालको पातको थालीलाई हाल एक सय पिसलाई तीन सय, साना दुनालाई एक रुपैंया र बौतालाई प्रति पिस एक रुपैंया पचास पैसा मूल्य निर्धारण गरिएकोे छ । शुरुशुरुको समय भएको कारण उद्यमीहरुलाई उक्त सामग्रिहरुको स्थायी रुपमा भने अझै मूल्य निर्धारण भने गरिसकेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?