© २०२३
न्युज बुटवलटुडे
काठमाडौं,२३ जेठ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत (बोर्डिङ) विद्यालयलाई ताकेता गरेको छ ।
पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।
महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुन सूचना जारी गरर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।
यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।