ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

बियर उद्योगको छतमा उत्पादन हुन्छ दैनिक ५ सय किलोवाट सौर्य उर्जा

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

बुटवल,१९ जेठ । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईस्थित राज ब्रुअरीको उद्योगको छतमा नेपालको ब्रुअरी उद्योगमा पहिलो र सबैभन्दा ठुलो सोलार परियोजना सञ्चालनमा आएको छ । राज ब्रुअरीले सोलारवाट उत्पादन गरेको उर्जाले आफनो कारखाना संचालन गर्नुका साथै बढी भएको उर्जा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण ग्रिडमा जडान गरेको छ ।

राज ब्रुअरीले सिम्पल ईनर्जीसंगको सहकार्यमा उद्योगमा सोलार रुपटप प्रोजेक्ट शुरु गरेको हो । सोलार परियोजनाको शुक्रवार पश्चिम नवलपरासिका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला समन्वय समिति संयोजक रुदल यादव, राज ब्रुअरीका प्रबन्ध निदेशक राज बहादुर शाह र पीआईडीजी कम्पनी ईन्फ्राको एशियाकी चिफ एक्जुकेटिभ अफिसर कलाउदिनी लिमले सम्युक्त रुपमा शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहमा राज ब्रुअरीका प्रबन्ध निदेशक राज बहादुर शाहले उद्योगलाई आवश्यक पर्ने उर्जाको व्यवस्थापन सोलार रुफटपवाट गर्ने र यसले वार्षिक ३९ मेट्रिकटन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने बताए ।
सोलार रुफटप निर्माता कम्पनी सिम्पल ईनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानले स्वच्छ उर्जा र नाफा संगै राष्ट्रिय अर्थतन्त्रर तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले सोलार रुफटप उर्जा कम्पनीका हरेक परियोजनामा लागु गर्दै जाने बताए। उनले मुलुकको वातावरण संरक्षणका लागि यस्ता उर्जाहरुको उत्पादन र प्रयोग हरेक क्षेत्रमा बढाउन जरुरी रहेको औल्याए।

शुभारम्भ भएको सोलार रुफटप परियोजनाले दैनिक ५ सय किलोवाट उर्जा उत्पादन गर्ने र वार्षिक रुपमा ८४० मेघावाट स्वस्च्छ उर्जा उत्पादन गर्ने कम्पनीले जनाएको छ । सोलार रुफटप परियोजनामा कूल ३ अर्ब ५० करोड रुपैयाँ लगानी भएको उद्योगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?