ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

इन्धन आयात १६ प्रतिशतले घट्यो

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौँ, ११ जेठ  । 

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार  रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिनुभयो । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उनले जानकारी दिए । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिए ।

मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

बैङ्कको उच्च ब्याजदर र आर्थिक सङ्कटका कारण औद्योगिक क्षेत्र पूर्ण रूपमा चल्न सकेका छैनन् । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, डिजेलको मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कमी भएको निगमले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनामा पेट्रोल खपत ९ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ १० गतेसम्म पुँजीगत ३४.९१ प्रतिशत भएको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा पुँजीगत खर्चसमेत कम हुने गर्छ ।

यस्तै गत वर्ष वैशाख महिनासम्म पाँच लाख ८३ हजार ३८२ किलोलिटर पेट्रोल खपत भएकामा चालु आवको सो अवधिमा पाँच लाख ३२ हजार २०८ किलोलिटरमा झरेको निगमले जनाएको छ ।  चालु आवको १० महिनामा मटितेल ४.१२ प्रतिशतले घटेको छ । गत वर्ष १४ हजार १९० किलोलिटर खपत भएकामा चालु आवको सो अवधिमा नौ हजार ६४ किलोलिटर मटितेल आयात भएको निगमले जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यास ३.१३ प्रतिशत घटेको छ । गत वर्ष १० महिनामा चार लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएकामा हाल सो अवधिमा चार लाख छ हजार ७८५ मेट्रिक टन आयात भएको छ ।

हवाई इन्धन आयात बढ्यो

यसैबिच हवाई इन्धनको आयात भने १३.६४ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा एक लाख २४ हजार ३८० किलोलिटर हवाई इन्धन आयात भएकामा चालु आवको सो अवधिमा बढेर एक लाख ४१ हजार ३४० किलोलिटर हवाई इन्धन आयात भएको तथ्याङ्क छ ।

हाल बजारमा पेट्रोल ५६ हजार किलोलिटर, डिजेल एक लाख नौ हजार किलोलिटर मासिक खपत हुने गरेको छ । यस्तै मटितेल मासिक ९५४ किलोलिटर, हवाई इन्धन १४ हजार ८७७ किलोलिटर खपत हुने गरेको छ । यस्तै ग्यास मासिक ४२ हजार ८१९ मेट्रिक टन खपत हुने गरेको छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेल/मटितेल प्रतिलिटर १५५, हवाई इन्धन प्रतिलिटर १६० र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?