ट्रेंडिंग:

>> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि
संघीय सरकारको नीति तथा कार्यक्रमः

धागो कारखानामा ‘सरकारको मजाक’

नीति तथा कार्यक्रममा पुनः सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । प्रत्येक बर्ष सरकारको नीति तथा कार्यक्रममा धागो कारखानाको बिषय उल्लेख भएपनि यो स्वस्थानीको कथा जस्तै बन्दै आएको छ ।
६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल, जेठ – संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी बर्षको लागि प्रस्तुत गरेका नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेशका योजनामा बर्षौ देखिका ‘कर्मकाण्डी’ योजना अगाडी सारिएको छ । बुटवल उपमहानगरपालिका १० मा बषौं देखि बन्द रहेको बुटवल धागो कारखाना सञ्चालन गर्ने योजना प्रत्येक बर्ष जसोका सरकारले नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गर्दै आएका छन् । तर बन्द अवस्थामा रहेको यो धागो कारखाना अहिलेसम्म कुनै पनि सरकारले सञ्चालनको लागि पहल गर्न सकेको छैनन ।
यो बर्षको नीति तथा कार्यक्रममा पनि राष्ट्रपति पौडेलले बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ । बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ । यसलाई सरकारको मजाकको रुपमा टिप्पणी गरिएको छ ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर ५६ लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने उल्लेख छ । सोही बुँदामा पुनः सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।
निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।तर बुटवलमा सञ्चान हुन नसकेको मोतिपुर औद्योगीक क्षेत्र, बाकेको नैवास्ता औद्योगीक क्षेत्र निर्माणमा भैरहेको ढिलाई सुस्तीबारेमा नीति कार्यक्रमा बोेलेको छैन ।
उद्योगका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माण लागतको निश्चि रकम शोधभर्ना दिईने नीति तथा कार्यक्रमा उल्लेख गरेपनि जग्गा विवादका कारण स्थापना ुहन सकेका औद्योगीक क्षेत्रका विषयसमा समस्या समाधान गर्ने तर्फ नीति तथा कार्यक्रममा कुनै शब्द खर्चीका छैनन ।
जारी नीति तथा कार्यक्रमको बुँदा नम्बर ६२ मा आन्तरिक तथा अन्तराष्ट्रिय विमानस्थलको एवम टर्मिनल भवनको स्तरउन्नती गर्दै हवाई सेवा नियमित गरिने उल्लेख छ । तर अन्तराष्ट्रिय उडान विहिन भएको भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्नको लागि आवश्यक कदम बारेमा नीति कार्यक्रममा बोलीएको छैन । सो कार्यक्रममा थप नयाँ विमानस्थल बनाउने उल्लेख छ । ‘पुर्ण क्षमतामा निर्माण भएका विमानस्थल सञ्चालन गरिने छ’ नीति तथा कार्यक्रममा उल्ल्ेख छ । यस्तै नीति कार्यक्रमको बुँदा नम्बर ७३ मा रुपन्देहीको लुम्बिनीमा रहेको लुम्बिनीलाई धार्मिक, अध्यात्मिक एव्ब सास्कृतिक तथा विशिष्टकृत अध्यायन केन्द्रको रुपमा विकास, संरक्षण र प्रर्वद्धन गरिने उल्लेख छ । सोही संगै पशुपती क्षेत्रलाई पनि सोही बुदामा समेटिएको छ ।
नीति तथा कार्यक्रममा पुर्व पश्चिम राजमार्ग स्तरउन्नती, रेल मार्गको संभाव्यता अध्यायन संगै निर्माण लगायतका कुराहरु पनि समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%