© २०२३
गरिवका लागि छानो अभियान’ अन्तरगत रोल्पाको सुनिल स्मृती गाउँपालिकाका १६० घरधुरीले नयाँ छाना फेरका छन । गाउँपालिकाले गरिवहरुका लागि वितरण गरेको जस्तापाता पाएका उनीहरुले नयाँ छाना फेरेका हुन ।
फुसको छानो विस्थापन गर्ने अभियानमा लागेको सो गाउँपालिकाले चालु आर्थिक वर्षमा ती घरधुरीलाई जस्तापाता वितरण गरेको हो । ८ वटा वडा रहेको गाउँपालिकाले हरेक वडाका २० घरधुरीका दरले आर्थिक वर्ष २०७४÷०७५ मा १६० घरधुरीमा जस्तापाता वितरण गरेको गाउँपालिकाले जनाएको छ । गरिवीका कारण हाल सम्म फुसको छानामै वस्न वाध्य भएका घरधुरीलाई जस्तापाता वितरण गरेका हौ सुनिल स्मृती गाउँपालिका वडा नं.५ का वडा सदस्य तेजकुमारी विष्टले भनिन । २,३ वर्षको अन्तरातलमा खरको छाना फेर्नु पर्ने वाध्यताका साथै आगलागीको समेत जोखिम रहेकाले गाउँ कार्यपालिकाको निर्णय वमोजिम फुसको छाना विस्थापन गर्ने अभियान संचालन गरेका हौ सदस्य विष्टले भनिन । स्वच्छ खाना, सफा नाना र सुरक्षित छाना संवृद्धीको पहिलो खुड्किलो भएकाले यस तर्फ जोड दिएका हौ विष्टले भनिन् । हरेक घरधुरीलाई ६० वटा जस्ता पाता दिईएको छ । रंगिन जस्तापाता दिएकाले लामो समय टिक्ने कुरामा आफुहरु आशावादी रहेको गाउँपालिकावाट जस्तापाता पाएकी सुनिल स्मृती गाउपालिका ५ का समुन्द्रा टोमटाले भनिन । केही वर्षको अन्तरालमा घरको छाना फेरिरहनु पर्ने वाध्यतावाट मुक्त हुनुको साथै आगलागीको जोखिम समेत कम हुन्छ टोमटाले भनिन ।
गाउँपालिकामा वर्षेनी हुने आगलागीका घटनाको मुख्य कारण फुसको छाना हुदै आएको स्थानीयहरुले वताएका छन । टिनको छाना भएको घरमा सरसफाई पनि सहज हुने भएकाले गाउँपालिकाको पूर्ण सरसफाई अभियानलाई समेत यसले सहयोग गर्ने अपेक्षा गरिएको छ । व्यवसायी ईन्द्रवहादुर महराले सवै घरधुरीमा पु¥याउने गरि खरिदको जिम्मेवारी लिएको वताईको छ । १ सय ४० घरधुरीमा वितरण भइसकेको छ भने केही दिन भित्रै वाँकी २० घरमा समेत पु¥याउने ढुवानीकर्ता महराले जानकारी दिए ।
प्रति घरधुरी ५० हजारका दरले गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ को वजेटवाट ८० लाख खर्च गरेको वताइएको छ । क्रमागत योजना अन्तरगत २०० घरधुरीका लागि करिव १ करोड वजेट विनियोज गरिएको सो योजनाको चालु आर्थिक वर्षमा वाँकी ४० घरधुरीलाई सहयोग गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, उपाध्यक्ष वागमती थापा,वडाध्यक्षहरु तथा वडा सदस्यहरुको उपस्थितिमा जस्तापाता वितरण गरिएको थियो । गाउँपालिकाले जस्ता पाता उपलव्ध गराएको छ भने वाँकी काठ, किलाकाटी र मिस्त्री खर्च संवन्धित घरधुरीले नै व्यहोर्दै आएको वताइएको छ ।