ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

आन्तरिक मामिला तथा कानुन मन्त्रालय ‘न गुड्यो, न मिडियालाई चिन्यो’

९ श्रावण २०७७, शुक्रबार
९ श्रावण २०७७, शुक्रबार

‘प्रदेश ५ का मन्त्रालयहरुमध्ये आर्थिक बर्ष २०७६/७७ मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रगति निराशाजनक देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका अनुसार आन्तरिक मामिला मन्त्रालयले पुँजीगततर्फ २३.७० प्रतिशत र चालुतर्फ ४५.६४ प्रतिशत बजेट खर्च गरेको हो । यस मन्त्रालयले संचार क्षेत्रका लागि छुट्याएको ३ करोड ८५ लाखमध्ये २ करोड ८५ लाख आन्तरिक किचलोका कारण खर्च गर्न  सकेन । ‘

प्रदेश ५ सरकारमा सबैभन्दा कम बजेट खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ को खर्च विवरण अनुसार आन्तरिक मामिला मन्त्रालयको खर्च प्रगति निराशाजनक देखिएको हो ।

प्रदेश सरकारको समग्र खर्च ७० प्रतिशत हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जम्मा ३२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका अनुसार आन्तरिक मामिला मन्त्रालयले पुँजीगततर्फ २३.७० प्रतिशत र चालुतर्फ ४५.६४ प्रतिशत बजेट खर्च गरेको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा आन्तरिक मामिला तर्फ ८० करोड ८० लाख ६६ हजार रुपियाँ बिनियोजभ एको थियो । जसअन्तर्गत चालुतर्फ ३४ करोड २२ लाख ४६ हजार रुपियाँ बिनियोजन भएकोमा १५ करोड ६१ लाख ८७ हजार ३६७ रुपियाँ र पुँजीगततर्फ ४६ करोड ५८ लाख २० हजार रुपियाँ बिनियोजन भएकोमा ११ करोड ३ लाख ८९ हजार २३३ रुपियाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

कोभिड—१९ ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च भने ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसैगरी, चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ । त्यसैगरी, सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ मा भएको छ । प्रदेशको समग्र खर्च प्रतिशत राम्रो हुँदा पनि आन्तरिक मामिला मन्त्रालय भने बजेट खर्चमा असफल देखिएको हो ।

सञ्चार क्षेत्रका लागि छुट्टिएको बजेट पनि प्रत्ये वर्ष फ्रिज हुने गरेको पाइएको छ । तीन वर्षयता मिडियाका लागि बिनियोजन गरेको बजेट लगातार फ्रिज भएको पाइएको हो ।

प्रदेश सरकारले पहिलो वर्ष नै सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनलाई ५० लाख रुपियाँ दिएर आफूहरुलाई बेवास्ता गरेको गुनासो स्थानीय सञ्चारमाध्यमले गरेका थिए । दोस्रो वर्षको बजेट पनि प्रदेश सरकारले आन्तरिक मामिला मार्फत नेपाल टेलिभिजनलाई उपलव्ध गराएको थियो ।

तेस्रो बर्ष अर्थात् २०७६ असार १ मा सरकारले संचार माध्यमका लागि ठुलो बजेट बिनियोजन ग¥यो । यसबर्षको बजेट पनि खर्च हुन नसकी फ्रिज भएको छ । गतवर्ष प्रदेश ५ मा संचार क्षेत्रका लागि भन्दै ३ करोड ८५ लाख बजेट बिनियोजन भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी नारायण अर्यालले बताए । ३ करोड ८५ लाखमध्ये २ करोड ८५ लाख आन्तरिक किचलोका कारण खर्च गर्न सकेन । यसको सबत्र आलोचना भएको छ । प्रकासन समाजले मन्त्री कुलप्रसाद केसीलाई भेट गरि ज्ञापन पत्र समेत बुझाइसके छ ।

प्रदेशका कतिपय मन्त्रालयको खर्च प्रगति राम्रै देखिएपनि केहीको भने निराशाजनक छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ५२.०७ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ४१.५८ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१.५५ प्रतिशत बजेट खर्च गरेका छन् । सबैभन्दा बढी बजेट ओगटेको भौतिक पूर्वाधार विकास मन्त्रालय खर्च गर्नेमा पनि सबैभन्दा अगाडि देखिएको छ । उसले ८३.१८ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६९.५८ प्रतिशत र सामाजिक विकास मन्त्रालयले ७६.८६ प्रतिशत बजेट खर्च गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?