ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

सहकारीको कारोबार बैंककै हाराहारीमा

६ श्रावण २०७५, आईतवार
६ श्रावण २०७५, आईतवार

देशकै नमुना कहलिएको रुपन्देहीको सामूहिक विकास सहकारी संस्थाको कारोबार बैंककै हाराहारीमा पुगेको छ । कारोबारसँगै मुनाफा समेत उल्लेख्य वृद्धि भएपछि सहकारीले २० प्रतिशतसम्म कर तिरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा रहेको सामूहिक विकास सहकारी कारोबार र सदस्य संख्याको आधारमा प्रदेश ५, ६ र ७ मै सबैभन्दा ठूलो सहकारी हो । २०५० सालमा स्थापित यो सहकारीले १ अर्व ४७ करोड ६२ लाख ३१ हजार ५ सय ११ रुपैयाँ कर्जा लगानी गरेको छ ।
२६ जना शेयर सदस्यले २६ सय शेयर पुँजी जम्मा गरी सहकारी स्थापना गरेका थिए । अहिले सदस्य संख्या ६ हजार ३ सय ५५ पुगेको छ । जसमध्ये ३ हजार ५ सय ८५ जना महिला छन् । सहकारीका अध्यक्ष चुडामणि खरेलका अनुसार सहकारीको सम्पत्ति २ अर्ब पुगेको छ । १६ करोड ८३ लाख २७ हजार शेयर पुँजी रहेको सहकारीले १ अर्ब ४० करोड ४४ लाख ७ हजार ६ सय २५ रुपैयाँ बचत संकलन गरेको छ । गएको वर्ष सहकारीले ३ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
“सहकारी संस्थामा आकर्षण बढ्दै जाँदा निक्षेप संकलन र लगानीको दायरासमेत बढ्दै गएको छ”–अध्यक्ष खरेलले भने । “कारोबार ठूलो भए पनि अहिलेसम्म खराव क्रृणि पाइएको छैन, बचतकर्ताहरू नै अहिले सचेत बन्न थालिसकेका छन्”–उनले भने ।
२०७० सालमा राष्ट्रिय सहकारी संघवाट यो सहकारी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित भएको थियो । अध्यक्ष खरेलले सहकारीले ६० प्रतिशत कर्जा व्यावसायिक क्षेत्रमा लगानी गरेको बताए । सामाजिक, शैक्षिक र उद्यमशीलतामा पनि सहकारीले लगानी गरेको उनले जानकारी दिए । उनका अनुसार हाल सहकारीबाट २१ सय जनाले कर्जा लिएका छन् ।
उनले सहकारी धेरै कुरामा नमूना रहेको दावी गरे । उनका अनुसार राष्ट्रिय सहकारी बैंकमा सरकारको १ करोड लगानी रहँदा सामूहिकका लगानी २ करोड ५१ लाख छ । सहकारी बैंक लिमिटेडबाट ५ नम्बर प्रदेशमा २०७३ सालमा उत्कृष्ट सहकारी पुरस्कार समेत सामूहिकले पाएको थियो ।
सहकारीले रजत जयन्तीको अवसरमा एटिएम सेवा समेत सञ्चालन गर्ने योजना बनाएको छ । रजत जयन्तीका कार्यक्रम पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गर्दै सहकारीले राष्ट्रबैंकको अनुमति लिएर एटिएम सेवा सञ्चालन गर्ने बताएको छ ।
रजत जयन्तीका अवसरमा साउन १२ गते शंकरनगर सामुदायिक वनमा वृक्षारोपण, भदौ ९ गते वृद्धाश्रम र स्वास्थ्यसंस्थामा जिन्सी सामग्री हस्तान्तरण, असोज ६ गते स्वास्थ्य शिविर तथा रक्तदान, कात्तिक १६ गते प्रदेशस्तरीय सहकारी गोष्ठी, मंसिर १५ गते जिल्लास्तरीय कविता गोष्ठी, मंसिर २२ गते साधारणसभा गरिने छ । त्यस्तै पुस ७ गते अन्तर मावि जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, पुस १४ गते हाफ म्याराथुन दौड प्रतियोगिता र माघ १७ गते मूल समारोह गरिने अध्यक्ष खरेलले बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ र सञ्चालक विष्णु पौड्यालले सहकारीले ३६५ दिन नै आर्थिक कारोबार गर्ने गरेको जानकारी दिंदै सहकारीबाट धेरै क्रृणिको आर्थिक जीवनस्तर उकासिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?