ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

आरोप पुष्टी भए मेयरको कुर्सि छाड्छुः पुन

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

बजेट प्रस्तुत गर्ने प्रक्रियामै नपुगेर मेयर र उपमेयरका विचमा विवाद उत्पन्न हुँदा सल्यानको वन्गाड कुपिण्डे नगरपालिकाको नगरसभा बस्न सकेको छैन । आर्थीक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुतको विषयलाइ लिएर वडा अध्यक्षहरुलाइ साथमा लिएर उपमेयर मञ्जु यरिले नगरका मेयर गोविन्द कुमार पुनमाथी आर्थीक चलखेल गरेको आरोप सहित १३ बुदाको विज्ञप्ती निकालिन् । त्यसपछि नगरपमुख पुनले पनि आफुमाथी लागेको आरोपहरुको प्रत्यक बुदा खण्डन गर्दै नगरपालिका परिसरमा विहिबार अबेर साँझ पत्रकार सम्मेलन गरि प्रेस विज्ञप्ती निकाल्नु प¥यो ।
यस अघि विहिबार नै विहान वहुमत कार्यपालिका सदस्य सहित उपमेयर यरिले पनि पत्रकार सम्मेलन गरेर मेयर पुनले हुकुमी शासन चलाउन खोजेको आरोप लगाएकि थिइन् । खासमा समानिकरण तर्फको बजेट हरेक वडामा दामासाहि तरिकाले बाँड्नुपर्ने अडान उपमेयर यरि सहितका कार्यपालिका सदस्यहरुले राखेपछि सहमती हुन नसकेको बताइनछ । तर नगर प्रमुख पुनले आफू खुसी नगरपालिका सन्चालन गर्न खोज्दा जनतालाई अन्याय र उनीहरुको चाहनामै कुठाराघात भएको भन्दै उपमेयरले आर्थीक चलखेल देखि आफुहरुलाइ अपशव्द प्रयोग गरेको आरोप लगाएकि छिन् ।
वन्गाड कुपिन्डे नगरपालिकाका मेयर पुनले भने पत्रकार सम्मेलनमा आर्थीक रकम चलखेल त परको कुरा कसैसंग रकम माग्ने संकेत गरेको भएपनि मेयरको कुर्सी छाड्न तयार रहेको बताए । प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्य सहित पत्रकार सम्मेलनमा उपस्थीत भएका पुनले भने, ‘नगरसभा विथोल्ने उद्देश्यले उममेयर ज्युले कार्यपालिका बैठकको माइन्युट नै च्यात्ने प्रयास गर्नुभयो । हामी निर्वाचीत हुनु अगाडी नै भएको खर्चमा समेत मेयरको आर्थीक चलखेल छ भनेर आरोप लगाउनुभएको छ । यो झुटो हो म यसको खण्डन गर्छु ।’
उपमेयरले लगाएको पहिलो बुदाको आरोपको खण्डन गर्दै पुनले चुनाव अघि नै कार्यालय व्यवस्थापनका लागी अनुदान प्राप्त ५२ लाख निर्वाचन अघि नै नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुको व्यवस्थापनमा खर्च भईसकेको तथा त्यसको लेखापरिक्षण समेत भई निर्वाचन पश्चात नगरकार्यापालिकाको पहिलो वैठकबाट खर्च अनुमोदन पनि भई सकेको अवस्थामा आफ्नो कसरि आर्थीक चलखेल हुन सक्छ भनेर प्रश्न गरे । बरु ५० लाखको एक योजनामा प्राविधिक मुल्यांकन गर्दा विनियोजन गरेको रकम भन्दा पनि १८ लाख बढि काम भएको तर योजना अनुगमन समितीको संयोजक समेत रहेकी उपमेयरले कार्य सम्पन्न प्रतिवेदन नदिएर भुक्तानी रोकेकाले प्रक्रिया पुराएर आफुले रकम भुक्तानी दिन लगाएको बताए ।
‘विनियोजित बजेट भन्दा बढि काम भएको योजनाको रकम भुक्तानी रोक्नेले आर्थीक चलखेल गर्न खोज्यो की मैले पैसा खान खोजेँ ?’, पुनले प्रश्न गरे । कार्यालयमा आवश्यक पर्ने सामग्री खरिद सबै कर्मचारिले नै गर्ने भएकाले आफुलाइ यसबारे केहि पनि थाहा नहुने उनको भनाइ थियो । ‘मेरो इच्छामा एउटा फ्रिज मात्र खरिद गर्न लगाएको हुँ । अरु सबै सामान कर्मचारिले नै खरिद गर्छन् । मैले विल पनि हेरेको छैन । मेरो नाममा खाता पनि सञ्चालन हुँदैन, मेयर पुनले पत्रकार सम्मेलनमा भने, मैले कसरि आर्थीक चलखेल गरेँ । नगरपालिकाको प्रयोजनमा ल्याइएको गाडी पनि जिल्ला दर रेट भन्दा धेरै कम रकममा नगरपालिकालाई व्ययभार नपर्ने गरी भाडामा लिईएको छ ।’
नगर उप प्रमुख लगायत नगरकार्यपालिका सदस्यहरु संग आपसी मतभेदका कारण उत्पन्न परिस्थितीका सन्दर्भमा नगर कार्यपालिका सदस्यहरु संग आपसी छलफल र संवादका माध्यमबाट अगाडी बढ्न आफु प्रतिवद्ध रहेको मेयर पुनले विज्ञप्तीमार्फत जानकारि गराएको छन् । निती र विधि भन्दा बाहिर गएर काम गर्न खोजेमा समस्या उत्पन्न हुने भएकाले आफ्नो काम, कर्तव्य र अधिकार तथा कार्यविधि,नियम ऐन अनुसार चल्न सबैलाइ आग्रह पनि उनले गरेका छन् ।
३६ हजार बढि नगरवासिको भावनामा कुठाराघात
वन्गाड कुपिण्डे नगरपालिकामा यस प्रकारको विवाद उत्पन्न भएर सतहमा आउनुममा समन्वयको पनि खाँचो देखिएको छ । खासगरि मेयर तथा उपमेयरको सम्बन्ध सुमधुर बनाउन र नियम तथा कार्यविधिको बारे प्रष्ट संग जानकारि गराउन प्रमुख प्रशासकिय अधिकृत लगाएतका कर्मचारिको महत्वपूर्ण भुमिका हुन्छ । यो भुमिकाको अभाव वन्गाडमा देखिएको कतीपय बताउँछन् ।
साथै नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका वन्गाडका मेयर र उपमेयरविचको विवाद समाधानमा अगाडीका नेता मानिने जिल्लाकै प्रकाश ज्वाला, टेक बहादुर वस्नेत, गुलावजंग शाहको पनि प्रभावकारि भुमिका नदेखिएको पाइन्छ । ३६ हजार बढि वन्गाड कुपिण्डेका नागरिकको भावनामा ठेस पुग्ने गरि र नगरपालिकालाइ समृद्ध बनाउने अभियानलाइ निमोठ्ने गरेर कुनै पनि जनप्रतिनिधी अराजक भएर अघि बढ्नु हुँदैन । नगरप्रमुखले पनि सबैलाइ समेटेर खर्च पारदर्शीता कायम राख्न चनाखो बन्नुपर्ने देखिन्छ ।
हरेक स्थानीय तहमा सम्भावित भ्रष्टाचारको खेल रोक्न सरोकारवाला निकाय सक्रिय हुनुपर्छ । स्थानीय सरकारले गर्ने हरेक कामको निगरानी राख्नुपर्छ, तर भ्रष्टाचार पुष्टि नै नभई आरोप लगाउनु मुर्खता हुन्छ । यसले विकासका कामलाइ अवरुद्ध पार्ने काम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?