ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

स्थानीय सरकारको सुविधा घोराहीका वडावाटै कर संकलन

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

आर्थिक वर्ष २०७५/७६ देखि घोराही उप–महानगरपालिकाले वडा कार्यालयबाटै कर सङ्कलन गर्ने भएको छ । अहिले उप–महानगरवासीहरु घर जग्गा लगायतका विभिन्न कर तिर्न उप–महानगरपालिकाको कार्यालयमा आउन बाध्य थिए ।
कर संकलनलाई व्यवस्थित गर्नका लागि सफ्टवरको निर्माण गरिएको मेयर नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार अब कर संकलनको काम वडा कार्यालयबाटै कम्युटर सिष्टमबाट गरिने छ । उप–महानगरपालिकाको १९ वडामा भने नेट र विजुलीको व्यवस्था नभएकाले तत्काल यो कार्यक्रम लागू हुने छैन । “१९ नं वडाका जनतालाई पनि हामीले सामान्य कर तिर्नका लागि उप–महानगरपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्ने छौं तर त्यसका लागि अहिले रसिदबाट भएपनि कर संकलनको काम गरिने छ” चौधरीले भने । वडा कार्यालयबाट कर संकलन हुँदा उप–महानगरवासीहरुलाई निकै सहज हुने उनको भनाई छ । विगतको नगरपालिका र गाविस मिलेर उप–महानगरपालिका बनेकोले भूगोल निकै ठूलो छ । ‘जनतालाई संघीयता कार्यान्वयन पछि झन बढि दुःख भएको अनुभुति भएको छ तर अब जनताले विकासको माग गर्न उप महानगरमै आउनुपर्ने परिपाटीको अन्त्यहुने उनको भनाई छ । उप–महानगरले सबै वडाहरुमा भवन निर्माणको कामलाई समेत उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । अहिले केही वडाहरु मात्रै आफ्नै भवनमा काम गरिरहेकाछन् । केही वडाहरु भाडामा बसेर वडाको कार्यालय सञ्चालन गरिरहेका छन् । यहि कारण वडाहरुको व्ययभार समेत बढेको छ ।
उप–महानगरपालिकाले सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भएको छ । उप–महानगरपालीकावासीलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य क्लिनिकको अवधारणा ल्याइएको मेयर चौधरीले बताए । “आम सर्वसाधारणले सानो तिनो रोगको उपचार स्वास्थ्य क्लिनिकहरुबाटै पाउन भन्ने हाम्रो उद्देश्य हो, बजार क्षेत्रमा समेत शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ” मेयर चौधरीले भने । घोराही उप–महानगरपालिकाले सबै वडा कार्यालय जोड्ने सडकलाई तत्काल स्तरवृद्धि सहित कालोपत्रे गर्ने भएको छ । सबै वडा कार्यालय जोड्ने सडकको ट्रयाक भने खुलिसकेको उप–महानगरपालिका कार्यालयले जनाएको छ । सबै वडामा समानुपातिक विकास पुगोस भन्ने उद्देश्यले वडा कार्यालयबाट उप–महानगरपालिकाको कार्यालय जोड्ने सडकलाई कालोपत्रे गर्न थालिएको चौधरीले जानकारी दिए । विकासको प्रमुख आधार भनेकै सडक भएकाले सडक कालोपत्रे र स्तरवृद्धिमा उप–महानगरको ध्यान केन्द्रित भएको उनले बताए । सडक सञ्जाल विना उप–महानगरपालिकाले आफ्नो विकासका कामहरु जनताको माझमा लैजान नसक्ने चौधरीको बुझाई छ । आर्थिक वर्ष २०७४÷७५ मा मात्रै घोराही उप–महानगरपालिका क्षेत्रभित्र १४ मिटर सडक खण्डमा कालोपत्रेको काम भएको छ । “अहिले नेपालभरीकै सवै पालीकाको तथ्याङ्क निकाल्नुस कसैले यति धेरै सडक कालो पत्रे गरेका छैनन्” चौधरीले भने ।
शहरी क्षेत्रका भित्री गल्लीहरुपनि धमाधम कालोपत्रे भइरहेका छन् । उप–महानगरले केन्द्रिय अनुदान, सडक बोर्डको सहयोग तथा आन्तरिक लगानीबाट सडक कालोपत्रेको काम गरिरहेको छ । स्थानीय लागत सहभागीतामा पनि सडक कालोपत्रेको काम भइरहेको छ । स्थानीय लागत सहभागितामा सडक कालोपत्रे गर्न उप–महानगरवासीले इच्छुक भएको मेयर चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?