ट्रेंडिंग:

>> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु

संस्कारयुक्त शिक्षालाई प्राथमिकता दिंदै अक्सफोर्ड, ‘बनौं संस्कारी’ पुस्तक विमोचन

१५ बैशाख २०८०, शुक्रबार
१५ बैशाख २०८०, शुक्रबार

 बुटवल, १५ वैशाख । बुटवलको अक्सफोर्ड माविले संस्कारयुक्त शिक्षालाई प्राथमिकता दिंदै यस विषयमा दुई दिने अभिभावक अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रशिक्षक डा. राजु अधिकारीले कलिलो उमेरका नानीबाबुलाई पोषिलो खानेकुराको आवश्यकता परे जस्तै संस्कारयुक्त शिक्षाको आवश्यकता पनि उत्तिकै रहेको हुंदा अक्सफोर्डले थालेको कदमप्रति अभिभावकले साथ दिनु अपरिहार्य रहेको बताए ।
विद्यालयले कक्षा ७ र ८ का दुई हजार बढी  अभिभावकमाझ ‘बनौ संस्कारी’ पुस्तक समेत विमोचन गरेको गरेको छ ।
पुस्तकको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शुक्रबार विमोचन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले अहिलेको संस्कारसहितको शिक्षाको आवश्यकतालाई अक्सफोर्ड माविले अनुसरण गरेको बताउँदै प्रशंसा व्यक्त गरे । पाण्डेले बालबालिकालाई संस्कार सहितको शिक्षा आवश्यकता भएको बताउँदै त्यसको पूर्णता पुस्तकले दिने आशा व्यक्त गरे ।
विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले शिक्षासँगै संस्कार जोड़ने अभियान सुरू गरेको भन्दै बनौ संस्कारी पुस्तक प्रकाशित गरेको बताए । प्राचार्य भुसालले नेपालको इतिहास संस्कार र संस्कारीका गाथाहरुले भरिएको हुँदा अक्सफोर्ड माविले संस्कार सहितको शिक्षण सुरू गर्न थालेको बताए ।

कार्यक्रममा अक्षरा स्कुल काठमाडौंका प्रिन्सिपल अन्जु भट्टराई र प्रशिक्षक डा. राजु अधिकारीले धेरैजसो विद्यालयले पाठ्यक्रमको पढाईलाई मात्रै प्राथमिकता दिंदा विद्यार्थीहरु संस्कारयुक्त हुन नसकेकाले अक्सफोर्डले राम्रो शुरुवात गरेको बताए ।
सो अवसरमा अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनी ,कलेजका अध्यक्ष अजित खनाल प्राध्यापक सुमन भुसाल, सहायक प्राचार्य चिरञ्जीवी सापकोटा लगायतले विद्यार्थीको सर्वाङगीण विकासमा अक्सफोर्डले कुनै सम्झौता नगर्ने बताए ।

कितावी ज्ञानले मात्रै बालबालिकाको शिक्षा पूर्ण नहुने र उनीहरुलाई लागि व्यावहारिक शिक्षा र संस्कार उत्तिकै अपरिहार्य रहेकाले संस्कारसहितको शिक्षाका लागि अभिभावकलाई अभिमुखीकरण गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए । दुइदिने कार्यक्रममा २ हजार अभिभावकको सहभागिता रहेको बिद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?