ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

छब्बिस बर्षपछि कुँवरद्धारा क्यान अध्यक्षमा दाबी

२७ कार्तिक २०७६, बुधबार
२७ कार्तिक २०७६, बुधबार

कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले छब्बिसबर्षपछि क्यानको केन्द्रिय अध्यक्षमा दाबी गरेका छन् । उम्मेवदवारीको आधिकारीक घोषणा गरी कुँवरले अध्यक्षको पद दाबी पेश गरेका हुन् ।

विसं. २०५२ देखि क्यानको सदस्य रहेका कुँवरले २०५७ सालमा लुम्बिनी अञ्चलका सूचना प्रविधि व्यवसायीलाई संगठित गरी आफ्नो अध्यक्षतामा क्यान लुम्बिनी संस्था गठन गरी क्यानको पहिलो शाखाको रुपमा सदस्यता दिलाएका थिए । विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको कुँवर उम्मेदवारी दिनेमध्येका सबैभन्दा पूरानो पदाधिकारी हुन् । हाल बरिष्ठ उपाध्यक्ष भएकोले पनि आफ्नो उम्मेदबारी स्वाभाविक रहेको कुँवरको भनाई छ ।

ंक्यान महासंघको केन्द्रिय अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका नवराज कुँवरले सूचना प्रविधिको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएका छन् । राष्ट्ले अघि सारेको आर्थिक समृद्धिको यात्रालाई पूरा गर्नका लागि पनि प्रविधिको प्रयोग सहयोगी हुने उनको भनाई छ । राजधानी र प्रदेशमा क्यान फेडेरेशनको बलियो उपस्थिती हुन जरुरी भएको र त्यसले सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए ।

“७७ ओटै जिल्लामा क्यान महासंघका शाखा पु¥याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ मैले सूचनाप्रविधि व्यवसायीको छाता संस्थाको रुपमा रहेको क्यान महासंघको अध्यक्ष पदमा दावेदारी पेश गरेको हुँ,” कुँवरले भने । सूचना प्रविधि सम्बन्धि सामान एवं सेवा आयात र निर्यात मा देखिएको समस्या तथा ब्रोडव्याण्ड कनेक्टिभिटि सञ्चालनमा रहेको अव्यवहारीक कर नितिलाई सरकारसंग छलफल गरि समाधान गर्ने पहल गरिने समेत कुँवरको भनाई छ ।

आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेशनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने कुँवरले बताएका छन् । नेपालको सबैभन्दा ठूलो सूचनाप्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिष्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन् ।

त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचनाप्रविधि (आईटी) र पर्यटन प्रविधि (टीटी)लाई सम्बोधन गर्ने गरी गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्नेछौं, उनले भने । सूचना प्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कुटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल गर्ने पनि उनले बताए ।

कुँवरका अनुसार गैरआवासीय नेपाली मार्फत सूचना प्रविधिका कम्पनीमा विदेशी लगानी भित्राउन आवश्यक कदम चालिनेछ र विदेशिएको युवा जनशक्तिलाई सूचना प्रविधिको क्षेत्रमा स्वदेशमै रोजगारी सृजना हुने वातावरणको खोजि गरिने छ । ‘हामीले नेपाली उद्यमी व्यवसायी तथा सफ्टवेयर कम्पनीलाई सूचना प्रविधि सम्बन्धी अन्र्तराष्ट्रिय मेला तथा प्रदर्शनीमा सहभागिता तथा अवलोकनका लागि सहयोग गर्ने योजना पनि बनाएका छौं,’ उनले भने ।

सातै प्रदेशमा विस्तार भएको महासंघले हालसम्म ५७ जिल्लामा उपस्थिति जनाइसकेको छ भने करीब ५ हजार सदस्यहरु यसमा आवद्ध छन् । मुलुकले संघीय संरचना अनुसरण गरे अनुरुप क्यान फेडेरेशनले पनि आफूलाई त्यही स्वरुपमा ढाल्दै लगेको छ । राष्ट्रिय सूचनाप्रविधि नीति तथा कार्यक्रममा सरकारलाई परामर्श दिने तथा सहकार्य गर्ने, मुलुकमा यस क्षेत्रका लागि व्यावसायिक वातावरण निर्माणका लागि प्रयासरत रहने, व्यवसायीको हकहीतका लागि निरन्तर काम गर्ने तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहकार्य गर्नेजस्ता कार्यमार्फत क्यानले आफूलाई यस क्षेत्रको सशक्त संस्थाको रुपमा उभ्याउन सफल भएको छ । क्यानलाई त्यसै दिशामा अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको पनि कुँवरले बताए ।

स्थागत प्यालनमा कहाँबाट को को उम्मेदवार ?
कुँवरले संस्थाको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलोपटक नेतृत्वमा दाबेदारी गरेका हुन् । आगामी मंसिर ७ गते क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचन हुँदैछ । कुँवर आफ्नो समुह बाट संस्थागत साधारण समुहबाट राजन कर्मचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने , संस्थागत आजिवन समुहबाट डा. पवन कुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याल व्यक्तिगत आजिवन समुहबाट प्रा. डा. शुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी व्यक्तिगत साधारण समुहबाट खुसल रेग्मी, रत्नतारा बैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेश राज कार्की. वस्तुगत सदस्य समुहबाटनारायण बहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा लेखा समितिमालक्ष्मण यादव (संस्थागत सदस्य समूह), हृदयमान श्रेष्ठ (व्यक्तिगत सदस्य) , भिमसेन गिरी (जिल्ला शाखा) जिल्ला शाखा समुहबाटप्रदेश नं २ः दिपेन्द्रराज सिंह र भुपालदास श्रेष्ठप्रदेश नं ३ः शेखरनाथ दुलाल र भानु शर्मा गण्डकी प्रदेशः अशोकबाबु राना प्रदेश नं ५ ः रेशम गिरी र ध्रुवराज शर्मा (सुदिप)कर्णाली प्रदेश ः दलबहादुर खड्का र भिम मल्ल सुदुर पश्चिम प्रदेशः हर्क सेठ्ठी र खेमराज ढुंगाना उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?