© २०२३
ग्रामिण आवास कम्पानीको कार्यालयमा युवा संघ नेपाल र वाईसिएलले तालाबन्दी गरेका छन् । कम्पनीले भुमाफियाको प्रभावमा परी गोप्य रुपमा क्याम्पस र अस्पताल रहेको जग्गा विक्रिका लागि टेण्डर आह्वान गरेको जनाउदै कम्पनीको कार्यालयमा तालाबन्दि गरी टेण्डर बदरको माग गर्दै शुक्रवार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् ।
वर्दघाट नगरपालिका २ चिसापानी स्थित ८ विघा १२ कट्ठा जग्गालाई कम्पनीले विक्रिका लागि टेण्डर आह्वान गरे पछि आक्रोसित युवा संघ र वाईसिएलका कार्यकर्ताहरु संघर्षमा उत्रेका छन् । युवा संघका जिल्ला संयोजक र वाईसिएलका जिल्ला संयोजक हरि भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा टेण्डर बदर गरि उतm जग्गा स्थानिय तह मातहत ल्याउन माग समेत गरिएको छ ।
सो जग्गामा चिसापानी क्याम्पस भवन अवस्थित छ,भने बाकी जग्गामा चिसापानी अस्पताल भवन बनाउने प्रस्ताव गरिएको छ । पुर्वपश्चिम जोडिएको करोडौको उतm जग्गा विगत बर्षमा पनि केही भुमाफियाहरुले हात पार्ने चलखेल गर्दै आएका छन् । तर स्थानियको विरोधका कारण सफल हुन सकेका छ्र्रनन । अहिले उत, जग्गा विक्रिका लागि बुटवल स्थित दैनिकपत्र नामक पत्रिकामा एकै दिन फरक फरक पत्रिका छापेर स्थानियलाई गुमराहमा पारी टेण्डर प्रकृया अगाडी बढाइएको स्थानिय कमल परियारले बताए ।
एउटै मितिमा छापिएको उतm टेण्डर रहेको पृष्ट बुटवल तिर आर्को खालको पाइएको छ, भन्ने नवलपरासी आउने पत्रिकामा फरक पृष्ट हालिएको छ । यसले गर्दा मिडियालाई समेत माफियाले प्रभावमा पारेको आरोप प्रकासित विज्ञप्तीमा उल्लेख गरिएको छ । २०२८ सालको नापीबाट ग्रिनबेल्ट भनि छुट्टयाइएको उतm जग्गाको संरक्षण र उपभोग क्याम्पस र स्थानियले गर्दै आएका छन् । उतm जग्गा कम्पनीले सरकारबाट आफुले प्राप्त गरेको भनी विक्रि गर्नका लागि पटक पटक प्रयास गर्दै आएको भए पनि स्थानियको विरोधका कारण सफल हुन सकिरहेको छैन् । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पछि त्यसबारे आवश्यक प्रकृया अगाडी बढाउने आश्वासन दिदै आवास कार्यालयमा लगाईएको ताला खोलिदिनका लागि निमित्त प्रजिअ आनन्दराज भुसालले अनुरोध गरेका थिए ।