ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

हिमाली जिल्ला रुकुममा हिमाली सुविधाबाट कर्मचारी बन्चित

२८ फाल्गुन २०७५, मंगलवार
२८ फाल्गुन २०७५, मंगलवार

साविक रुकुमबाट रुकुम पूर्व छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुम पूर्वलाई सरकारले हिमाली जिल्ला बनायो । देशभरका अन्य १९ र रुकुम पूर्व सहित २० हिमाली जिल्ला भएको सूचना सरकारले राजपत्रमै छाप्यो । २०७४ असोज २९ गतेको राजपत्रमा रुकुम पूर्व हिमाली जिल्ला भएको सूचना राजपत्रमा छापिएको छ । तर यस जिल्लामा कामकाज गर्ने कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले भने हिमाली जिल्लाको मापदण्ड अनुसारको सेवा सुविधा पाएका छैनन् । ‘हामी हिमाली जिल्लाको काम गछौं, पहाडी जिल्लाको मापदण्ड अनुसारका भत्तँ लिन्छौं,’ एक कर्मचारीले भने, ‘भएको निर्णय पनि यहाँ कार्यान्वन भएको छैन ।’ हिमाली जिल्लामा हिमाली मापदण्ड अनुसारको भत्ता पाउनुपर्ने भएपनि नपाइएको उनले बताए ।

गत आर्थिक बर्षमा कर्मचारीले हिमाली जिल्लाको मापदण्ड अनुसारको भत्ता पनि नलिएका होइनन् । तर सरकारले त्यो अशुलउपर गरीसक्यो । जिल्ला प्रशासन कार्यालयले हिमाली जिल्लामा हिमाली जिल्लाको मापदण्ड अनुसार भत्ता लिन सबै स्थानीय तहमा खबर पठाए अनुसार कर्मचारीले हिमाली जिल्लाको मापदण्डमै रहेर तलब भत्ता लिएका थिए । तर लेखा परीक्षणको क्रममा महालेखा परीक्षकको कार्यालयले कर्मचारीले लिएको भत्तालाई बेरुजु लेखिदियो र उक्त रकम शोध भर्ना समेत गरियो । हिमाली जिल्लामा काम गरेर हिमाली जिल्लाकै मापदण्ड अनुसारको भत्ता बेरुजु बनेपछि कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् । भौगोलिक विकटता, सेवा सुविधाको अभावकाबीच काम गर्दा पनि जस नपाइएको गुनासो कर्मचारीको छ । ‘मन्त्री परिषदको बैठकले रुकुम पूर्वलाई हिमाली जिल्ला बनाउन गरेको निर्णय राजपत्रमा छापिएपछि उक्त निर्णय कार्यान्वयन भएको ठानेर लिइएको भत्ता समेत फिर्ता दिइयो,’ अर्का एक कर्मचारीले भने, ‘जिल्ला हिमाली बनाइहाल्ने, अनि हिमाली मापदण्ड अनुसारको तलबभत्ता दिन कर्मचारीलाई केले रोको हो कुन्नि ?’

निजामती कर्मचारीले लिएको भत्ता फिर्ता गरे भने शिक्षकहरुले भने पाउँदै पाएनन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा एउटा टोली डेलिगेशन लिएर काठमाण्डौं सम्म पुगेको थियो । आफूहरुको माग हालसम्म पनि सम्बोधन नभएकाले आन्दोलनमै रहेको महासंघका अध्यक्ष कलु खड्काले बताए । आन्दोलनकै कार्यक्रम अनुसार नै २०७५ को दोस्रो चौमासिकको माग फाराममा हिमाली जिल्लाको मापदण्ड अनुसार नै तलब तथा भत्ता पाउने गरी उल्लेख गरको अध्यक्ष खड्काले बताए । ‘हामीले चालु आर्थिक बर्षको सबै महिनाको हिमाली जिल्लाको मापदण्ड अनुसार कै पाउनुपर्ने माग गरेका छौं,’ उनले भने, ‘जिल्लाका सबै विद्यालयले अघिल्लो चौमासिक सहित दोस्रो चौमासिकको माग फराममा हिमाली जिल्लाको मापदण्ड अनसार पाउनुपर्ने माग समेत उल्लेख गरेका छौं ।’ उनले स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई लगायतसंग छलफल र माग दावी गरिरहेको पनि बताए ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले क बर्गको हिमाली जिल्ला भएकाले त्यसै अनुसारको सेवा सुविधा पाउनपर्नु माग कर्मचारीको रहेको बताए । अघिल्लो आर्थिक बर्षमा लिइएको भत्ताको पनि महालेखा परीक्षकको कार्यालयले बेरुजु लेखिदिएको भनाई प्रजिअ शर्माको छ । उनले लेखा परीक्षणको क्रममा यो विषयमा प्रमाण पु¥याउनु भनेकाले प्रमाण पु¥याउनु पर्ने अन्यता शोध भर्ना गर्नुपर्ने बताए । क बर्गको हिमाली जिल्लामा त्यसै अनुसारको सेवा सुविधा पाउनुपर्ने कर्मचारको माग सम्बन्धित ठाउँमा पु¥याइसकिएको उनले बताएका छन् । ५ नम्वर प्रदेशका २ मन्त्री तथा संघीय सरकारका उपप्रधान तथा रक्षा मन्त्रीले यो विषयमा तत्काल निर्णय गरेर जानकारी दिने बचन दिएको पनि प्रजिअ शर्माले बताए । ‘निर्णय भैसकेको हो कि हुन बाँकी छ, जिल्लामा केही खबर आएको छैन,’ प्रजिअ शर्माले भने, ‘प्रदेश तथा संघीय सरकारका माननीय मन्त्रीज्यु यस विषयमा जानकार भएर पर्किएका हुन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?