ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

संघीय लोकतान्त्रिक गणतन्त्रको जग

७ फाल्गुन २०७५, मंगलवार
७ फाल्गुन २०७५, मंगलवार

आज निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई लोकतान्त्रिक शासन व्यवस्था शुभारम्भ भएको दिन हो । यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरु प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो । फक्रदै गरेको लोकतान्त्रिक व्यवस्था लामो समय जोगिन सकेन्,अन्ततः मुलुक पुनः तीन दशक ताना शाही पञ्चायती व्यवस्थाको अध्याँरोमा डुब्यो । २००७ सालमा प्राप्त प्रजातन्त्रको जगमा हुर्र्किएको पुस्ताले नै पञ्चायत विरोधी आन्दोलन अघि बढाउँदै लग्यो । अन्ततः पञ्चायती व्यवस्थाको अवसान भयो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जगपनि २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधान सभाको माग २०६२।०६३को जनक्रान्तिपछि पुरा हुन संभव भयो । र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । अब प्राप्त उपलब्धिको रक्षा गर्दै जनआकांक्षा पूरा गर्ने दायित्वलाई गंभीरतापूर्वक पूरा गर्दै अघि बढ्नुपर्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापितगर्नु आवश्यक छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसबेला आम नागरिकले लोकतन्त्रको अनुभूतिगर्न पाउँछन्, लामो संघर्षबाट प्राप्त परिवर्तनको अनुभूति गर्न पाउँछन् । ऐतिहासिक संविधान सभावाट नयाँ संविधानजारी भएपछि यति वेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छौ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन महत्वपूर्ण विषय हो ।
हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य वोकेर अघि बढ्न लागि रहेका छौ । त्यो लक्ष्यमा पुग्न आवश्यक संरचना तयार गरी कार्यान्वयन गरिरहेका छौं । संविधानले दिशानिर्देश गरेको बाटोवाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको वाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि कृत संकल्पित छौं । प्रजातन्त्र दिवसको अवसरमा यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथदिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आमनागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ फागुन ७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?