ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रोजगारीः स्वदेशमै कि विदेशमा ?

२३ माघ २०७५, बुधबार
२३ माघ २०७५, बुधबार

सरकारले एकातिर आगामी ५ बर्ष पछि कोही पनि युवा रोजगारीका लागि बिदेश जान नपर्ने स्थितिको सिर्जना गर्ने घोषणा गरेको छ भने अर्कोतिर बैदेशिक रोजगारीका लागि नयां नया गन्तब्य मुलुकको खोजी गरेको छ ।
बर्तमान सरकारले आफनो नीति तथा कार्यक्रम मार्फत ५ बर्ष भित्र रोजगारीका सबै अबसर नेपालमै सिर्जना गरी बिदेश जान नपर्ने जनाएको छ । श्रम मन्त्रालयले भने बैदेशिक रोजगारीका लागि प्रोत्साहित नगर्ने तर रोजगारीका लागि बाहिर जानै पर्ने स्थितीमा पनि सहज र सुरक्षित रोजगार प्रदान गर्न नया गन्तब्य मुलुकको खोजी गर्ने बताएको कारण सरकार योजना नै आफैमा बिरोधाभाषपुर्ण देखिएको छ ।
बैदेशिक रोजगारीमा गएका मध्ये कैयौ ठाउमा युवाहरुले पाएको दुख र दैनिक लाश आउने गरेको कहाली लाग्दो स्थितिलाई ध्यानमा राखेर सरकारले बिदेश जानै नपर्ने स्थिति सिर्जना गर्ने भनेको हो तर त्यसलाई पुर्ण रुपमा कार्यान्वयन गर्न नसक्दा सम्म रोजगारीका लागि बिदेश जानेलाई सकेसम्म सुरक्षित भरपर्दो र श्रम अनुसारको पारिश्रमिक दिलाउने वाताबरणका लागि नयां गन्तब्य मुलुकको खोजी पनि गरेको बैदेशिक रोजगार बिभागका महानिर्देशक दिलिपकुमार चापागाईले बुटवल टुडेलाई बताए ।
बुटवल टुडेसंग कुरा गर्दे महानिर्देशक चापागाइ भन्छन —देशका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको योजना रहेको छ तर अहिले तत्काल संभब नहुने भएकोले बिरोधाभाष जस्तो देखिएको हुन सक्छ ।
सबिंधानले रोजगारको छनोट र सुरक्षित तथा ब्यवस्थित बैदेशिक रोजगारीको छनोट गर्न पाउने मौलिक हकको प्रत्याभुति नागरिकलाई गरेको छ । तर नेपाल जस्तो गरीब मुलुक भएको कारण सबिधान बमोजिम तत्काल हुने सभावना नरहको स्वयं सरकारका अधिकारीहरु पनि स्वीकार गर्दछन ।
बैदेशिक रोजगारीका लागि जानु नराम्रो नभएर बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले अहिले सम्म देशको अर्थतन्त्र समेत धानेको अवस्था छ ।तर , सरकारले जुन समृद्ध नेपालको नारा अगाडि सारेको छ त्यसलाई सफल बनाउन पनि बेरोजगार युवालाई रोजगार र बैदेशिक रोजगारीबाट फर्केकालाई उनीहरुबाट प्राप्त भएको पुजी ,सीप ,ज्ञान र अनुभब स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्न सके मात्र देशको दिर्घकालिन बिकास सम्भव छ ।
गत कात्तिक मसान्त देखि मंिसर मसान्त सम्म एक महिनाको बैदेशिक रोजगार बिभागले दिएको तथ्याकंलाई हेर्दा प्रदेश नं ५ का १२ जिल्लाबाट मात्र ३ हजार ३ सय २१ जनाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन । श्रम स्वीकृति लिनेमा ३ हजार १ सय ७२ पुरुष र १ सय ४७ जना महिला छन । यो १ महिनाको अवधिमा प्रदेश नं ५ बाट बैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै श्रम स्वीकृति लिने जिल्ला नवलपरासी भएको छ । तथ्याकं अनुसार सबभन्दा कम श्रम स्वीकृति लिनेमा रुकुम जिल्ला देखिएको छ ।
नवलपरासी जिल्लाबाट एक महिनाको अन्तरालमा ५ सय १ जनाले श्रम स्वीकृती लिएका छन । यसरी श्रम स्वीकृति लिनेमा ४ सय ६९ पुरुष र ३२ जना महिला छन । सबैभन्दा कम श्रम स्वीकृति लिने रुकुम जिल्लाबाट १ सय २५ पुरुष र ३ जना महिला गरी जम्मा १ सय २८ जनाले मात्र श्रम स्वीकृति लिएका छन ।
नवलपरासी पछि धेरै श्रम स्वीकृति लिने जिल्ला एशियाको दोस्रो ठुलो उपत्यका समेत रहेको दाङ्ग जिल्ला देखिएको छ । यो जिल्लाबाट बैदेशिक रोजगारीका लागि ४ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन भने बाके जिल्लाबाट २ सय ५२ जना पुरुष र १७ जना महिला गरी २ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन ।
दाङ्ग जिल्ला पछि सबैभन्दा धेरै जनसख्ंया भएको जिल्ला रुपन्देहीबाट ४ सय १३ जनाले जनाले बिभिन्न देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन । श्रम स्वीकृति लिनेमा ३ सय ९३जना पुरुष र २० जना महिला रहेका छन ।
कपिलबस्त जिल्लाबाट ३ सय १६ जना पुरुष र ३ जना महिला गरी ३ सय १९ जनाले श्रम स्वीकृति लिएका छन ।
प्रदेश ५ का श्रम तथा सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालको गृह जिल्ला गुल्मीबाट एक महिनाको अन्तरालमा २ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन । श्रम स्वीकृति लिनेमा २ सय ३० जना पुरुष र ८ जना महिला रहेका छन । त्यसै गरी अर्घाखाची जिल्लाबाट १ सय ५४ जनाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन । तीमध्ये १ सय ४६ जना पुरुष र ८ जना महिलाले श्रम स्वीकृति लिएका हुन ।
बर्दियाबाट १ सय ६६ मा १ सय ५२ जना पुरुष र १४ जना महिला रहेका छन । त्यस्तै प्युठान जिल्लाबाट १ सय ६१ जनाले श्रम स्वीकृति लिएका छन । पुरुष १ सय ६५ जना र ४ जना मात्र महिलाले श्रम स्वीकृति लिएका छन ।रोल्पाबाट २ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन ।
दैनिक १५ सयको हाराहारीमा बैदेशिक रोजगार बिभागबाट श्रम स्वीकृति लिने गरेको बैदेशिक रोजगार बिभागका सुचना अधिकारी राजु श्रेष्ठ बताउछन । उनी भन्छन , असोज , कार्तिकमा दशै तिहार जस्ता महत्वपुर्ण पर्ब परेकाले पनि श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको थियो मंिसर महिना शुरु भए संगै बढेको छ । उनले पुषको १५ देखि प्रदेश ५को अस्थायी राजधानी बुटवलबाट श्रम स्वीकृति दिने काम शुरु भैसकेकाले पनिश्रम स्वीकृति लागि काठमाण्डांै आउन पर्ने अवस्था नरहेको समेत प्रष्ट पारे ।
बैदेशिक रोजगारीका लागि युवाहरु बिदेशिनु पर्ने यो बिकराल अवस्थाको अन्त्य गर्न र देशमा रोजगारीको अवस्था सृजना गर्न प्रदेश सरकारले आम नीतिको रुपमा युवाहरुलाई स्वरोजगार युक्त बनाउने ,त्यसका लागि आवश्यक सीपमुलक तालिमहरु निशुल्क उपलब्ध गराउने निती लिएको भन्दै प्रदेश नं ५ का श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालले सो नीति तथा कार्यक्रम मार्फत नै घोषणा गरिसकेको बताएका छन ।
मन्त्री बरालले , बिदेश गएर फर्केका युवाहरुलाई सामुहिक रुपमा जमानत बसेर ऋण निकासा गर्ने र उनीहरुलाई स्वरोजगार बनाउने, जो सिप नभएका स्वदेशमै रोजगार चाहने युवाहरुका लागि लागि प्रदेशका १२ वटै जिल्लाका बिभिन्न स्थानहरुमा माग अनुसार बिभिन्न तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको समेत स्पष्ट पारे ।
उनी भन्छन , सरकारले आगामी ५ बर्षमा रोजगारको अवसर देश भित्र सृजना गर्ने जुन लक्ष्य लिएको छ त्यसलाई पुरा गर्न प्रदेश सरकारले प्रदेश भित्रका बेरोजगार युवाहरुलाई केन्द्र ,प्रदेश र स्थानीय तहको समन्वयमा प्रधानमन्त्री रोजगार योजना अन्तर्गत निश्चित समयका लागि रोजगार दिने त्यसको कार्यबिधी निर्माण गर्नुका साथैे बेरोजगार युवाहरुको तथ्याकं संकलन गर्ने काम यो बर्ष भित्र सम्पन्न गर्ने गरी तयारी पनि थालिसकेको छ ।
परिवार, समाज र सरकारले पनि काम सानो ठुलो हुदैन भनेर आफ्ना सन्तानलाई सिकाउन आवश्यक रहेको बताउछन युवा तथा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा बिष्णु गौतम ।
उनी भन्छन —सबैभन्दा पहिले काम सानो ठुलो हुदैन भन्ने भावनाको बिकास गर्न जरुरी छ ,बिदेश गएर जस्तो काम पनि गर्न तयार हुने तर आफ्नै देशमा त्यो काम गर्न लाज मान्ने प्रबृत्तिको अन्त्य गर्ने वाताबरण पनि बनाउनुपर्ने भएको छ
स्वदेशमै आर्थिक क्रियाकलाप बृद्धि गर्न राज्यले बिभिन्न कार्यक्रम ल्याएको छ भन्दै डा गौतमले सहुलियतपुर्ण कर्जा दिने, समुह बनाएर आर्थिक क्रियाकलापमा संलग्न गराउने र स्थानीय सरकारले आफ्नो तहमा रोजगार सुचना केन्द्र खोल्ने ,ब्यवसायिक तालिम दिने हो भने बिदेशमा रोजगारीको अवसर खोज्न नपर्ने बताए ।
गौतम भन्छन , केन्द्रीय स्तरमा युवा तथा स्वरोजगार कोष, ग्रामिण स्वावलम्बी कोषहरु छन सबैबाट आर्थिक क्रियाकलापलाई जोड दिने र स्वदेशमा उत्पादन बढाउने गरि लाग्यौ भने बिदेश जानु पर्ने अवस्थाको अन्त्य हुनुको साथै बिदेश गएका पनि फर्कन सक्ने बातावरण बन्न सक्छ ।
बैदेशिक रोजगारमा जाने र फर्केर आएकालाई आबश्यक प्रशिक्षण दिदै आएकी बिज्ञ मञ्जु गुरुङ सरकारले यदि बिदेश जान नपर्ने अबस्था सिर्जना गर्ने र बिदेशमा भएकालाई पनि नेपाल फर्काएर उनीहरुको सीप र दक्षता अनुसार रोजगारी सिर्जना गर्न सकेमा सरकारको नीति ब्यबहारमा कार्यान्वयन हुन सक्छ भन्छिन ।
पौरखीका अध्यक्ष समेत रहेकी मञ्जु गुरुङ भन्छिन् —कृषि, उद्योग लगायत हाम्रो देशमा अपार रोजगारीको सभावना रहेका छन तर राज्यले ती स्रोत र साधनको उपयोग गर्ने गरी ठोस नीति बनाएर कार्यान्यवयन गर्न सकेमा कोही पनि बिदेश पनि जानु पर्देन र बिदेश गएका पनि स्वदेश फर्किने स्थिति बन्न सक्छ । उदाहरणका रुपमा भन्न सकिन्छ १९९३/१९९४ तिर कोरियाले कामदार बाहिर आफना नागरिक पठाउने गथ्र्यो तर आज कोरियाले अन्य देशबाट आफनो देशमा काम लिने गर्न थालेको छ ।
बेरोजगार युवा ,बैदेशिक रोजगारीका लागि बिदेश गएर फर्केका युवालाई सुनिश्चितता के मा हुनु जरुरी छ भने नेपाल फर्केपछि उनीहरु सगं बिदेशमा आर्जन गरेको पुजी , सिप ज्ञान र अनुभब त्यसलाई लगाानी गर्नका लागि सीप अनुसारको बातावरण बनाउन र उत्साहित बनाउन सरकार तयार छ भन्ने हुनुपर्छ । खाडी मुलुक र मलेशियाबाट फर्केका युवाहरुलाई एकल लगानी गर्न सक्दैनन भने सामुहिक लगाानी गर्न प्ररित गर्नुपर्छ । एउटै सीप उद्धेश्य र बिचार बोकेका युवाहरुलाई समुह बनाएर सरकारले संरक्षण गर्ने हो भने देशमा रोजगार को क्षेत्र फराकिलो हुन सक्छ र सरकारले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?