ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

सदरमुकाम विवादले रुकुम असान्त

२१ माघ २०७५, सोमबार
२१ माघ २०७५, सोमबार

नेपालको कान्छो जिल्लाको रुपमा रहेको रुकुम पूर्वको जिल्ला सदरमुकाम कहाँ हुने भन्ने बिषयको टुंगो नलाग्दा यहाँको जनमत दुई भागमा विभाजित भएको छ । हाल अस्थाई रुपमा रहेको रुकुमकोटबाट पुर्व गोल्खाडामा सदरमुकाम सर्ने भनेर तत्कालिन शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले एक बर्षअघि निर्णय गरेपछि उक्त निर्णय कार्यन्वयनमा अपठ्यारो भैरहदाँ सदरमुकाम रुकुमकोट वा गोल्खाडा भन्ने बिषयमा यतिबेला जनतमत बाझिएको छ भने यहि कारणले जिल्ला अशान्त समेत भएको छ ।
देश संघियतामा प्रवेश गरेसंगै साविक रुकुम जिल्लाबाट छुट्टीएर नयाँ जिल्लाको रुपमा मान्यता पाएको यस जिल्लाको हाल अस्थाई सदरमुकाम रुकुमकोटमा रहेको छ । गत २०७४ माघ ११ गते तत्कालिन देउवा सरकारले स्थाई सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नंं १२ गोल्खाडामा राख्ने निर्णय गरेको थियो । यस निर्णय पश्चात रुकुमकोट र आसपासका जनताहरु उक्त निर्णयको विरोधमा उत्रिएका थिए भने सरकारको निर्णयको स्वागत गर्दै गोल्खाडामा भने स्थानियवासीले खुसीयाली मनाएका थिए ।
तत्कालिन रुकुम जिल्लाको सदरमुकामको रुपमा रहेको रुकुमकोटबाट २०३० साल बैशाखमा जिल्ला सदरमुकाम हालको रुकुम पश्चिमको सदरमुकाम रहेको स्थाल मुसीकोटमा सारिएको थियो । करिब ४४ बर्षपछि रुकुम पूर्व नयाँ जिल्ला कायम भएसंगै यहाँका जनतामा आफ्नो खुसी फकिएको भनेर खुसीयाली छाएको थियो । त्यो बेला पनि सदरमुकाम फिर्ताको माग गर्दै रुकुमकोट र आसपासका जनताले लामो संघर्ष गरेका थिए भने यतिबेला फेरी नयाँ जिल्लाको सदरमुकाम रुकुमकोटमा स्थाई रुपमा नहुने भनेर सरकारले गरेको निर्णयले यहाँका जनतामा निराशा ल्याएको स्थानिय गोपाल रेउले बताउछन् ।
अस्थाई सदरमुकामको रुपमा रहेको रुकुमकोटबाट स्थाई सदरमुकाम गोल्खाडामा सार्ने निर्णयको विरोध गर्दै २०७४ माघ ११ गतेदेखी नै रुकुमकोट आसपासका जनताहरु आन्दोलनमा उत्रिएका थिए । यसै क्रममा गत २०७४ माघ १७ गते सरकारको निर्णय खारेजीको माग गर्दै अधिवक्ता गणेश हमाल, स्थानिय दत्तबहादुर वस्नेत र कृष्ण रेग्मीले सर्वोच्च अदालतमा रिट रायर गरेका थिए । उक्त रिट उपर अन्तिरिम आदेश जारी गर्दै माघ १८ गते सोर्बोच्चले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यन्वयन नगर्न भनेको थियो । त्यसपछि पटक–पटक मुद्धाको पेशी चढ्ने र स्थगन हुने क्रम चलिरह्यो । यहि माघ २७ गते १७ औं पटक यो मुद्धाको बिषयमा सर्बोच्चमा बहस हुदैछ । यो बहस नै अन्तिम हुने र सदरमुकामको टुंगो लाग्ने आशा गरिएको छ ।
माघ २७ मा अन्तिम बहस हुने भएपछि यतिबेला सदरमुकाम रुकुमकोट कि गोल्खाडा भनेर जनताको मत विभाजित भैरहेको छ । जिल्ला सदरमुकाम स्थाई रुपमा रुकुमकोटमा नै तोकिनुपर्ने माग राख्दै गत माघ १४ गतेदेखी रुकुमकोट र आसपासका जनता फेरी पनि निरन्तर पर्दशनमा उत्रिएका छन् । उनिहरुले शुक्रबारदेखी जिल्लाको सवारी साधनको आवागमणलाई समेत ठप्प पारेर पर्दशन गरिहेका छन् । उता सरकारको निर्णय कार्यन्वयन गरेर रिट खारेज हुनुपर्ने तथा जिल्लाको स्थाई सदरमुकाम गोल्खाडा नै हुनुपर्ने माग राखेर गोल्खाडा र आसपासका जनाताहरु पनि यहि माघ २२ गते रुकुमकोटमा आएर प्रर्दशन गर्ने बताईरहेका छन् । नेपाली कांग्रेस रुकुम पूर्वका सभापति समेत रहेका पुर्व मन्त्रि तथा जिल्ला सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका संयोजक केशरमान रोकाले जिल्ला सदरमुकाम गोल्खाडा नै हुनुपर्ने र यसका लागी आफुहरुले जस्तो पनि त्यग गर्न तयार रहेको बताएका छन् । ‘तत्कालिन सरकारको निर्णय जनपक्षिय छ । स्थाई सदरमुकाम गोल्खाडा नै हुनुपर्छ ।’ उनले भने, ‘हामी अदालतको रिट खारेजी र सरकारको निर्णय कार्यन्वयनको माग गर्दछौ ।’
एकातिर रुकुमकोटको पक्षमा पर्दशन भैरहेको र अर्कोतर्फ गोल्खाडाबासी पनि सदरमुकामको माग गर्दै माघ २२ मा रुकुमकोट मै केन्द्रित हुने भएपछि यो दिन रुकुमकोटमा दुई पक्षका बिचमा झड हुनसक्ने सम्भावना बढ्दै जान थालेको छ । सम्भावित खतारालाई ध्यानमा राखेर आवश्यक सुरक्षा तैनाथी बढाईसकिएको जानकारी दिदै रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दुबै पक्षलाई शान्त रहन सुझाव दिएको बताएका छन् । ‘शान्तिपुर्ण रुपमा आफ्नो माग राख्न पाउने जनताको लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्न मिल्दैन ।’ प्रजिअ शर्माले भने, ‘२२ गतेको कार्यक्रमलाई शान्त र मर्यादित बनाउन स्थानिय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन ।’
रुकुमकोटको पक्षमा रहेका सर्वसाधारणले शान्तिपुर्ण पर्दशन गरिहेको बताएका छन् । रुकुमकोट सदरमुकाम स्थापनाका लागि संघर्ष समिति गठन गरेर विगत एक बर्षदेखी आन्दोललनमा रहेका यहाँका जनताले गत शुक्रबारदेखी आन्दोलनलाई थप कडा बनाएका छन् । दिनमा सदरमुकाम र आसपासमा पर्दशन तथा रातमा प्रशासनका कार्यालयमा धर्ना दिईरहेका आन्दोलनकारीले शनिबार रुकुम पश्चिमतिरबाट फर्किरहेका कांग्रेस नेता केरमान रोका सहित नेकपाका नेता सतमान पुन, पुुनराज घर्ती र धुव्रकुमार पुनमाथी आक्रमण गर्दा उनिहरु घाईते भएका छन् । घाईतेहरुको स्थानिय अस्पतालमा उपचार गरिएको थियो । शनिबारको घटना समान्य भएको र घाईतेहरुको अवस्था पनि सामान्य रहेको प्रजिअ शर्माले बताए ।
सदरमुकाम कहाँ भन्ने बिषयमा जनता दुईतिर बाडिरहेका बेलामा यहाँका राजनैतिक दलहरुले भने अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । स्थानिय तहका जनप्रतिनिधीहरु बाहेक यहाँबाट निर्वाचित भएका संघ र केन्द्रका सांसदहरुले पनि सदरमुकामको बिषयमा केही बोलेका छैनन् । तर गत शुक्रबार नेकपाका तर्फबाट नेताद्धय मेघबहादुर श्रेष्ठ र टोपबहादुर ओलीले सदरमुकामको बिषय अदालतमा विचाराधिन रहेको अवस्थामा यसको पक्ष वा विपक्षमा प्रर्दशन नगरी अदालतको निर्णय पर्खन अनुरोध गर्दै विज्ञप्ती जारी गरेका छन् । रुकुमकोटको पक्षमा आफुहरुको आन्दोलन शान्तिपुर्ण रहेको संघर्ष समितिका संयोजक नन्दलाल शर्माले बताएका छन् भने गोल्खाडाको पक्षमा गरिने आन्दोलनले रुकुमकोटको विरोध नगरेको र आफुहरुले पाएको अधिकार रक्षाको लागि आफुहरु लडिरहेको गोल्खाडा सरोकार समितिका संयोजक केशरमान रोकाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?