© २०२३
बुटवल,५ बैसाख । मिटरब्याजी पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार शान्ति वाटिकामा प्रदर्शन गर्दै उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
सरकारसँग वार्ता नमिलेपछि पुन: आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि सोमबार प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको थियो। झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नवलपरासीलगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन नसकेपछि मिटरब्याजी पीडितहरूले वार्ता भंग भएको जनाउँदै पुनस् आन्दोलन गरिरहेका छन्।