ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

डाँडामा रसाउदै पानीपोखरी !

१९ माघ २०७५, शनिबार
१९ माघ २०७५, शनिबार

जथाभावी सडक विस्तार । वन फडानी । वृक्षारोपण नहुने र जलवायू परिवर्तनले गर्दा गाउँगाउँमा निर्माण गरिएका पानीपोखरी सुक्दै जानथाले । कुनैवेला पोखरीमा संकलन भएको पानीबाट किसानहरुले सयौँ हेक्टर जमिन सिंचाइ गर्ने गर्दथे । कृषि उव्जनीमा समेत उल्लेखनीय सुधार हुने गरेको थुप्रै उदाहरण भेटिन्छन् । तर, हिजोआज गाउँभरी बनाइएका पानीपोखरी सुख्खा छन् । पानीका मुहान सुक्दै गए । भएका मुहान संरक्षणमा कसैको नजर पुगेन् । गाउँमा बनाइएका पोखरीले सिंगो गाउँको समेत सोभा बढाउने गर्दथ्यो ।
सुक्दै जान थालेका पानीपोखरीलाई संरक्षण गर्नका लागि प्रदेश र स्थानीय सरकारले चासो देखाएका छन् । चालु आर्थिक वर्षमा प्यूठानका धेरै गाउँमा पोखरी निर्माण हुँदैछन् । प्रदेश पाँच सरकारले विनियोजन गरेको बजेटबाट डिभिजन वन कार्यालय प्यूठानले जिल्लाका सवै स्थानीय तहमा पोखरी बनाउने योजना अघि बढाइसकेको छ ।
पोखरी निर्माणका लागि ३६ लाख रुपैयाँ बजेट विनियोजन भएको डिभिजन वन कार्यालयका रेञ्जर हरी पौडेलले जानकारी गराए । ‘प्रत्येक स्थानीय तहमा चार लाख रुपैयाँ बजेट छ’,पौडेलले भने,‘चालु आवमा पोखरी निर्माण भइसक्छन् ।’ एक गाउँ, एक पोखरी निर्माण अभियान संचालन भएको उनले जानकारी गराए । डाँडाको पोखरीमा बर्षातको पानी संकलन गरेर जमिन रिचार्ज गर्ने उद्देश्यले पोखरी निर्माण हुन थालेका हुन् ।
‘जमिन रिचार्जका लागि पोखरीले विशेष योगदान दिनेछन्’,पौडेल भन्छन्,‘यस विषयमा सवै स्थानीय तहसँग छलफल भइसकेको छ ।’ चालु आर्थिक वर्षमा खोलाका जलाधार, तालतलैया तथा सिमसार क्षेत्रको संरक्षणका लागि कार्यक्रम संचालन गर्ने योजना रहेको उनले जानकारी गराए । गौमुखी जलाधार क्षेत्रका लागि पाँच लाख र लुङखोला क्षेत्रमा एकलाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको उनले जनाए ।
कतिपय स्थानीय तहले डिभिजन वन कार्यालयले उपलव्ध गराएको बजेटमा थप गरेर समेत पोखरी निर्माणको संख्यालाई बढाएका छन् । एक पोखरी निर्माणका लागि प्राप्त भएको चार लाख रुपैयाँ बजेटमा थप गरी नौ वटा वडामा निर्माण गर्ने योजना बनाएको स्वर्गद्धारी नगरपालिका नगरप्रमुख नेत्र बहादुर रोकायले जानकारी गराए । केही वडामा पोखरी निर्माण भएपनि मर्मत गर्नुपर्ने खालका रहेको उनको भनाई छ । नभएका वडामा नयाँ पोखरी बनाएर जमिन रिचार्ज गरिने उनले जानकारी गराए । रोकायका अनुसार नगरपालिकाले गतवर्ष पोखरी निर्माणका लागि नौे लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा ६ लाख ३० हजार रुपैयाँ बजेट छुटिट्एको छ । ‘डिभिजन वन कार्यालय र नगरपालिकाको बजेटलाइ समायोजन गरेर पोखरी बनाउदै छौ’,उनले भने,‘सवै पोखरी जंगलदेखि डाडाँमा बन्दैछन् ।’ निर्माणधिन अवस्थामा रहेका पोखरी यसवर्ष पुरा हुनेछन् ।
नगरपालिकाले पोखरी निर्माणको क्रममा हेवी इक्यूप्मेन्टको प्रयोगलाई निरुत्साहित गराएको छ । स्थानीय उपभोक्ताहरुले कुटो, कोदालो प्रयोग गरेर पोखरी निर्माण गर्नेछन् । सोही वापत उनीहरुले ज्याला पाउनेछन् ।
स्थानीयको आय आर्जनमा समेत यसले मद्दत पु¥याएको रोकायले दावी गरे । नगरक्षेत्रको तिखाचुली, अडेवास, साउनेपानी, तिमीले, डाँडागाउँ, नाम्रीकोट, भिंगृकोट लगाएत क्षेत्रमा पोखरी निर्माण भइरहेको उनले जानकारी गराए । आकाशको पानी संकलन गरेर वनजंगललाई सँधैभरी सिमसार बनाइने र पानीका मुहान सुक्ने समस्याबाट यसले सघाउ पु¥याउने छ । निर्माण भएका पोखरी वरीपरी फूलहरु रोपेर सौन्दर्यता बनाउने नगरपालिकाको योजना छ ।
मल्लरानी गाउँपालिकाले एक पोखरी निर्माणका लागि बजेट आएपनि दुइ स्थानमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराए । डाँडामा रहेको खलंगास्थित टोप्रेखर्क र रस्पुरकोट चौरपानीको उपल्लापोखरामा पोखरी निर्माण हुनेछन् । गाउँपालिकाले समेत नियमित बजेटमा पोखरी निर्माणका लागि बजेट विनियोजन गरेको रिजालले जानकारी गराए । उनका अनुसार यसवर्ष करि दशवटा पोखरी निर्माण हुनेछन् । जिल्लाका अन्य स्थानीय तहले पनि पोखरी निर्माण र संरक्षणको अभियानलाई तिव्रता दिएका छन् । कतिय सामुदायिक वनहरुले समेत पोखरी निर्माणको काम थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?