ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

कस्ले फैलायो भूतको हल्ला?

१८ माघ २०७५, शुक्रबार
१८ माघ २०७५, शुक्रबार

दुई वर्षअघिसम्म क्रिमशन अस्पताल रहेको यो चारतले घर अहिले खाली छ । करोडौं लगानी गरेर बनेको घर भाडामा लिन नआएपछि खाली भएको हो । अस्पतालले छाडेपछि सजिलैगरी भाडामा जान सकेको छैन् । तीनवर्ष भाडामा लिएर क्रिमशनले छाडेसँगै उक्त घरमा भूतले तर्साउछ भन्ने हल्ला छ ।
क्रिमशन अस्पतालले छोडेपछि करिव एक वर्ष सिद्धबाबा कलेजले घर भाडामा लिएको थियो । तर डेढ वर्षकालागि सम्झौता गरी भाडामा लिए पनि उसले एक वर्षमै उक्त घर छाड्यो । उसले पुरै घरभाडाको लागि सम्झौता गरेको भएपनि पहिलो तलामात्रै प्रयोग गरेको थियो । घर भाडामा जान ढिलाई हुनुको कारण हो “भूतआतंक” ।
काँशीनाथ गौतमको यो घरमा भूतले उपद्रो मच्चाउने गरेको हल्लाचले पनि स्थानीय किराना व्यवसायी सन्तोष कंडेल यसमा विश्वास गर्दैनन् । “भूतको हल्ला फैलिएको साँचो हो, तर कसैले भूत देखें भन्ने मान्छे अझैसम्म भेटिएको छैन, त्यसैले यस्ता कुरामा विश्वास पनिलाग्दैन”–उनी भन्छन् ।
गौतमले यो घर ६ वर्षअघि करिव चार करोड रुपियाँ लागतमानिर्माण गरेका हुन् । उनीभने भारतको लखनउमा बस्दै आएका छन् । कसैले अनावश्यक रुपमा भूतको हल्ला फैलाइ दिएपछि स्थानीयमा मनोवैज्ञानिक प्रभाव परेको उक्त घरको जिम्मा लिएका काशीनाथका भाई रुद्र गौतम बताउँछन् । “तर भूत आतंकका कारण भाडामा नगएको भन्ने सत्य होइन, घर खाली भएको करिव एक साताभयो, भाडामा लिनचाहनेहरुले सोधिरहेका छन् ।” कुनै संस्थाले भाडामा लिने तयारी भैरहेको बेलात्यसको प्रतिष्पर्धी संस्थाले भूतको हल्ला फैलाएको उनले दावी गरे । तर त्यो संस्थाको नामभने उनले उल्लेख गर्न चाहेनन् । अझै पनि कोही आए मासिक एक लाख ३० हजार रुपियाँमा घर भाडामा दिन तयार रहेको उनी बताउँछन् । भूतको हल्ला भैलिएकाले के रहेछ त भनेर आफू दुई रात त सोही घरमा गएर बसेको तर त्यस्तो तर्साउने कुरा केही नदेखेको उनी बताउँछन् । “खाली घर भएकाले भित्र पसेर कुरा गर्दा आवाज ठोक्किएर ड्याङ् ड्याङ् सुनिएको हो, हल्ला फैलाउनेहरुले यसैलाई आधार बनाएकाहुन सक्छन्”–उनी भन्छन् ।
क्रिमशन अस्पतालका अध्यक्ष लक्ष्मण ज्ञवाली आफूले विज्ञानमा विश्वास गर्ने भएकाले यस्ता कुरामा चासो नदिने बताउँछन् । अस्पतालले भाडामा प्रयोग गरेको तीनवर्षको अवधिमा त्यस्तो केही नदेखिएको तर त्यहाँ रहेका दुई जनाचौकीदारले तर्सायो भनेर आफूसँग भनेको उनी सुनाउँछन् । “उनीहरुको मनोवैज्ञानिक त्रास मेट्न म चौकीदारसँगै भवनको उपल्लो तलासम्मपुगें, केहीनदेखेपछि चौकीदार पनि भ्रमबाट मुक्तभए”–उनी भन्छन् ।
मानवशास्त्री सुरेश ढकाल भने रहस्यको पछि लाग्ने अधिकांश मानिसको प्रवृत्ति रहेकाले भूतको चर्चा चल्ने गरेको बताउँछन् । बिगतमा काठमाडौं लगायतका ठाउँका केही घरहरुमापनि यस्तो हल्लाचल्ने गरेको बताउँदै उनी भन्छन्–“अनुसन्धान र खोजबिननगरी हल्लाको पछि लागेकाले यस्ता हल्ला बढेका हुन् ।”
केही समय अगाडि तराईका सीमावर्ती जिल्लाहरुमा भूत आतंक फैलाउने काम भएको थियो । कपाल काट्ने किचकन्नीवा भूतको नामबाट यस्तो आतंक फैलिएपछि प्रशासनले समेत अनुसन्धान थालेको थियो । यो भूतले केटीहरुको मात्रै कपाल काट्छ । अरु केहीगर्दैन भनेर फैलिएको हल्ला रुपन्देहीमा पनि चलेको थियो ।
समाजका सभ्य र जाने बुझेकाहरु समेत भन्छन्–भूत, सेतो वाकालो पहिरन लगाएर आउँछ, उल्टो खुट्टापारेर हिँड्छ । सामान फाल्छ । रातिओछ्यान नै बोकेर दोबाटोमा लैजान्छ । घर वरिपरि अनौठो कम्पन ल्याउँछ । एक्लै भेट्टायो भने मान्छेलाईं कुट्छ अथवा डरलाग्दो आवाज निकाल्छ ।
उसो भए, के भूत साँच्चिकै यस्तै हुन्छ त ?प्राचीन सभ्यतादेखि पुराना खण्डहरमाभूत बस्ने गरेको थुप्रै कथा छन् । तर, भूत देखेको ठोकुवा गर्ने कोहि पनि छैनन् । परम्परागत धारणा र जनविश्वास अनुरूप मृतात्मालाई भूतभन्ने गरिन्छ ।
अंग्रेजी लेखक स्यामु अलजोन्सन भनेका छन्–“संसारको रचनाभएको हजारौं वर्ष बितेपनि आश्चर्यजनक ढंगले भूतको अस्तित्व मानव मस्तिष्कमा यथावत् छ । मृत्युपछि कुनै व्यक्तिको आत्मा देखिएको एउटै उदाहरण छैन त्यहीभएर पनिभूत हुन्छ वाहुन्नभन्ने विषय विवादित छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?