© २०२३
वीरेन्द्रनगर नगरपालीकाकाले नगर कार्यपालीकाको पहिलो बैठकबाट गरेको निर्णय बमोजिम नगरका ५७ जना छोरीले बैङ्कमा खाता खोलेका छन् ।
वीरेन्द्रनगर नगरपालीकाको १०० दिने कार्यक्रम अन्र्तरगत छोरी बचत खाता खोलीएको हो । २०७४ जेठ २७ गते बसेको नगरको पहिलो बैठकबाट नगरभित्र जन्मिएका छोरी प्रोत्साहनका लागी एकहजार रुपैयां बराबरको बैङ्क खाता खोल्ने निर्णय गरिएको थियो । पछिल्लो समए वीरेन्द्रनगर नगरपालीका भित्र छोरी भएकै कारण भु्रण हत्याको क्रम बढेपछि छोरी जन्म प्रोहोत्साहनका लागी यो कार्यक्रम ल्याईएको वीरेन्द्रनगरनगर उपप्रमुख मोहनमायां ढकाल बताउछिन् ।
उनी भन्छिन् ‘ छोराको मोहमा छोरी जन्मनु अगाबै हत्या हुने प्रवृत्तीलाई रोक्नको लागी यो अभियान सञ्चालन गरिएको हो । वीरेन्द्रनगरमा सञ्चालन गरिएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी भएको छ । तर प्रचार प्रसारको कमी भएकोले केहि समस्या पनी आएको छ । ’ उनी थप्छिन् ‘ नानी जन्मिएको ३५ दिनभित्रमा सम्पुर्ण कागजपत्र लिएर आउनुपर्ने हुन्छ तर कतिपय म्याद नाघेपछि आउने गर्नाले संख्यामा कमि भएको हो ।’ आगमी दिनमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरी छोरी बचत खाता अभियानलाई प्रभावकारी बनाउने योजना रहेको उपप्रमुख ढकालको भनाई रहेको छ ।
उता वीरेन्द्रनगर नगरपालीका सामाजीक शाखाकी वरिष्ठ समुदाय परिचालक ज्योती केसीले सोचेजती छोरीहरुको खाता नखोलीएको बताएकी छन् । उनले भनिन् ‘ वीरेन्द्रनगरमा यो वर्षमा जन्मिएका सबै छोरीहरु खाता खोल्न आएका छैनन् । कोहि छोरी जन्मिएको ३५ दिन नाघेपछि आउंछन् भने कोहि जानकारी पाएर पनी बेवास्ता गरी आउंदैनन् । ’
उनी थप्छिन्‘ बच्चा जन्मिएको ३५ दिन भित्र जन्मदर्ता, स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाण सहित नगरपालीकामा आउनुपर्ने भएकोले घटना दर्तालाई पनी प्राथमीकता दिनको लागी यो छोरी बचत खाता अभियान सञ्चालन गरिएको हो ।’
वीरेन्द्रनगर नगरपालीका १२ की आशा सापकोटाले छोरीको बैङ्क खाताको शुरुवात नगरपालीकाले गरिदिएकोले खुसी व्यक्त गर्दै अहिले देखिनै छोरीका लागी पैसा बचत गरिदिने बताएउंछिन् । उनी भन्छिन् ‘ हामी बचत गर्न जान्दैनौ विशेषगरी बालबालीकाको नाममा त बचत कहिल्यै गर्दैनौ । नगरपालीकाले छोरीका लागी बचत खाताको शुरुवात गरिदिएको छ । यसले नगरका धेरै छोरीलाई भविष्यमा राहत हुनेछ । ’
वीरेन्द्रनगर नगरपालीका ११ का टेकराज लामीछानेले पनी छोरीको बचत खाता नगरपालीकाकै शिफारिसमा खोलीदिएका छन् । वीरेन्द्रनगर नगरपालीकाले छोरी बचत खाता अभियानको शुरुवात गरेको करिब एक वर्षसम्म जम्मा ५७ जना छोरीले खाता खोलेका छन् । प्रचारको अभाव हो या अभिभावकले बुझ्न नसकेर हो नगरका सबै छोरीका खाता खोलीएका छैनन् । वीरेन्द्रनगर नगरपालीकाले मेघा बैङ्क शाखा सुर्खेत संग समन्वय गरी खाता खोलीएको छ