ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

रेडक्रसका सदस्यले नै गर्दैनन् रक्तदान

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

अहिले दाङको घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ । सामान्यतया सवै रक्त समुहको रगत अभाव भएपनि बी पोजेटिभ रक्त समुह अहिले नभएको रक्त सञ्चार केन्द्र घोराहीले जनाएको छ । जिल्ला रेडक्रस समितिमा ३ हजार सदस्य संख्या भएपनि नियमित रुपमा रक्तदान गर्नेहरुको संख्या भने ज्यादै न्युन रहेको छ ।
रेडक्रस जिल्ला शाखा संग आवद्ध १५ वटा उप शाखाहरु दाङमा रहेका छन् । ती शाखाहरु सहित तीन हजार सदस्य संख्या पु¥याएको जिल्ला रेडक्रसमा नियमित रुपमा रक्तदान गर्नेहरुको संख्या भने १० जना मात्रै रहेको छ । रेडक्रसको निर्वाचनका समयमा नेता बन्नको लागि मात्रै पनि सदस्यता लिने गरेको स्थानीयहरु बताउछन् । जसको मातहतमा रक्तसञ्चार केन्द्र रहेको छ त्यसैको सञ्चालक समितिले नै रक्तदान गर्दैन भने कसरी रगतको अभाव टार्न सकिन्छ सामाजिक अभियन्ता नरेन्द्र पुन बताउछन् । “अहिले राप्ति उपक्षेत्रिय अस्पतालमा रहेका विरामिलाई चाहिएको रगत ब्लडवैङ्कमा नपाएमा हामिले साथिहरु वोलाएर अभाव टारेका छौ तर रेडक्रस मौन छ” पुनले भने । तीन हजार सदस्य भएको संस्थाका एक हजार जनालाई विविध कारणले रक्तदान गर्न नमिले पनि वाँकि दुई हजार सदस्यले मात्रै नियमित रक्तदान गर्ने हो भने रगतको अभाव नहुने पुनले बताए । “रेडक्रस जस्तो संवेदनशिल संस्थामा त राजनीतिको लागि सदस्यता वितरण गरिन्छ भने अन्यवाट नागरिकले केको आशा गर्ने” उनले भने । सामाजीक कामको लागि सदस्यता लिएको भए त संस्थाको विकाश नै हुन्थ्यो होला किन रगतको कमि हुन्थ्यो उनले ब्यङ्य गरे ।
यता जिल्ला रेडक्रस समितिका जिल्ला अध्यक्ष नारायण आचार्यका अनुसार जिल्लामा रगतको अभाव नभएको दावि गर्छन् । “अहिले सम्म जिल्ला वाहिरवाट रगत ल्याउनु परेको छैन भने रगत अभावका कारण विरामि रिफर गर्नु पनि परेको छैन भने रगत अभाव भएकै छैन” आचार्यले भने । उमेर तथा अन्य विविध कारणले गर्दा रक्तदान नगरे पनि जिल्ला रेडक्रस समितिका साथिहरुले नियमित रक्तदान गरिरहेको आचार्यको भनाई छ । जिल्लामा रगतको अभावहुन नदिन रेडक्रस समितिले ५८ वटा विद्यालयमा जुनियर रेडक्रस सर्कल वनाएर जनचेतना फैलाउने काम गरीरहेको आचार्यले जानकारी दिए । रक्त सञ्चार केन्द्र दाङमा मासीक दुई सय देखी २ सय ५० प्वाईन्ट सम्म रगत खपत हुने गरेको छ । तर नियमित रुपमा रक्तदान गर्नेहरुले दान गरेको रगतले मासीक माग धान्न नसकिने रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपाने बताउछन् । “अहिले पनि मागलाई पुर्ति गर्न चिनजानकै आधारमा साथीहरुलाई वोलाएर काम चलाएका छौ” न्यौपानेले भने ।
जिल्लामा वार्षिक उत्सवको अवसर पारेर वर्षमा एक पटक नियमित रुपमा रक्तदान गर्ने संस्थाहरुको संख्या ८० रहेको छ । “उनीहरुले बर्षमा एकपटक नियमित रुपमा रक्तदान गर्दै आईरहेका छन्” न्यौपानेले भने । तर उनीहरुलाई पनि बर्षमा दुईपटक वा नियमित रुपमा रक्तदान गराउने तर्फ पनि रेडक्रस समितिले ध्यान दिएको छैन । रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख न्यौपानेका अनुसार दुर्लभ रक्त समुहको रगत लिनेको संख्या कम छ भने दिनेको संख्या पनि कम नै रहेको छ । तर प्रयाप्त रुपमा पाईने रगत दिनेको संख्या भन्दा लिनेको संख्या बढि भएका कारण रगतको अभाव हुन गएको न्यौपानेको भनाई छ ।
सेवा नै धर्म हो भन्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको रक्त सञ्चार केन्द्र दाङमा मासीक १० देखी १५ प्वाईन्ट रगत खपत हुने गरेको थियो । त्यसवेला रक्त सञ्चार केन्द्र संग रगत संकलन गरेर राख्नको लागि फ्रीज नभएका कारण फोन गरेर रगत दान गर्न वोलाउने गरेको केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । तर २०६१ सालमा भण्डारन क्षमता सहितको फ्रिजको व्यवस्था भएपछि क्रमसः माग पनि बढ्दै गएको उनले जानकारी दिए । रक्त सञ्चार केन्द्रले दिएको तंथाङ्कलाई हेर्ने हो भने आर्थिकवर्ष २०७२÷७३ मा १ हजार ६ सय प्वाईन्ट रगत खपत भएको थियो । त्यस्तै ०७३÷७४ मा रगत चढाउने विरामीको संख्या बढेर १ हजार ८ सय पुग्यो भने आर्थिक वर्ष २०७४÷७५ मा २ हजार तीन सय ५० प्वाईन्ट रगत खपत भएको छ । जिल्लाका सरकारी अस्पतालहरुमा अत्याधिक तथा प्राईभेट अस्पतालहरुमा पनि रगत खपत हुने गरेको न्यौपानेले जानकारी दिए ।
बी पोजेटिभ रक्त समुहको रगत अहिले अभाव देखिएको छ । यो रक्त समुह प्राय चौधरी जातीहरुमा रहेको भेटिएको छ तर चौधरी जातीका रक्तदान गर्ने मानिसहरु नगन्य मात्रामा रहेका छन् । अन्य जातिहरुमा पनि यो समुह महिलामा धेरै नै छ । रक्तदान गर्ने पुरुषहरुमा यो रक्त समुह कम मात्रामै पाईएको न्यौपानेले बताए । “रगत खपतहुने महिलामा हो तर रक्तदान गर्ने महिलाहरुको संख्या हेर्ने हो भने औलामा गन्न सकिन्छ” न्यौपानेले भने । रगतको अभाव टार्नको लागि नियमित रुपमा रक्तदान गर्न लगाउनु नै हो तर त्यसको लागि जिल्ला रेडक्रस समिति सकृय रुपमा लाग्नु पर्ने सरोकारवालाहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?