ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

दोहन रोक्न अर्थसमितिको निर्देशन

७ पुष २०७५, शनिबार
७ पुष २०७५, शनिबार

प्रदेश पाँचको अर्थ, उद्योग तथा पर्यटन समितिले नदीजन्य पदार्थको अनियन्त्रित दोहन र तस्करी कडाइका साथ नियन्त्रण गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीलाई शुक्रबार बैठकमा उपस्थित गराएर समितिले यस्तो निर्देशन दिएको हो ।
“नदीजन्य पदार्थको जथाभावी दोहन बढेको र तस्करी समेत मौलाएकाले यसलाई तत्काल रोक्न बैठकले निर्देशन दिएको छ”–समितिका सभापति दधिराम न्यौपानेले भने । बैठकमा उपस्थित प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले नदीजन्य पदार्थको ठेक्का पट्टा गर्ने, रोयल्टी उठाउने, त्यसको उचित संरक्षण र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी र दायित्व स्थानीय तहको भएको जानकारी गराएका थिए । “समितिको निर्णयप्रति मन्त्रालय गम्भीर छ, तस्करी रोक्नेतर्फ अव प्रदेश सरकार अगाडि बढ्छ”–उनले भने । बैठकमा समितिका सदस्यहरुले नदीजन्य पदार्थ उत्खनन् गरेर घाटगद्धी गरेर राख्ने र त्यसको परिमाण नापचाँच गरेर मात्रै बिक्री वितरण गर्ने कार्य व्यावहारिक नभएको भन्दै त्यस्तो बुँदा संशोधन गर्न आग्रह गरेका थिए । मन्त्री गिरीले भने तत्काल त्यसो गर्न सम्भव नहुने जवाफ दिए । “समितिका सदस्यहरुले माग गरे बमोजिम तत्काल संशोधन सम्भव छैन, तर जथाभावी दोहनलाई नियन्त्रण गर्न भने प्रयास गरिने छ”–उनले भने ।
प्रदेश ५ का नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ जिल्लाका विभिन्न नदी तथा खोला नालाबाट अनियन्त्रित रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ब्यापक रुपमा तस्करी भएको भन्दै समितिले उक्त कार्य तत्काल नियन्त्रण गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
प्रदेश सरकारले नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्न र त्यसको ब्यापार व्यवसायलाई पारदर्शी बनाउन गत असोज महिनामा कार्यविधि निर्देशिका जारी गरेको थियो । तर निर्देशिका विपरीत नदीजन्य पदार्थको तस्करी नरोकिएकोले समितिले शुक्रबार सम्बन्धित मन्त्रीलाई बोलाएर त्यस्तो कार्य रोक्न निर्देशन दिएको समितिका सभापति न्यौपानेले बताए ।
मन्त्री गिरीले निर्देशिका कार्यान्वयन गराउने जिम्मेवारी सांसदहरुको पनि भएको बताए । “निर्देशिका प्रदेश सरकारको मात्रै सरोकारको विषय होइन, यसको कार्यान्वयनमा सांसदहरुले पनि चासो दिनुपर्छ”–उनले भने । मन्त्री गिरीले कुन ठाउँबाट कति परिमाणमा नदीजन्य पदार्थ निकाल्न सकिन्छ भन्ने प्राविधिक जाँच गरेर नदीजन्य पदार्थ उत्खनन् गर्ने, घाटगद्धी गरेर राख्ने र त्यसको नापजाँच गरेर मात्रै बिक्री वितरण गर्ने गरिएको स्मरण गराए । समितिको बैठकमा बोल्दै सदस्य रामजी घिमिरेले नदीजन्य पदार्थ घाटगद्धी गरेर राख्ने र त्यसको नापजाँच गरेर मात्रै बिक्री गर्ने ब्यवस्था खर्चिलो भएको बताए । “यो व्यवस्थाले लोड अनलोडका कारण लागत बढ्न जान्छ”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?