ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

भैरहवा मेलामा दर्शक बढ्दै

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा रूपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ को छैठौ दिन मंगलबार कलाकारले दर्शकलाई मेला तर्फ आकर्षित गराएका छन् ।
‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नाराका साथ आयोजना भएको महोत्सवमा लोकगायिका मञ्जु पौडेल, विधान कार्की, एक खुट्टामा नृत्य गर्ने रोमा न्यौपाने र ख्याती प्राप्त आधुनिक पप गायिका रेश्मा पून लगायतले प्रस्तुती दिने क्रममा आफ्नो प्रस्तुतीबाट दर्शकलाई मेलातर्फ आकर्षित गराएका हुन् । यसै बीच मेलामा भ्वाइस अफ भैरहवा र नृत्य प्रतियोगिता पनि जारी रहेको छ । हाल सम्म भ्वाइस अफ भैरहवामा ५ जना र नृत्यमा ७ जना कलाकारको प्रस्तुती बाँकी रहेको महोत्सवका प्रचारप्रसार समिति संयोजक गोबिन्द ज्ञवालीले जानकारी दिए । तराईमा निकै लोकप्रिय रहेको कुस्ती खेलको प्रतियोगिता जारी छ । ग्रामीण क्षेत्रबाट आउने दर्शकहरूलाई मध्यनजर गर्दै महोत्सवमा कुस्ती खेल आयोजना गरिएको कुस्ती संयोजक गंगासागर अग्रहरीले बताए । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहलमान भैरहवा आएका छन् ।
चार दिन सम्म चल्ने कुस्तीमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद राशी पुरस्कार दिने जानकारी कुस्ती संयोजक अग्रहरीले जानकारी दिए ।
मेलाामा मायादेवी पेभिलियन समेत गरी २ सय ७५ स्टलहरू रहेका छन् । कृषि पेभिलियन तर्फ २० हस्तकला तर्फ २५, औद्योगिक तर्फ ५५, होजेरी तथा गार्मेन्ट ६५ अटोमोबाईल तर्पm १३, बैक तथा वित्तिय संस्था ५, होटल तथा रेष्टुरेन्ट तर्फ १६, इलेक्ट्रोनिक्स ८, खाद्यान्न तर्फ १९, कस्मेटीक ४, शैक्षिक परामर्श, २, फुटवयर ९, स्वास्थ्य तर्फ २, पर्यटन तर्फ ७ वटा रहेका छन् । ११ दिनसम्म चल्ने मेलाामा २ लाख ५० हजार दर्शक ल्याउने र करीब १० करोडको कारोवार गर्ने आयोजकको लक्ष्य छ ।
महोत्सवमा मुख्य आकर्षणको रूपमा प्रदेश नम्बर ५ प्रमुख मध्ये दुई गन्तव्य लुम्बिनीको मायादेवी मन्दिर र नेपालको ताजमहलको रूपमा परिचित रानीमहलको आकृतिको निर्माण गरिएको छ । बुधबार (आज) महोत्सवमा आधुनिक गायिका मेलिना राई, नेपाल आइडल प्रतियोगी अफसर अली, लोकदोहोरी गायक बाल चन्द्र बराल, आरती रुसाल र हास्य कलाकार पुर्खे बा लगायतको प्रस्तुती रहनेछ । त्यसै गरी मेलामा साँझ १ घण्टा डिजे कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?