ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

होटलमा बालश्रमिक

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कपिलवस्तुको चन्द्रौटा कृष्णनगर बजारको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा कृष्णगनर क्षेत्रका होटलहरुमा बालश्रमिक फेला परेको शाखा अधिकृत अर्यालले जानकारी दिएका छन् । अधिकांश होटलहरुमा १४ वर्ष नपुगेका वालवालिकाहरु श्रम गरेर जीविकोपार्जन गरिरहेको पाइएको अर्यालले बताए ।
घरायसी समस्या तथा अन्य विविध कारणले काम गर्न आएको प्यूठानका एक बालकले बताए । उनले मासिक ३ हजार पाएको र पाएको तलब घर पठाउने गरेको बताए । उनी जस्तै अधिकांश बालकहरु होटल अनुगमनका क्रममा बालश्रम गरेको पाइको छ । पढ्ने उमेरमा आर्थिक अभाव तथा परिवारबाट माया नपाउँदा उनीहरु होटलमा काम गर्न बाध्य छन् । कतिपय बालबालिकाका आमा वुवा नहँुदा होटलमा काम गरी पेट पाल्दै आएका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले जो कसैले पनि वालश्रम गरे कानुन अनुसारको कारवाही गरिने जनाए । अनुगमनका क्रममा चन्द्रौटाका केही होटलहरुमा मूल्यसूची र सरसफाई समेत नभएको पाइएको उनले जानकारी दिए ।
शान्ति पुनस्र्थापना गृह कृष्णनगरको समन्वयनमा अनुगमन गरिएको हो । अनुगमनमा स्थानीय जनप्रतिनिधि, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष गोपाल बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, इन्सेक प्रतिनिधि नन्दराम पौडेल, पीआरसी संयोजक भूमिराज भट्टराई, प्रहरी र संचारकर्मीहरुको सहभागिता थियो । अनुगमनका क्रममा होटल व्यवसायीले बालबालिकाहरुलाई १५ दिनभित्र अभिभावकसहित प्रशासन कार्यालय आउने प्रतिवद्धता जनाएका थिए । बालबालिकालाई श्रमिकका रुपमा होटलमा प्रयोग नगर्न प्रशासन शाखा अधिकृत अर्यालले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?