ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य खबर

सतपति वनलाई मृगदावन बनाउदै सुस्ता

१७ चैत्र २०७९, शुक्रबार
१७ चैत्र २०७९, शुक्रबार

नवलपरासी, चैत- जिल्ला सुस्ता गाउपालिका २ स्थित रहेको बौद्धतिर्थ स्थल नजिकैको वन क्षेत्रमा मृग संरक्षण गर्ने गरि बौद्धकालिन मृगादवन बनाउने अवधारणा सुस्त गाउपालिकाले ल्याउने जनाएको छ । बौद्धकालमा मृगहरुलाई अभयदान दिइएके भारतको बाराणसीमा मृगाधवन बनेको र सोही झल्को दिइने गरि बौद्धस्थल सतपति क्षेत्रमा पनि रहेको वनक्षेत्र भित्र मृगको संरक्षण हुने गरि अवधारणाा बनाउने सोच बनाउन थालेको हो ।

प्राचिन बौद्ध स्थलको संरक्षण र बौद्धकाािलन संस्कृतिलाई पुर्नत्थान हुने गरि सुस्ता गाउपालिकाले विभिनन काम गर्दै आएको र बौद्धकालिन तपस्थली क्षेत्रको रुपमा विकास गर्न खोजिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सतपति क्षेत्रलाई गएको माघ पुर्णिमाको अवसर पारेर भगवान बुद्धले सतिपट्ठान सुुत्त पाठ र अभ्यास गराएको तिर्थ स्थलको रुपमा घोषणा गरिए पश्चात सो क्षेत्रमाा अन्य बौद्धकालिन संस्कृति झल्किने गरि काम गर्न थालिएको छ,उनले भने, सतपति क्षेत्रमा सांस्कृतिक संग्रालय बनाउने कार्य पनि भई रहेको छ, ।
त्यसै गरि सतपति नजिकै रहेको करिब ५० हेक्टर क्षेत्रमा फैलिएको सामुदायिक बन,मध्यवर्ति क्षेत्र भित्र मृगहरुको संरक्षण गर्ने क्षेत्रको रुपमा विकास गरि मृगदावनको रुपमा पनि विकास गर्न सकिन्छ,भनेर केही स्थानियले भन्दै आएको हुदा त्यसको पनि सम्भाब्यता अध्ययन गरि बनाउने अवधारणाबारे छलफल चलाइएको छ । तत्कालिन भारतको बाराणसी अर्थात बनारस सारनाथ नजिकै मृग बस्ने बन क्षेत्रमा त्यहाँका ऋषिहरुले मृगको हिँसा,हत्या नगर्ने गरि अभयदान दिन तत्कालिन राजासँग आग्रह गरेका थिए । ऋषि तप्पनका ऋषिहरुको आग्रहमा राजाले मृगलाई सिकार नगर्ने भनि अभयदान दिएका कारण सो स्थानमा मृगदावन भनेर चिन्ने गरिन्थ्यो ।

यो सतपति क्षेत्र पनि बौद्धकालमा ऋषिमुनी बस्ने,तपस्वीहरुको तपस्थली क्षेत्र हो,उनले भने,त्यही भएर भगवान बुद्ध यस क्षेत्रमा आउदा विपश्यनालाई अझ गहिराईमा गएर अभ्यास गर्ने र सुत्रपाठ गर्ने गरि सतिपठ्ठान सुत्तको देशना दिएको स्थान हो । यस क्षेत्रलाई पुरातत्व विभागले पनि प्राचिन स्मारक भनेर संरक्षण गर्ने गरि सुचिकृत गरि सुचना बोर्ड पनि राखिदिएको छ । अहिले सतपति बौद्ध तिर्थ स्थलको पनि घोषणा भई सकेको छ । संग्रालय बन्नेक्रममा छ । स्थनियबासीलाई होमस्टे तालिम दिएर पर्यटकिय स्थलको रुपमा विकास गर्ने र वृहद लुम्बिनी भित्र समावेश गराई बुद्ध सर्किट भित्र पार्ने गरि काम अगाडी बढाईछ । यदि यो क्षेत्रमा मृगदावनको रुपमा विकास गर्न सकियो भन्ने थप पर्यटकको आकर्षण बढने उनको भनाई थियो ।
सिद्धार्थ गौतमले ज्ञानको खोजीम गृह त्याग गरि महाभिनिष्क्रमण लिएको स्थान अनोमा घाट(ठाढीघट) सुस्ता गाउपालिका भित्रै वार्ड नं.५ मा अवस्थित छ । सो क्षेत्र सिद्धार्थको जन्मस्थल लुम्बिनी,उनको राजधानी तिलौराकोट,बुद्धत्व प्राप्ती पछि कोलिय गणराज्य भित्रका उत्तरक नगर,कुण्डिय नगर,ककरपत्त नगर,सायुगा नगर,हल्लिदावन नगर,सज्जनेल नगर,रामग्राम राजधानी (पण्डितपुर) र सतिपठ्ठान सुत्तको देशना र अभ्यास गर्ने स्थल सतपति पछि बुद्धत्व प्राप्तीको प्रस्थानविन्दु अनोमाघाट उत्तिकै महत्वपुर्ण पवित्र बुद्धतिर्थ स्थल हो ।

अनोमाघाटमा पनि विगत तिन बर्ष देखी असार पुर्णिमाको अवसरमा महाभिनिष्क्रमण दिवस मनाउने कार्य पनि सुस्ता गाउपालिकाले गर्दै आएको छ । अहिले ति स्थानमा बौद्ध तिर्थयात्रीहरु पनि आउने क्रम बढदै गएको छ । सुस्ता गाउपालिकाले त्यस स्थानको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर गरि) विभिन्न काम अगाडी सारेको छ । अगामी असार पुर्णिमालाई भब्य बनाउनका लागि तिलौराकोटबाटै झाकी समेत निकालेर यि सबै बौद्ध तिर्थ स्थल हुदै अनोमाघाटमा पुग्ने,मुण्डन गर्ने गरि कार्यक्रम बनाउने कार्य पनि भई रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराए ।

नेपाल प्राकृतिक रुपमा, अध्यत्मिक रुपमा,ऐतिहासिक र पुरातात्विक स्थल भएको विश्व सम्पदामा जान सक्ने थुप्रै स्थानहरु भए पनि प्राथमिकतामा नपर्दा बर्षाै देखी अलपत्र रहेका छन् । अहिले स्थानिय स्तरबाटै काम गर्ने गरि स्थानिय सरकारको रुपमा स्थानिय तह नगरपालिका र गाउपालिकाहरु बनेका छन् । यस्ता पुरातात्विक,ऐतिहासिक,धार्मिक,अध्यात्मिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने अधिकार पनि संविधानले स्थानिय तहको एकल सुचिमा राखिदिएको छ । स्थानिय तहले काम गर्न सकेमा पर्यटन प्रवद्र्धन,साँस्कृतिक सम्पदता र प्राचिन स्मारकहरुको संरक्षण र प्रवद्र्धनका थुप्रै कामहरु रहेका छन् ।

यसले समाजलाई पनि सकारात्मक विकास गर्दै आयआर्जनलाई आधार बनाउने छ,उनले भने, स्थानिय तहले घोषणा गर्ने,संरक्षण गर्ने,प्रवद्र्धन गर्ने कामसँगै प्रदेश सरकार र संघिय सरकारका निकायले पनि महत्व दिइनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?