ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

 बसपार्क नहुँदा सास्ती

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा बसपार्क नहुदा स्थानियहरु मर्कामा परेका छन् । साबिकको सालझण्डी गा.बि.स अहिले नगरपालिका बने संगै र सालझण्डी ढोरपाटनमा यातायात सञ्चालन हुन थाले पछि यो क्षेत्र अहिले ब्यस्त देखिन्छ । यसक्षेत्रमा चल्ने सवारी साधनले गर्दा स्थानियहरु लावान्भित भएका छन् तर यस्को समयमै ब्यबस्थापन गर्न नसके ठुलो दुर्घटना ननिम्ताउला भन्न सकिदैन ।
यहाँबाट दैनिक रुपमा पश्चिम बस ब्यवसायी सघंका ४० ओटा बसले कम्तिमा पनि ३ पटक ओहोर दोहोर गरि जनतालाई सेवा प्रदान गरेका छन् । त्यस्तै श्रीनगर यातायात ब्यबसायी संघका बुटवल देखि छुट्ने ३ ओटा जिपले यस स्थानमा आई नम्बर थाप्ने गर्छन भने सालझण्डी बाट खुर्सोने को लागि ३ ओटा जिप गरि जम्मा ६ ओटा जिप दैनिक रुपमा छुट्ने गर्दछन् । त्यस्तै यसै क्षेत्रमा सालझण्डी चोक बाट २२ ओटा अटो रेक्सा र २ ओटा ई रेक्सा गरि २४ ओटा तिन पांग्रे रेक्सा सञ्चालनमा रहेको छ । यी सबै सवारी साधनको पाकिङ्ग स्थल भनेको लोक मार्गको दायाँ वायाँको ८२ फुट भित्र मात्र हो ।
प्रत्येक मंगलबार र बिहिवार हाट बजार लाग्ने गर्दछ जस्का कारण यस क्षेत्रमा यातायात मात्र होईन पैदल यात्रीलाई पनि यात्रा गर्न कठिन भएको छ । सैनामैना नगरपालिका वडा नं. १० को बिहिवारे बजार क्षेत्र बसपार्क बनाउने कुरामा सबैको चासो रहेको छ । गत २०७१ साल श्रावण १६ गते गा.बि.स सचिब सन्तकुमार चौधरीको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षिय बैठकले उक्त जग्गालाई बस पार्क बनाउने निर्णय समेत गरेको थियो । तर आज सम्म सो लागु हुन सकेको छैन ।
दिन प्रतिदिन सवारी साधनको बढ्दो क्रमलाई सहि समयमा व्यबस्थापन गर्न बसपार्कको ब्यवस्था गर्नुपर्ने स्थानिय सारदा गौतमले बताईन । यस क्षेत्रमा बसपार्क नबन्दा यातायातका साधनहरु बटोको छेउमा राख्न परेको पश्चिम नेपाल बस व्यबसायी संघका सालझण्डीमा कार्यरत कर्मचारी बिनोद ज्ञवालीले बताए । उनि भन्छन् बसपार्कको ब्यबस्था भएमा सवारी साधनलाई ब्यस्थापन गर्न सहज हुने र दुर्घटना समेत कम हुने थियो । बाटोमा गाडी पार्कीङ्ग गर्दा व्यवसायीहरुको पसल छेकीने, बाटो जाम हुने हुदा कैयन गुनासो सुन्नु परेको उनको भनाई रहेको छ । बस पार्कको ब्यबस्थापन गर्न सकेमा ट्राफिक ब्यबस्थापन गर्न सहज हुने ईलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यरत ट्राफिक तोम बहादुर थापाले बताए । यातायातका साधनहरु बाटोको छेउमा राख्न पर्दा कहिले दुर्घटना हुने हो भन्ने चिन्ता लागेको श्रीनगर यातायात ब्यवसायी संघका सालझण्डी रुट सदस्य नरपति अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?