ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

फेरि संक्रमण बढ्दै, कोरोना शून्य बनाउने संकल्प गरौं

१५ चैत्र २०७९, बुधबार
१५ चैत्र २०७९, बुधबार

शून्यमा झरेको कोरोना सङ्क्रमण फेरी बढ्न थालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । केही दिनअघि राजधानी काठमाण्डौं र भारतबाट बाँकेको सिमा बाटो हुँदै नेपाल फर्किदै गरेका नेपालीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि नेपालमा फेरी कोरोना संक्रमण बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयले अव कोरोनाको जुनसुकै भेरिएन्ट आएपनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । कोरोना फरक फरक भेरिएन्टका साथ आउने गरेकोले अहिले आएको कोरोनाको भेरिएन्ट कत्तिको जोखिमको हो भन्ने अहिले नै पत्ता लागिसकेको छैन तर जोखिमबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नु हामी सवैको कर्तब्य हो । विगतमा कोरोनाबाट हामीले १२ हजार बढी नेपाली गुमायौं । त्यो दुःखद इतिहास अझै ताजै छ । अझैपनि कोरोना पूर्णरुपमा बिदा भैसकेको छैन । हरेक बर्ष कुनै न कुनै भेरिएन्टको नाममा जोखिम निम्त्याउँदै आउँदै गरेको छ । तसर्थ यसबाट बच्ने एउटै उपाय भनेको स्वास्थ्य मापदण्ड पालना गर्ने नै हो । सोमबार १२ सय ६६ जनामा कोरोना परिक्षण गर्दा ६९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रिय संक्रमितको संख्या ६६ पुगेको छ । आइतबार १६, शनिबार तीन, शुक्रबार दुई, बिहीबार १७ जनामा कोरोना पुष्टि भएको थियो । गत बुधबार १३ सय ८७ जनाको कोरोना परीक्षण गर्दा संक्रमणदर शून्य थियो । एक सातामै संक्रमण दर बढेकोले यसबाट सचेत हुनुपर्ने अवको आवश्यकता हो ।

स्वास्थ्य मन्त्रालयले आफू र अरुलाई सुरक्षित राख्न सही तरिकाले मास्क लगाउने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग र खोक्दा वा हाच्छुँ गर्दा रुमाल प्रयोग गर्न अनुरोध गरेको छ । निश्चितरुपमा स्वास्थ्य मन्त्रालयको यो अनुरोध हरेक नेपालीका लागि हो । अहिलेपनि मास्कको प्रयोग नगरिएको, स्वास्थ्य सावधानी नअपनाएको र आवश्यक मापदण्ड पालना नगरिएको पाईएको छ । यो गंभीर लापरवाही हो । स्वास्थ्य सावधानीले व्यक्ति आफैलाई फाईदा पुग्छ । तसर्थ स्वास्थ्य मापदण्ड पालनामा कडाई गरौं । त्यसो त नेपालमा कोरोना संक्रमणको करिव तीन बर्षपछि बल्लतल्ल मुलुक तंग्रिन खोजिरहेको छ । ठिक यही बेला कोरोना फेरी देखापर्दैछ । यद्यपि कोरोना संक्रमण भएकाहरु पनि निको भएर घर फर्किएको अवस्था छ । तसर्थ यसलाई हाउगुजी बनाउनु त्यति सान्दर्भिक छैन तर सावधानी अपनाउने कुरामा लापरवाही गरिनु हुँदैन भन्ने विषयमा आम नेपाली सचेत बन्ने अवस्था आएको छ । फेरिपनि यसको जोखिमबाट बच्नका लागि सरकारले दिएको सल्लाह र चिकित्सकले दिएको सुझावलाई आत्मसाथ गर्नु जरुरी छ । अहिले जटिल भन्दा पनि हामी सवैले सहज बाताबरण वनाउनेतर्फ भूमिका निर्वाह गर्नुपर्दछ । कोरोनाको विगतका बर्षहरुले हामी नेपालीलाई धेरै पाठ सिकाएको छ । तसर्थ अव नेपाललाई कोरोनाको हटस्पट बन्न नदिउँ भन्नेतर्फ सजग बनौं । पूर्व तयारीमा लागौं । पूर्व तयारी भनेको विगतमा भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला कोरोना संक्रमणको ‘हट स्पट’ बनेका थिए । अहिले भारतबाट आउनेहरुलाई सिमा क्षेत्रमै निगरानी र चेकजाँच गरि उनीहरुलाई समेत जोखिमबाट बचाउन पूर्व तयारी गर्नु जरुरी छ । पछिल्लोपटक नेपालमा कोरोना संक्रमण भर्खरमात्र सुरु भएकोले साबधानी अपनाउन सकियो भने पूर्णतः नियन्त्रणमा आउन सक्छ । आशा गरौं हरेक नेपालीले जोखिमबाट हुने मानवीय क्षति रोक्न आ–आफ्नो स्थानबाट प्रयास ग¥यो भने संभव छ । तसर्थ कोरोनालाई हाउगुजी मानेर अत्तालिनुभन्दा वा केही पनि होइन भनेर बेवास्ता गर्नुभन्दा जिम्मेवार ढंगले सावधानीतर्फ ध्यान दिन सकियो भने त्यो हामी सवैका लागि राम्रो पक्ष हो । सरकार पनि कोरोनाबाट सचेत बन्न सवैसंग आग्रह गरिरहेको सन्दर्भमा एकपटक फेरी आम नेपालीले स्वास्थ्यका आवश्यक सर्त पालना गरेर कोरोनालाई नेपालबाटै निमिट्यान्न पार्ने अभियानमा जुट्नु जरुरी छ । त्यसमा हामी सवै नेपालीको सामूहिक प्रयास र सचेतना आवश्यक छ । विगतबाट पाठ सिकेर अघि बढ्नु हामी सवैको कर्तब्य र जिम्मेवारी पनि हो । तसर्थ अहिले देखिएको कोरोना संक्रमण दरलाई कम गर्दै लैजान र फेरीपनि नेपाललाई कोरोना शून्य मुलुक बनाउन जरुरी छ । त्यसमा नेपाल सरकार, स्वास्थ्य क्षेत्र र आम नेपालीको सार्थक प्रयास अपेक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?